२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाणिनीमा कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा

पाणिनीमा कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा

पाणिनीमा कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा

पाणिनीमा कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा

पाणिनीमा कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ९ २०८२
सोमवार, आषाढ ९ २०८२
  • अविजित पन्थी
    अर्घाखाँची
    पाणिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको छ। पालिका अध्यक्ष टेकराज न्यौपाने द्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले स्थानीय शासनमा अनुशासन, पारदर्शिता र सशक्त नेतृत्वको नयाँ उदाहरण प्रस्तुत गरेको छ। विगत आर्थिक वर्षको लेखापरीक्षणमा मात्र ०.११ प्रतिशत बेरुजु आएको गाउँपालिकाले वित्तीय अनुशासनमा लुम्बिनी प्रदेशमै पहिलो र नेपाल भरिका स्थानिय तहमा छैठौं उत्कृष्टता प्रदर्शन गरेको थियो भने संस्थागत क्षमता मूल्यांकनमा ८२.५ अंकसहित प्रदेशकै अग्रस्थानमा उभिएको थियो ।

    यसले नयाँ नीति तथा कार्यक्रम कार्यान्वयनमा विश्वासिलो वातावरण सिर्जना गरेको देखिन्छ।
    संस्कृत व्याकरणका पिता पाणिनी ऋषिको पहिचानलाई निरन्तरता दिँदै संस्कृत भाषा, संस्कार र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गरिने नीति कार्यक्रममा समावेश गरिएको छ। संविधान, स्थानीय सरकार सञ्चालन ऐन, संघीय र प्रदेश सरकारका नीति तथा दिगो विकास लक्ष्यहरूलाई मार्गदर्शन मानेर तयार गरिएको यस योजनाले स्थानीय विकासको दीर्घकालीन आधार सुनिश्चित गर्ने विश्वास गरिएको छ। गाउँपालिकाले “पाणिनी र दुर्वासा ऋषिको पहिचान, समृद्ध पाणिनी हाम्रो अभियान” भन्ने मूल नाराका साथ नीति तथा कार्यक्रम अघि सारेको छ।


    कृषि र पशुपालनमा आधुनिकीकरण र आत्मनिर्भरताका साथ गाउँपालिकाले “युवाको सीप, पाणिनीको जीत“ भन्ने नाराका साथ कृषि आधुनिकीकरण अभियान सञ्चालन गर्ने भएको छ। संघीय सरकार र गाउँपालिका को साझेदारीमा एक गाउँ, एक कृषि- पशु सेवा प्राविधिक कार्यक्रम लागू गर्ने बताएको छ। त्यस्तै बाँझो जमिनमा कृषकको जोत, समृद्ध गाउँको दिगो स्रोत“ भन्ने सोचका साथ दाँजो खेतीयोग्य जग्गा स्थापना गर्ने कार्यक्रममा उल्लेख गरिएको छ। डोर टु डोर कृषि भिजिट कार्यक्रम, जैविक खेती, खोरेत रोगमुक्त अभियान, गोठ सुधार, दुग्ध उत्पादन अभिवृद्धि, तथा जंगली जनावर नियन्त्रण टोली गठनजस्ता कार्यक्रमहरूलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ। 


    शिक्षामा गुणस्तर, नवप्रवर्तन र सीप विकासमा जोड दिँदै पालिकाले “जहाँ विद्यार्थी, त्यहाँ विद्यालय” भन्ने मान्यता अनुसरण गर्दै शिक्षक विद्यार्थी अनुपातका आधारमा तहगत तथा विषयगत शिक्षक दरबन्दी मिलान गर्ने र “थोरै विद्यालय, राम्रा विद्यालय” भन्ने नीतिहरू अवलम्बन गर्ने भएको छ। 


    विद्यार्थी मूल्याङ्कन अभिलेख योजना, शिक्षकको दैनिक पाठ्य योजना, प्रतिभाको खोज, चिनारी तथा प्रचारप्रसार कार्यक्रम समावेश गरिएका छन्। सूचना प्रविधिमा आधारित शिक्षालाई बल दिँदै कक्षाकोठामा डिजिटल स्मार्ट बोर्ड जडान गर्ने पालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ। त्यस्तै ‘सिकाइ र सीपसहितको शिक्षा’ अभियान अन्तर्गत स्थानीय पाठ्यक्रम विकास गर्ने जसमा संस्कृत व्याकरण र ऋषिपरम्परा पनि समावेश गर्ने ,न्भयन्भदचब, ःबतजझबतष्अब जस्ता प्रविधि सफ्टवेयर प्रयोग गर्ने भएको छ। विद्यालयमा जाउँ–जाउँ भन्ने भावनाको विकास र पहुँच अभिवृद्धिमा पनि विशेष ध्यान दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 


    स्वास्थ्य क्षेत्रमा २२ वटा कार्यक्रममार्फत जनतालाई सुलभ, गुणस्तरीय र समावेशी सेवा दिने नीति लिइएको छ। १५ शय्याको आधारभूत अस्पताल, ग्रामिण अल्ट्रासाउन्ड सेवा, र बायोमेट्रिक प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण तथा ‘असाहय स्वास्थ्य उपचार सहायता कोष’ स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। । ‘जीवनशैली तथा भान्सा सुधार – निरोगी जीवनको आधार’ भन्ने नारासाथ स्वस्थ जीवनशैलीका लागि चेतनामूलक कार्यक्रमहरू अघि सार्ने भएको छ। 


    गाउँपालिकाले “एक वडा, एक पर्यटन गन्तव्य” भन्ने नारासँगै स्थानीय गन्तव्यको संरक्षण र पूर्वाधार विकासमा जोड दिएको छ। “पाहुनाको सत्कार, सरसफाई र सेवा हाम्रो संस्कार” भन्ने नाराका साथ होमस्टे, पर्यटन पूर्वाधार र सम्पर्क मार्ग निर्माण गर्ने नीति तथा कार्यक्रममा मार्फत बताइएको छ। पाणिनी तपोभूमि, दुर्वासेश्वर गुफा, सिद्धेश्वर गुफा, कालीकाठी, विभिन्न मठ मन्दिरहरू ,मस्जिद , गुम्बा, देवीस्थानहरू जस्ता स्थलहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने भएको छ। 


    “पाणिनी गाउँपालिकाको आधार - लघु उद्यममार्फत रोजगार” भन्ने नाराको कार्यान्वयनसहित रोजगारी कार्यक्रम अघि सार्ने भएको छ। १०० दिन रोजगारी कार्यक्रम, वैदेशिक रोजगारबाट फर्केकाहरूको पुनःस्थापना, तथा स्वरोजगार सीप तालिम लगायतका कार्यक्रम समावेश छन्। रोजगार संवाद मञ्च स्थापनासँगै रोजगार सेवा केन्द्रको स्थापना गर्ने कार्यक्रममा उल्लेख गरिएको छ। स्थानीय उत्पादन प्रवद्र्धन, बजार सुनिश्चितता, र सीपयुक्त जनशक्ति परिचालनमा ध्यान ध्यान दिने भएको छ।

     
    पूर्वाधार विकास र विपद् व्यवस्थापनमा सशक्त नीति अवलम्बन गर्दै गाउँपालिकाले  पूर्वाधार विकासका क्रियाकलापहरू सञ्चालन गर्दा विपद् जोखिम संवेदनशीलतालाई केन्द्रबिन्दुमा राखी कार्यान्वयन गर्न सगाउ पुग्ने गरी डिजाइन तथा इस्टमेट गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

    आपत्कालीन सवारी व्यवस्थापनका लागि एबलष्लष् च्यबम म्ष्कबकतभच च्भकउयलकभ क्थकतझ प्रणाली विकास गरी कार्यविधि बनाई वेब तथा मोबाइल एपमार्फत नागरिकसम्म जोड्ने र एक विपद् प्रतिकार्य टास्कफोर्स गठन गरी विपद् जोखिम न्यूनीकरणमा सशक्त कदम चाल्ने भएको छ। “फोहोर छुट्याऔं, स्रोत बचाऔं, हरियो गाउँ बनाऔं” भन्ने का साथ घरबाट निस्कने फोहोरलाई वर्गीकरण गरी उत्पादन उपयोगी बनाउने फोहोरलाई मोहोर बनाउने र सफा पालिका बनाउने नीतिहरू अवलम्बन गर्ने भएको छ। 


    गाउँपालिकाले स्मार्ट पालिका अवधारणालाई आत्मसात गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने नीति अघि सारेको छ। “जनतासँग रेडियो तथा टेलिभिजन कार्यक्रम” सञ्चालन सञ्चालन गर्ने भएको छ। 


    भूमिहीनलाई कानुनबमोजिम जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्ने भएको छ। 
    अपांगता भएका व्यक्तिलाई घरदैलो सेवा, सहायक उपकरण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट तथा असहाय, अपांगता भएकालाई घरमै सेवा पु¥याउने व्यवस्था गर्ने भएको छ।


    गाउँपालिकाले “शून्य बेरुजुको नीति” अवलम्बन गर्दै लेखापरीक्षण प्रणाली थप सुधार गर्ने बताएको छ। कर प्रणाली पारदर्शी, कर शिक्षा विस्तार, र “हामीले तिरेको कर, समृद्ध पाणिनी आधार” नारासँगै साप्ताहिक घुम्ती कर संकलन अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 


    पाणिनी गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम बहुआयामिक, समावेशी, नवप्रवर्तनशील र नागरिकमैत्री रहेको छ। यसले स्थानीय आवश्यकता, दिगो विकासको अवधारणा र आधुनिक प्रशासनिक मूल्यहरूलाई सन्तुलित रूपमा समेटेको छ।

    संस्थागत क्षमता, वित्तीय अनुशासन, सांस्कृतिक चेतना र प्रविधि उपयोगको सशक्त उदाहरणका रूपमा यो कार्यक्रम स्थानीय सरकारको नमुना दस्तावेज पनि बन्ने अपेक्षा गरिएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij