२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निजामती सेवा नियमावलीका पदनाम र व्यवस्था  आपत्तीजनक : वन प्राविधिक संघ लुम्बिनी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • बुटवल । नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको पदाधिकारी तथा सल्लाहकारबीचको महत्वपूर्ण बैठक हालै सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट सम्पन्न उक्त बैठकमा तीन प्रमुख एजेण्डामा छलफल गरी महत्वपूर्ण निर्णयहरू लिइएका छन्।सल्लाहकार मण्डलका  सदश्य केशब आचार्य,जितेन्द्र गौतम र जितेन्द्रसिंह खड्का सहितको बैठकमा संघले लुम्बिनि प्रदेशले जारी गरेको प्रदेश निजामती नियमावलीको शंशोधनमा भएका पदनामका बारेमा गम्भिर समिक्षा गरिएको बताइएको छ।  निजामती सेवा नियमावलीमा राखिएका पदनाम र व्यवस्था  आपत्तीजनक र कार्यप्रकृति असुहाउदो भएको भन्दै  मन्त्रालयसँग समन्वय गर्दै विशेष प्रस्ताव अघि बढाउने निर्णय गरेको छ।त्यस्तै सरकारी सेवा अन्तर्गत सातौं र नवौं तहको पदपूर्तिमा देखिएको अवरोध हटाउन संघले गम्भीर ध्यानाकर्षण गराएको छ। संघले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने जनाएको छ।सरकारका निर्णयका बिरुद्धमा मुद्धा पर्दा समेत सरकारको पहल केही नभएको देखीनु गम्भिर र गैरजिम्मेवार रहेको संघको भनाइ छ ।बैठकले आगामी कार्यक्रमहरू र बैठकमा उठेका बिषयबस्तुहरुको ड्राफ्ट बनाउने जिम्मेवारी अध्यक्ष उपाध्यक्ष र सचिवलाइ दिने  भविष्यमा कार्यान्वयन गरिने कार्यक्रमहरूबारे एकढिक्का भएर अघि बढ्ने निर्णय बैठकमा गरिएको संघका अध्यक्ष केशब खड्काले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij