परासी । पश्चिम नवलपरासीमा २२ औँ धान दिवस तथा रोपाई महोत्सव २०८२ मनाईएको छ । धानको बालीमा सघनता ,खाद्य सुरक्षा र आत्मानिर्भरता नाराका साथ २२ औँ धान दिवस तथा रोपाई महोत्सवको रुपमा मनाईएको हो ।
कृषि ज्ञान केन्द्र परासी,प्रधानमन्त्री कृषि आधुनिकारण कार्यान्वयन एकाई परियोजना रुपन्देही,परियाजना प्राबिधिक एकाई नवलपरासी संयुक्त आयोजना तथा बुद्ध सिड कम्पनी प्रालीको व्यस्थपानमा खेतमा रोपनी गरी धान दिवस तथा रोपाई महोत्सव मनाईएको थियो ।
यस दिनलाई किसानहरुले माना छरेर मुरि उब्जाउने दिनको रुपमा लिने गरेका छन । कार्र्यक्रमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलावरले किसानहरुलाई सिचाई व्यस्थापन गर्न तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले धानको उत्पादन बढाको लागि सिचाईको व्यस्थापन र समयमा मल बिउ किसानहरुलाई र मिलाउन आवश्यक रहरेको बताए ।
जिल्ला समन्वय समितीका प्रमुख भगौती यादव रुदलले सरकारले समयमा बिउ मल प्रप्र्यात मात्र सिचाईको व्यवस्थापन नगर्दा किसानहरु मर्कामा परेको बताए । उनले भने कृषि क्षेत्रमा किसानहरूलाई सहज रुपमा आवश्यक व्यवस्था गरी तिनै तहका सरकारको समन्वयमा उत्पादकत्व वृद्धि गर्नुतर्फ लाग्नुपर्ने आजको आवश्यकता रहेको बताए ।
कृषि ज्ञान केन्द्र परासी प्रमुख डा रबिन्द्रनाथ चौबेले २० हजार ४ सय ८० हेक्टर धान खेती हुदै आएको जानकारी दिए । उनको रामग्राम नगरपालिका सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिका बढी मात्र धान खेती हुदै आएको बताए । उनको अनुसार यस बर्ष जिल्लामा ७० प्रतिशत धान रोपाई सकिएको जानकारी दिए ।

यस्तै प्रतिनिधी सभा सदस्य एव पूर्व कानून मन्त्रीको नेतृत्वमा रामग्रामको वडान १ सहुवाटिकरमा २२ औँ धानको दिवसको अवसरमा धान रोपाई गरिएको छ ।
धान रोपाई असारे भाकामा लोकदोहोरी गाउँदै ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर नवलपरासीमा सुरक्षा निकाय,राजनीतीक दल सरकारी निकाय व्यक्तीहरुले धान रोपाई गरेका थिए । आजको दिन दही चिउरा आँप खाई मनाउने गरिन्छ ।२०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।




