२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छानविन समितिलाई सघाऔँ

छानविन समितिलाई सघाऔँ

छानविन समितिलाई सघाऔँ

छानविन समितिलाई सघाऔँ

छानविन समितिलाई सघाऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • सरकारले अध्यागमन र भिजिट भिसा प्रकरण सम्बन्धमा पूर्वमुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति  गठन गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन् । भिजिट भिसा र अध्यागमनको छानबिन गर्न प्रमुख प्रतिपक्ष माओवादी लगायत विपक्षी दलले विरोध गरेपछि सरकारले छानबिन समिति गठन गरेको छ । 


    भिजिट भिसा प्रकरण गंभीर रहेको र यो प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने माग गर्दै विपक्षीले माग गर्दै आएका थिए । प्रमुख प्रतिपक्ष माओवादीले राजिनामाको मागबाट पछि हटेर छानबिन समिति गठन गर्न राजी भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विपक्षी अझै राजिनामाको मागबाट पछि हटेका छैनन् । लामो समयसम्म संसदलाई बन्धक राख्न हुँदैन् भन्ने बुझाईले प्रमुख प्रतिपक्ष दल माओवादी सरकारसँग छानविन समिति गठन गर्न सहमत भई सदनको अवरोध खोल्न राजी भएको थियो । भिजिटभिसा प्रकरणमा अहिलेको सरकारमात्रै दोषी नभएको र विगतदेखि नै अध्यागमनमा कमजोरी हुँदै आएकाले आवश्यक सुधारका लागि पहल लिनुपर्ने भन्दै संसद अवरोध खुलाउने माओवादी पहलकदमी सकारात्मक छ ।

    तर रास्वपा र राप्रपा लगायत विपक्षी निरन्तर गृहमन्त्रीको राजिनामा माग गर्दै विरोध गर्दै आएका छन् । गृहमन्त्रीको राजिनामामै अड्केर सदन निरन्तर अवरोध गर्नु भनेको संसदीय अभ्यासमा अपरिपक्कता हो । सरकारले संस्थागत सुधार गर्न समिति नै गठन गरेपछि बरु समितिलाई राम्रो काम गर्न र छानबिन समितिले दिएको सुझावका आधारमा संस्थागत सुधारमा लाग्न खबरदारी गर्न रास्वपा चुकेको छ ।


    संसदमा सरकारले गरेका कमजोरीप्रति विपक्षीले खबरदारी गर्नु स्वाभाविक हो । विपक्षीले खबरदारी नगर्ने हो भने सरकारका काम स्वच्छाचारी हुन्छन् । सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने काम जिम्मेवार प्रतिपक्षबाट मात्रै संभव छ । निरन्तर सदन अवरोध जिम्मेवार प्रतिपक्षको काम होइन् । बजेट पारित गर्नुपर्ने, संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन सदनबाट पारित गर्नुपर्ने चटारोलाई प्रतिपक्ष दलले पनि ख्याल गर्नुपर्छ । 


    बरु सरकारलाई छिटो विधेयक सदनमा ल्याउन दवाव दिदा नै प्रतिपक्षको साख बढ्छ । संघीय शासन प्रणालीलाई संस्थागत गर्न बन्नुपर्ने धेरै कानुन अझै नबनेकाले छिटो बनाउन दवाव दिदा विपक्षीको रचनात्मक भूमिका स्थापित हुन्छ । अहिले निरन्तरको अवरोधले उनीहरुलाई कमजोर बनाउँछ नै, संसदीय व्यवस्थाप्रति नै नागरिकको वितृष्ण बढ्ने जोखिम बढेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij