२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रतापपुरले ल्यायाे ७६ करोड ३९ लाखको बजेट

प्रतापपुरले ल्यायाे ७६ करोड ३९ लाखको बजेट

२० बर्ष पुगेका छोरीलाई बिवाह  आर्थिक सहयोग दिने

प्रतापपुरले ल्यायाे ७६ करोड ३९ लाखको बजेट

प्रतापपुरले ल्यायाे ७६ करोड ३९ लाखको बजेट

२० बर्ष पुगेका छोरीलाई बिवाह  आर्थिक सहयोग दिने

प्रतापपुरले ल्यायाे ७६ करोड ३९ लाखको बजेट
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले १८ औँ गाउँसभा सम्पन्न गरेको छ । आज पालिकाको सभाहलमा गाउँपालिकाले निती कार्यक्रम तथा बजेट पारित गदै   १८ औँ गाउँसभा सम्पन्न गरेको हो ।

    गाउँसभामा निती तथा कार्यक्रम प्रस्तुत गदै पालिका अध्यक्ष  उमेशचन्द्र यादवले कृषि स्वास्थ्य शिक्षा खानेपानीमा बिशेष प्रथामिकता दिएको बताए । शिक्षा तर्फ माध्यमिक बिद्यलायमा प्राविधिक धारको शिक्षा संचालन गर्ने अध्यक्ष शैक्षिक बेरोजगार कार्र्यक्रम ंजेहेन्दार गरिब दलित छात्राछात्रहरुलाई छात्रबृत्ति प्रोत्साहन गर्ने प्राबिधिक शिक्षालाई जोड दिएको बताए । 

    स्वास्थ्य क्षेत्रमा स्वास्थ्य क्षेत्र अवस्था सुधार गर्न एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम संचालन उपाध्यक्ष कोसेली बितरण तथा सुरक्षा निकायसंग समन्वय गरी सुरक्षित प्रतापपुर कार्यक्रम ल्याएको जानकारी दिए । 


    बाल बिवाह नियन्त्रण गर्नका लागि उमेर पुगेका छोरीको विवाह हुदाँ सहुलियत स्वरुप आर्थिक सहयोग प्रदान गर्ने र कृषि क्षेत्रमा किसानलाई बिद्युत मिटर जडान देखी लाग्ने खर्च पालिकाले व्यहोने केरा जोन रुपमा बिकास गर्ने उद्योगतर्फ पाँच लाख भन्दा बढी लागनीमा उद्योग स्थपना गर्ने उद्योगीहरुलाई ५ बर्ष बराबराको प्रतापपुरमा  लाग्ने सम्पूर्ण कर छुट दिने अध्यक्ष यादवले निती तथा कार्यक्रम ल्याएका छन । 


    मिसन रोजगारी दिगो रोजगारी र उद्यामशिलता प्रबद्र्धन अभियान संचालन गर्ने प्रत्येक वडामा एक ख्ेलमैदान बनाउने र गाउँपालिका स्तरिय अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन गर्ने यादवले बताए । आर्थिक बर्ष २०८२।८०३को बजेट प्रस्तुत गदै पालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले अगामी आर्थिक बर्ष ७६ करोड ३९ लाख ६७ हजार प्रस्तुत गरेकी थिइन ।

    उनको अनुसार कुल बिनियोज मध्ये चालुतर्फ ५२ करोड ५० लाख २२ हजार अर्थात ६८.७२ प्रतिशत र पुँजिगत खर्च तर्फ २३ करोड ८९ लाख ४५ हजार अर्थात कुल बिनियोजनको ३१.२८ प्रतिशत रहेको उपाध्यक्ष चौधरीले जानकारी दिईन । पालिकाको आन्तरिक आय ३ करोड रहेको गाउँपालिकाले जानएको छ । यसैबिच सरावल गाउँपालिका र सुस्ता गाउँपालिकाले निती तथा कार्यक्रम ल्याएका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij