२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बेलबास-बेथरी सडक किन अलपत्र ?

बेलबास-बेथरी सडक किन अलपत्र ?

बेलबास-बेथरी सडक किन अलपत्र ?

बेलबास-बेथरी सडक किन अलपत्र ?

बेलबास-बेथरी सडक किन अलपत्र ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ९ २०८२
सोमवार, आषाढ ९ २०८२
  • बेलवास-बेथरी सडक निर्माणको काम सम्पन्ननहुँदा स्थानीयबासिन्दालाई सास्ती भएको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलो उडेर सडकमा यात्रा गर्नलाई मात्रै नभई स्थानीय बासिन्दाको दैनिकअस्तव्यस्त भएको छ ।सडकमा असरल्ल छाडिएका निर्माण सामग्रीले पनि सडकमा यात्रा गर्न समस्या भएको छ ।


    बेलबास-बेथरी सडकको नहरपुर-बेतहानी खण्ड निर्माणमा ढिलाई हुँदाको सास्ती स्थानीयबासिन्दाले भोगेका छन् । सडकनिर्माण शुरु भएको दशक पुग्न लाग्यो तर पूरा भएको  छैन् । बेलवास बेथरी सडक बेलैमा सक्दा पश्चिम रूपन्देहीकाबासिन्दालाई आवागमनगर्न सहज हुनेछ । बुटवलबाट लुम्बिनी जानका लागि छोटो मार्ग हुनेछ । बुटवलबाट भैरहवा हुँदै लुम्बिनी जानुपर्ने बाध्यता हट्ने छ । यो एक हिसाबले पर्यटकीय मार्ग हो । भैरहवा र लुम्बिनी आएका पर्यटक सिधैं पाल्पाको नुवाकोट जाने छरितो मार्ग पनि हो ।


    बुटवल-बेलवास २१ किमि सडकदुई खण्डमा विभाजन गरेर निर्माण शुरु भएको थियो । जसअन्तर्गत दोस्रो प्याकेजमा ८ किमी निर्माण गर्नेठेक्का बज्र गुरू कान्छाराम जेभीले लिएको थियो ।त्यो कम्पनीले निर्माण गर्ने जिम्मा लिएको खण्डमा विभिन्न पाँच ठाउँमा स-सानो काम अलपत्र हुँदा यात्रुहरुले कष्ट व्यहोर्नु परेको छ ।२०७३ सालमाठेक्का लगाउँदा तीन वर्षमा काम सक्ने ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।२०७६ मा सक्नुपर्ने कामका लागि ६ पटक म्याद थप भयो ।२०८१ चैतसम्म सम्पन्नगर्ने सीमा बढाइएको थियो । म्याद थपको समयपनि सकिएको छ ।

    पटकपटक म्याद थप गर्ने  र काम नहुने प्रवृति गलत छ । संघीय सरकारले शुरु गरेको यो सडक आयोजना प्रदेश सरकारलाई हस्तान्तरण भएको छ । लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजनगर्न छाडेको छ ।  लुम्बिनी प्रदेश सरकारले संघले आयोजनाहस्तान्तरण गर्दा बजेट सहितनगर्दा समस्या भएको बताउँदै आएको छ ।आयोजनाहस्तान्तरण गर्ने तर बजेट नपठाएकाले प्रदेशलाई आयोजना सम्पन्नगर्न समस्या भएको उसको भनाई छ ।प्रदेशर संघीय सरकारले समन्वय गरी यो सडकलाई सम्पन्न गर्न ढिलाई गर्न हुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij