२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सन्धिखर्क ४ काे बाङ्गला स्वास्थ्य चाैकीलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा  घोषणा

सन्धिखर्क ४ काे बाङ्गला स्वास्थ्य चाैकीलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा  घोषणा

सन्धिखर्क ४ काे बाङ्गला स्वास्थ्य चाैकीलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा  घोषणा

सन्धिखर्क ४ काे बाङ्गला स्वास्थ्य चाैकीलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा  घोषणा

सन्धिखर्क ४ काे बाङ्गला स्वास्थ्य चाैकीलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा  घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • अनिल नेपाली- अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न ४ काे बाङ्गला स्वास्थ्य चाैकीलाई पूर्ण संस्थागत प्रसुति सेवायुत्त वडा  घोषणा गरिएको छ ।

    उत्त वडालाई जिल्लाकाे चाैथाे वडाकाे रूपमा पुर्ण प्रसुति वडा धाेषणा गरिएको हाे । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पूर्ण संस्थागत प्रसुति सेवायुत्त वडा  घोषणा गरिएको हाे ।  कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । 

    कार्यक्रममा नगर प्रमुख श्रेष्ठले घोषणापछि नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउने बताउदै  प्रसुतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर आमा देख्न नपाउनेको पीडा हामीले अनुभव गर्न नसकिने भन्दै त्यस्तो कुनै पनि नागरिकले भोग्न नपर्ने गरी स्वास्थ्यको पहुँच बढाउन पालिकाले जोड दिने बताउदै प्रसूति सेवा विस्तार गरी घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्न अभियानको रुपमा कार्यक्रम अगाडि बढाइने बताए।

    पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा घरधुरी सर्वेक्षणका क्रममा कम्तीमा ९० प्रतिशतले चार पटक गर्भ जाँच गरेको, कम्तीमा ९५ प्रतिशतले स्वास्थ्य संस्थामै प्रसूति गराएको, सुत्केरी जाँच कम्तीमा तीन पटक भएकोलगायतका मापदण्ड पूरा गरेको त्यहि मापदण्डका लुम्बिनी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा धाेषणा  भएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले बताए ।

    कार्यक्रममा वडा सदस्य चाेपनारायण श्रेष्ठ पत्रकार अनिल नेपाली समाजसेवी मुत्तिराम भण्डारी लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियोे ।

    कार्यक्रममा पुर्ण प्रसुति वडा धाेषणा गराउन याेगदान गर्ने स्वास्थ्यकर्मी महिला स्वयमसेविका लगायत लाई सम्मान गरिएको थियोे कार्यक्रम बाङ्गला स्वास्थ्य चाैकीका अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा न  ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकाश परियारकाे सञ्चालनमा सम्पन्न कार्यक्रम स्वास्थ्य चाैकी प्रमुख मिनराज पाैडेललकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा का सामुदायिक तथा सस्थागत विधालयका प्रधानाध्यापक तथा शिक्षक समाजसेवी महिला स्वयमसेविका लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij