२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्धिविनायकले निकाल्यो ४ जीपीएको खुसियाली रयाली

सिद्धिविनायकले निकाल्यो ४ जीपीएको खुसियाली रयाली

उत्कृष्ट नतीजा हासिल गरेको भन्दै विद्यालयले स्वेतालाई गोल्ड मेडलबाट सम्मान गरेको छ ।

सिद्धिविनायकले निकाल्यो ४ जीपीएको खुसियाली रयाली

सिद्धिविनायकले निकाल्यो ४ जीपीएको खुसियाली रयाली

उत्कृष्ट नतीजा हासिल गरेको भन्दै विद्यालयले स्वेतालाई गोल्ड मेडलबाट सम्मान गरेको छ ।

सिद्धिविनायकले निकाल्यो ४ जीपीएको खुसियाली रयाली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • 7895ece3-1d06-49aa-9aad-3ef5aa8d6bd0.jpg
    undefined

    बुटवल ।  विद्यालय शिक्षा परीक्षा ९एसइई० मा आफ्नो विद्यार्थीले उत्कृष्ट नतीजा ल्याएको खुसियालीमा बुटवल–१९ सेमलारस्थित सिद्धिविनायक सेकेन्डरी स्कुलले आइतबार ¥याली निकालेको छ । सिद्धिविनायक स्कुलबाट २०८१ सालको एसइईमा सहभागी भई स्वेता शर्माले जीपीए ४ हासिल गरेकी छन् । यो विद्यालयबाट एसइईमा जीपीए ४ ल्याउने स्वेता एक्ली छात्रा हुन् ।

    उत्कृष्ट नतीजा हासिल गरेको भन्दै विद्यालयले स्वेतालाई गोल्ड मेडलबाट सम्मान गरेको छ । विद्यालयबाट ३० जनाले एसइई दिएकोमा २७ जना कक्षा ११ मा भर्ना हुन योग्य भएको  प्राचार्य खुमानन्द वाग्लेले जानकारी दिए । विद्यालयबाट जीपए ४ सहित ७ जना ए प्लस, १४ जना ए, २ जना बि प्लस र एकजना बि ग्रेड ल्याई उत्तीर्ण भएका छन् । प्राचार्य वाग्लेले यो सफलताका लागि सम्पूर्ण शिक्षकको टिम, अभिभावक तथा विद्यार्थीहरुको लगनशीलता र मेहनतबाट मात्रै सम्भव भएको बताए ।

    विद्यालयले स्वेतासँगै एसइईमा सफल सबै विद्यार्थी र उनीहरुका अभिभावकलाई पनि सम्मान गरेर खुसियाली ¥याली निकालेको हो । 

    विद्यालय परिसरबाट बाजागाजासहित सुरु भएको खुसियाली ¥याली सेमलार बजार परिकर्मा गरी पुनः विद्यालयमै पुगेर टुंगिएको थियो । ¥यालीमा विद्यालयका शिक्षक, सञ्चालक, विद्यार्थी, अभिभावकसहित स्थानीयको पनि सहभागिता थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खत्रीले शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त मेहनत र प्रयासले यो सफलता प्राप्त भएको बताए । 

    विद्यालयका सञ्चालक कृष्णप्रसाद उपाध्यायले विद्यालयले शैक्षिक क्षेत्रमा फड्को मार्दै गएकाले थप पूर्वाधार विकास गरी शैक्षिक गुणस्तरमा थप वृद्धि गर्दै लगिने बताए । जीपए चार हासिल गर्न सफल स्वेताका बुबा टिकाराम शर्माले नर्सरीबाटै आफूले छोरीलाई यही विद्यालयमा भर्ना गरेको भन्दै विद्यालयको शैक्षिक वातावरण राम्रो रहेको आफूले पाएको बताए । शिक्षिका बिन्दु लम्सालले विद्यालयले प्राप्त गरेको सफलतालाई आगामी दिनमा पनि कायम राख्ने गरी अगाडि बढिने बताइन् ।

    २०५६ सालमा स्थापना भएको यो विद्यालयमा हाल ५२० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले यसअघि आफ्नो रजत जयन्ती समेत मनाइसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij