२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कावासोतीको बजेट एक अर्ब ६१ लाख

कावासोतीको बजेट एक अर्ब ६१ लाख

कावासोतीको बजेट एक अर्ब ६१ लाख

कावासोतीको बजेट एक अर्ब ६१ लाख

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • रामकुमार श्रेष्ठ
    नवलपुर
    नवलपुरको कावासोती नगरपालिकाको १७औं नगर अधिवेशनले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६१ लाख ४४ हजार  रुपैयाँको बजेट पारित गरेको छ ।
    कावासोती नगरपालिकाको नगरसभाको मंगलबार भएको १७औं अधिवेशनमा नगर उपप्रमुख फूलकुमारी थनेतद्वारा प्रस्तुत १ अर्ब ६१ लाख ४४ हजार बराबरको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।


    नगरउपप्रमुख थनेतद्वारा प्रस्तुत बजेटमा आम्दानी तर्फ आन्तरिक स्रोतबाट ६ करोड ५० लाख, वित्तीय समानुकरण अनुदान नेपाल सरकारबाट १७ करोड २ लाख, राजस्व बाँडफाँट संघीय सरकारबाट १४ करोड ८३ लाख, सशर्त अनुदान संघीय सरकारबाट ४३ करोड ६६ लाख, विशेष अनुदान नेपाल सरकारबाट ४ करोड १८ लाख, समपुरक अनुदान नेपाल सरकारबाट ६० लाख हुने उल्लेख गरिएको छ ।


    त्यसैगरी वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट २ करोड २८ लाख, सवारी साधन कर प्रदेश सरकारबाट २ करोड २८ लाख, विशेष अनुदान प्रदेश सरकारबाट ४० लाख, समपुरक अनुदान प्रदेश सरकारबाट २८ लाख, घरजग्गा रजिष्ट्रेशनबाट ४ करोड २० लाख, विज्ञापन करबाट ५ लाख ५१ हजार, नदीजन्य पदार्थ बिक्री राजस्व बाँडफाँट स्थानीयबाट ३ करोड ३० लाख र लागत सहभागिता १ करोड गरी कुल १ अर्ब ६१ लाख ४४ हजार आय प्राप्त हुने अनुमान गरिएको नगर उपप्रमुख फूलकुमारी थनेतले बताइन् ।


    त्यसैगरी व्ययतर्फ प्रशासनिक खर्च २१ करोड ११ लाख, मर्मत सम्भार कोषमा १ करोड, समपुरक कोषमा २ करोड ३५ लाख, विपद् व्यवस्थापन कोषमा १ करोड, नगरस्तरीय योजना तथा कार्यक्रममा १२ करोड १० लाख, वडास्तरीय योजना तथा कार्यक्रममा १२ करोड ९२ लाख खर्च हुने अनुमान गरिएको छ ।


    त्यसैगरी नगरउपप्रमुखद्वारा प्रस्तुत बजेटमा नगरस्तरीय पूर्वाधार विकासका लागि ६ करोड २५ लाख, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, पोषणलगायत सामाजिक विकासतर्फ ४ करोड, कृषि, पशुपंक्षी, सहकारी, पर्यटन, श्रम तथा रोजगार लगायत आर्थिक विकासतर्फ १ करोड २५ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २० लाख विनियोजन गरिएको जनाइएको छ ।
    त्यसैगरी विपद जोखिम न्यूनीकरणका लागि केरुङ्गे खोला –कावासोती १, ३, ४ र ५ मा तटबन्धनका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको उल्लेख छ । त्यसैगरी आमा स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमलगायतलाई ७९ लाख, महिला, दलित, जनजाति, आदिवासी, अपाङ्गतालगायतका क्षेत्रमा २२ लाख ७० हजार बजेट विनियोजन गरिएको छ ।  नवलपुरको कावासोती नगरपालिकाले कावासोती नगरपालिकालाई ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटकीय शहरः पूर्वाधारयुक्त औद्योगिक समुन्नत कावासोती नगर बनाइने नीति तथा कार्यक्रम अगाडि सारेको छ ।


    कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले कावासोती नगरपालिकाको नगर सभाको १७औं नगर अधिवेशनमा मंगलबार यस्तो नीति तथा कार्यक्रम अगाडि सारेका हुन् ।


    नगरप्रमुख विष्णु भुसालद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा नगर यातायात गुरुयोजना कार्यान्वयनमा ल्याएको उल्लेख गरिएको छ । त्यसका लागि प्राथमिकीकरण गरिएको सडकहरुको विस्तार एवम् स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइएको उल्लेख गरिएको छ । कावासोती नगरपालिकाले करिब ५ वर्ष अगाडि नगर चक्रपथ निर्माण गर्ने महत्वकांक्षी योजना अगाडि सारेको भए पनि अझँै पुरा गर्न सकेको छैन ।


    त्यसैगरी सबै खाले घर टहरा, सरकारी कार्यालय भवन निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नु पर्ने नीति लिएको छ । त्यसैगरी उर्जामैत्री भवन निर्माणलाई प्रोत्साहन गरिने, अब बन्ने कावासोती ६, १३ र १७ नम्बरको वडा कार्यालय भवन उर्जा तथा वातावरणमैत्री निर्माण गरिने उल्लेख गरिएको छ ।


    त्यस्तै कावासोती नगरपालिकाभित्र पर्ने केरुङ्गे खोलाको किनारमा वडा नं. १ देखि १५ सम्मको क्षेत्रफालई तटबन्धन गरी खोलाको किनारमा हरियाली क्षेत्र निर्माण गर्ने, साइकल लेन बनाउने, फुटपाथसहितको कोरिडोर मार्ग निर्माण गर्ने योजना नगरप्रमुख विष्णु भुसालले अगाडि सारेका छन् ।


    त्यसैगरी कावासोती नगरपालिकाको फोहोर मैलो व्यवस्थापनलाई संघप्रदेशसँगको सहककार्यमा नयाँ प्रक्रियाबाट अगाडि बढाइन व्यवस्थित भौतिक संरचना निर्माण गरिने उल्लेख छ । नगरसभाको अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा फोहोरलाई पुन प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।


    त्यसैगरी कावासोती ४ बाट भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लालपूर्जा वितरण सुरु गरेको जानकारी दिँदै नगरप्रमुख भुसालले बाँकी रहेका वडाहरुमा समेत क्रमश लालपूर्जा वितरण गर्दै जाने उल्लेख गरेका छन् ।
    त्यस्तै मध्यवर्ती क्षेत्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि नेपाल सरकार, मध्यवर्ती तथा निकुञ्ज कार्यालय, प्रकृति संरक्षण कोषसँग सहकार्य गरी उक्त क्षेत्रमा जग्गा नापजाँच प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ ।


    नगरप्रमुख भुसालद्वारा प्रस्तुत निति तथा कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा २६ बुँदे नीति तथा कार्यक्रम समावेश गरिए पनि सामुदायिक स्कुलको निःशुल्क शिक्षालाई प्रथामिकतामा राख्न सकेको छैन । तथापि कक्षा १० सम्मका विद्यार्थीहरुलाई नेपाली र अंग्रेजी माध्यममका पाठ्यपुस्तक निःशुल्क रुपमा उपलब्ध गराउने उल्लेख गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij