२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक गाडी ६ दिनदेखि सडकमै रोकिए

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • बुटवल ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक ट्रक ६ दिनदेखि सडकमै रोकिएका छन् । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण मालवाहक ट्रक ६ दिनदेखि सडकमै रोकिएका प्रहरीले जनाएको छ ।

    ३ दिनसम्म जङ्गलको बीचमै गर्मी र भोक सहेर बिताएका ट्रक चालकहरू अहिले बजार क्षेत्रमा रहेकाले खान र बस्नको समस्या छैन । तर बाटो नखुलेका कारण गन्तव्यमा कहिले पुगिने भन्ने टुङ्गो नभएको चालकहरू बताउँछन् ।

    जङ्गलमा समस्या भएपछि प्रहरीले ट्रकलाई बजार क्षेत्रमा लगेर होल्ड गराएको हो । लामो समयसम्म जाममा परेपछि केही ट्रक पहिले आएको ठाउँमै फर्किएका छन् ।

    दुम्कीबासको विनयी खोलामा बाढीले डाइभर्सन ८ पटकसम्म बगाएपछि अब नबनाइने भएको छ । साना तथा हलुका गाडी होङ्शी सिमेन्ट हुँदै झन्डै २८ किलोमिटर घुमेर दिउँसोको समयमा पार गर्न दिइए पनि बेलुका ७ देखि बिहान ५ बजेसम्म सबै प्रकारका गाडीलाई पूर्ण प्रतिबन्ध लगाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij