२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसईईमा जीपीए ४ ल्याउनेलाई एक लाख पुरस्कार

एसईईमा जीपीए ४ ल्याउनेलाई एक लाख पुरस्कार

पुरस्कार प्राप्त गर्ने विद्यार्थीले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गरेमा थप ५० हजार प्राप्त गर्नेछन् ।

एसईईमा जीपीए ४ ल्याउनेलाई एक लाख पुरस्कार

एसईईमा जीपीए ४ ल्याउनेलाई एक लाख पुरस्कार

पुरस्कार प्राप्त गर्ने विद्यार्थीले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गरेमा थप ५० हजार प्राप्त गर्नेछन् ।

एसईईमा जीपीए ४ ल्याउनेलाई एक लाख पुरस्कार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ९ २०८२
सोमवार, आषाढ ९ २०८२

  • गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आकर्षक नगद पुरस्कार दिने घोषणा गरेको छ ।


    नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा उक्त योजनाबारे जानकारी गराएका हुन् । नीति कार्यक्रम अनुसार, नगरभित्रका विद्यालयमा अध्ययन गरेर एसईईमा ग्रेड पोइन्ट औसत (जीपीए) ४.० प्राप्त गर्ने विद्यार्थीलाई “नगर प्रमुख शैक्षिक पुरस्कार” अन्तर्गत नगद १ लाख रुपैयाँ प्रदान गरिने नगर प्रमुख खिलध्वज पन्थीले बताए ।


    यतिमात्र होइन, सो पुरस्कार प्राप्त गर्ने विद्यार्थीले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गरेमा, कक्षा १२ को अन्त्यमा थप ५० हजार रुपैयाँ छात्रवृत्तिको रूपमा एकमुष्ठ प्राप्त गर्नेछन् ।


    नगरपालिकाले यस कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक उत्कृष्टताप्रति प्रेरित गर्ने तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने उद्देश्य लिएको जनाएको छ । यो योजनाले विशेषगरी मेहेनती र लक्ष्यमा केन्द्रित विद्यार्थीलाई थप ऊर्जा दिने विश्वास नगर प्रमुख पन्थीले व्यक्त गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij