२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठानमा कामदारको अभाव खच्चडद्वारा काम लगाइँदै

प्युठानमा कामदारको अभाव खच्चडद्वारा काम लगाइँदै

प्युठानमा कामदारको अभाव खच्चडद्वारा काम लगाइँदै

प्युठानमा कामदारको अभाव खच्चडद्वारा काम लगाइँदै

प्युठानमा कामदारको अभाव खच्चडद्वारा काम लगाइँदै
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  •   
    प्युठान।युवा जनशक्ति विदेश पलायन हुँदा ग्रामीणक्षेत्रमा कामदारको अभाव बढ्न थालेको छ।प्युठान नगरपालिका–२ गौथुङ्ग स्थित 'मन्दिर ढाड सिढी निमार्णको' लागि काम गर्ने मजदुर नपाएपछि खच्चडद्वारा काम गराईएको हो।


    पहिले–पहिले कम पारिश्रमिकमा पनि दैनिक ज्यालादारी मजदुर पाईन्थ्यो तर अहिले चर्को ज्याला तिरेपने भेटाउनै मुस्किल भएको निर्माण व्यवसायी कृष्ण खड्काले बताए।‘गाउँघरका सबै युवा रोजगारको लागि विदेश गएपछि मजदुर गर्ने कोहि भेटिदैनन्’ उनले भने,‘रोल्पाबाट दुई जना मास्टर सहित १७ वटा खच्चडल्याई दैनिक ज्यालादारीमा काम लगाउदै आएको छु।’

    एक खच्चडलाई बिहान बेलुका दानापानी  खुवाएर प्रतिदिन ८ सयका दरले दिएको खड्काले बताए।१६ दिन सम्म ढुवानी गर्दा २ जना मास्टर र १७ वटा खच्चडको दानापानी सहित २ लाख ३३ हजार २ सय तिरेको उनको भनाई छ।


    जेठ २१ गते देखी सुरु भई असार ७ गते सम्म खच्चडले करिव ४ सय ५० मिटरसम्म बालुवा र गिट्टी ढुवानी गरेको व्यवसायी खड्काले बताए।   
        

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij