२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जितगढी युद्ध संग्राहलय सञ्चालन गर्न थप १२ करोड आवश्यक

जितगढी युद्ध संग्राहलय सञ्चालन गर्न थप १२ करोड आवश्यक

जितगढी युद्ध संग्राहलय सञ्चालन गर्न थप १२ करोड आवश्यक

जितगढी युद्ध संग्राहलय सञ्चालन गर्न थप १२ करोड आवश्यक

जितगढी युद्ध संग्राहलय सञ्चालन गर्न थप १२ करोड आवश्यक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • मीना ढकाल 
    बुटवल
    बुटवलको महत्वपूर्ण सम्पदाका रुपमा चिनाउने उद्देश्यले निर्माण गरिएको जितगढी युद्ध संग्राहालयले आर्थिक अभावका कारण पूर्णता पाउन सकेको छैन । करिब ७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो संग्राहलय सञ्चालनका लागि थप १२ करोड आवश्यक पर्ने भएपछि आर्थिक अभावमा अलपत्र परेको हो । नेपाली सेना र अंग्रेज फौजबिच भएको युद्धको झल्को दिने र जितगढीको महत्वलाई उजागर गर्ने यसको मूल उद्देश्य हो । 


    बुटवल उप–महानगरपालिका वडा नम्बर १ मा पुरानो नगरपालिका रहेको करिब ३ कठ्ठा जग्गामा निर्माण भएको सो युद्ध संग्राहलय गत आर्थिक वर्षमै निर्माण सम्पन्न भएको थियो । संग्राहलय सञ्चालनका लागि आवश्यक सामग्रीहरु र आन्तरिक सजावटलगायतका कार्यहरु पूरा गर्न थप बजेटको आवश्यक रहेको बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेको भनाइ छ । यो संग्राहलयको सुरुवातसँगै बुटवल आउने पर्यटकहरुलाई नुवाकोट, जितगढी किल्ला जस्ता महत्वपूर्ण स्थानको सहजै भ्रमण गराउन सकिने गरी व्यवस्था मिलाईने छ । 


    स्थानीयका अनुसार भवन निर्माण कार्य भए पनि युद्ध संग्राहालय सञ्चालनका लागि आवश्यक आन्तरिक साजसज्जा र युद्धकालिन सन्दर्भ सामग्रीहरु खरिदका लागि बजेट अभावका कारण अलपत्र जस्तै रहेको छ । ठेक्का पाएको भवन निर्माण कम्पनीले सम्झौता अवधीमा निर्माण सकेर उप–महानगरपालिकालाई हस्तान्तरण गरेको वर्ष बितिसक्दा पनि संग्राहलय सञ्चालन नहुनुका साथै निकट भविष्यमा पनि सञ्चालन हुने कुनै छाटकाँट नरहेको स्थानीयले बताएका छन् । 


    बाहिरको संरचना र मूल भवन निर्माण भैसकेको भए पनि बजेटको श्रोत सुनिश्चित हुन नसक्दा भवन भित्र निर्माण गरिने प्राचिन सामग्रीहरु, आन्तरिक व्यवस्थापन, जनशक्ति व्यवस्थापन, हातहतियारलगायत युद्ध सामग्रीहरु, तत्कालिन अवस्थाको पहिरन र परिवेशलगायतका वस्तुहरु राख्न नसकिएको उप–महानगरपालिकाले जनाएको छ । यद्यपी युद्ध सामग्रीहरु खोजी गर्ने, संकलन गर्ने कार्यहरु भैरहेको छ । 


    उपमहानगरका अनुसार निर्माण कम्पन्नी शिवशक्ति कन्सट्रक्सन प्रालि बानेश्वर काठमाडौंले २०७७ साल माघ २६ गते ठेक्का लिएको र २०८० असार १० गते निर्माण सम्पन्न गरी बुटवल उप–महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । करिब ७ करोडमा निर्माण सम्पन्न भएको उक्त संग्रहालयमा पूर्णता दिन अझैँ थप १२ करोड रुपैयाँको आवश्यकता पर्ने बुटवल उप–महानगरका इञ्जिनियर गौतम रौनियारले बताए ।


    संघीय सरकार र बुटवल उप–महानगरपालिकाको संयुक्त लगानीमा निर्माण सुरु गरिएको सो युद्ध संग्राहलय सञ्चालनका लागि थप बजेट जुटाउन आवश्यक प्रयास भैरहेको उल्लेख गर्दै इञ्जिनियर रौनियारले संघीय सरकार र प्रदेश सरकारका सरोकारवाला मन्त्रालय तथा निकायहरुमा बजेट माग गरिएको जानकारी गराए । भवन भित्र निर्माण गरिने प्राकृतिक तथा कृतिम संरचनाहरुको अध्ययन गरी डीपीआर तयार भैसकेको छ । थप बजेटका लागि प्रदेश र संघीय सरकारको पर्यटन मन्त्रालयमा माग गरिएको गौतमको भनाइ छ ।


    लुम्बिनी प्रदेशकै नमूना युद्ध संग्राहलयका रुपमा निर्माण गर्ने भनिएको यो संग्राहलय भवनका आन्तरिक संरचनाहरु तत्काल निर्माण सम्पन्न गरी छिटो सर्वसाधरणका लागि खुल्ला गर्नुपर्ने स्थानीयले माग गरेका छन् । यो भवन छिटो निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन सकिने अपेक्षा गरिएको स्थानीय हरिप्रसाद उपाध्याय बताउँछन् । 


    आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गरी पर्यटकहरु भित्राउने उद्देश्यले निर्माण भएको यो संग्राहलय इतिहास र युद्धसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अध्यताहरुका लागि भविष्यमा खोज तथा अध्ययनको केन्द्र पनि बन्न सक्ने अनुमान गरिएको छ । संघीय र स्थानीय सरकारले लगानी गरेको उक्त संरचनालाई पूर्णता प्रदान गरी सिघ्रातिसिघ्र सञ्चालनमा ल्याउनुपर्ने कुरामा बुटवलवासीहरुले जोड दिएका छन् । 


    सन. १८७१ देखि १८७३ सम्म नेपाल र तत्कालिन बेलायती ईष्ट इन्डिया कम्पनीका अंग्रेज सेनाबिच बुटवलमा पटक पटक युद्ध भएको थियो । पछिल्लो पटक कर्णेल उजिरसिंह थापा नेतृत्वको तत्कालिन नेपाली सेनाले अदम्य साहस, चतुरता र पराक्रम प्रदर्शन गरेर विजय हासिल गरेको थियो । जितगढीको विकास र संरक्षणका लागि नेपाली सेनाले विशेष चासो व्यक्त गर्दै आवश्यक सहयोग र सहकार्य गर्दै आएको बुटवल उप–महानगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij