२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक बन्द

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक बन्द

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक बन्द

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक बन्द

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक बन्द
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाए पछि वैकल्पिक मार्गको रुपमा सञ्चालन गरिएको बिनयी त्रिवेणी ३ स्थित खरङ्गे खोलामा बर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो । 

    खोलामा पानीको बहाब बढेपछि खरङ्गे खोलामा कुनै पनि सवारी साधन पास हुन नसकेको हो । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड पछिल्लो १५ दिन यता राम्ररी सञ्चालनमा आउन सकेको छैन । दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ । दुम्किबासको विनयी खोलामा बनाएको डाइभर्सन पनि बगाएको छ । 

    पाल्पा लगायत नवलपुरका पहाडि क्षेत्रमा पानी पर्ना साथ दुम्किबासको विनयी खोला र त्यसका आसपासका सहायक नदीहरुमा पानीको बहाब बढ्ने गर्दछ । पछिल्लो दुई दिन घाम लागेका कारण यस सडक खण्डको दाउन्ने र दुम्किबासमा यात्रा केही सहज भए पनि रातिदेखि परेको पानीले पुन असहज भएको छ । 

    दुम्किबासको विनयी खोलामा पुल भाँचिएको करिब ६ महिना पुगिसक्दा पनि यहाँ नयाँ पुल निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन ।दुम्किबासको विनयी खोलामा डाइभर्सन नबन्दा र पुल निर्माण कार्य नसकिएका कारण यो बाटो भएर सञ्चालन हुने सयौं सवारी साधनहरु दुम्किबास–सर्दी– होङसी गेट आउने २८ किलोमिटर बढी यात्रा गर्न बाध्य छन् । उक्त बाटो पनि आज विहानदेखि अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । 

    यता दुम्किबासको विनयी खोलामा पुल निर्माणको काम सकिएको आज २२ दिन कटेको छ तर पनि यो पुल तत्काल खोल्ने पक्षमा बुटवल नारायणगढ सडक विस्तार गरिरहेको ठेकेदार पक्ष चाइना स्टेट कम्पनी देखिएको छैन । असार १४ गते सञ्चालनमा ल्याइने भनेको पुल असार १५ सम्म  पनि सञ्चालनमा ल्याइएको छैन । 

    विनयी खोलामा बनेको नयाँ पुल छिटोमा असार २० सम्म सञ्चालनमा ल्याइने पक्षमा ठेकेडार पक्ष चाइना स्टेट कम्पनी देखिएका छन् । चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाले असार २० भन्दा अगाडि पुल सञ्चालनमा आउने कुनै सम्भावना नरहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij