२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजनद्वारा ४ जीपीए ल्याउने ११ जना सहित सहित तीनसय विद्यार्थीलाई सम्मान

न्यू होराइजनद्वारा ४ जीपीए ल्याउने ११ जना सहित सहित तीनसय विद्यार्थीलाई सम्मान

न्यू होराइजनद्वारा ४ जीपीए ल्याउने ११ जना सहित सहित तीनसय विद्यार्थीलाई सम्मान

न्यू होराइजनद्वारा ४ जीपीए ल्याउने ११ जना सहित सहित तीनसय विद्यार्थीलाई सम्मान

न्यू होराइजनद्वारा ४ जीपीए ल्याउने  ११ जना सहित  सहित तीनसय विद्यार्थीलाई सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलले माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ  । सोमबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी ४ जीपीए ल्याउने ११ जना सहित तीन सय जना विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको हो ।  
    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य उपाध्यायले न्यू होराइजनले हालसम्मकै उत्कृष्ट नतिजाको रेकर्ड कायम गरेको बताए । विद्यालयले विगतदेखि नै उत्कृष्ट नतिजा ल्याउने गरेकोमा यसपटक विगतका रेकर्ड तोडेको उनले बताए ।  गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैँ दत्तचित्त रहेको र यसमा शिक्षक, विद्यार्थी र अभिभावकहरुको मेहनत र योगदान गरेको बताए । न्यू होराइजन संस्थागततर्फ धेरैजनाले ४ जीपीए ल्याउनेमा संभवतः नेपालमै प्रथम भएको उनको दावी छ । 
    विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजुले उत्कृष्ट नतिजाका लागि विद्यालयले दक्ष शिक्षक, विद्यार्थीमैत्री शैक्षिक वातावरण र भौतिक पुर्वाधारमा ठूलो लगानी गरेको बताए । उनले न्यू होराइजनमा ११र १२ कक्षा समेत सञ्चालन रहेकाले यहां अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृतिको  व्यवस्था गरिने उनले बताए ।   कक्षा ११–१२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार तथा दक्ष, अनुभवी एवं पूर्णकालीन प्राध्यापकसँगै उत्कृष्ट वातावरण रहेको कसजूले बताए । कार्यक्रममा बोल्दै ४ जीपिए ल्याएका विद्यार्थी बेदान्त गौतमले न्यू होराइजनमा अध्ययनका लागि उत्कृट शैक्षिक वातावरण रहेको बताए । साथै उनले आगामी शैक्षिक यात्रा पनि यसै विद्यालयबाटै अघि बढाउने बताए ।  यस्तै अभिभावक गंगाराम भट्टराई र सुमित्रा शर्मा लागायतले बोल्दै हरेक वर्ष उत्कृष्ट नतिजा र राम्रो शैक्षिक वातावरण भएका कारण बुटवल बाहिरका विद्यार्थी र अभिभावकको रोजाइमा न्यू होराइजन पर्ने गरेको बताए । एसईई पछिको उच्च शिक्षामा बालबालिकाहरुको रुचि र चाहाना अनुसारको विषय छनोट गरी भर्ना गरेमा सफल हुन सकिने बताउँदै उत्कृष्ट नतिजाका लागि विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे ।  
    एसईईमा न्यू होराइजनबाट ११ जना बिद्यार्थीले ४ जीपीए, १२५ जना बिद्यार्थीले ‘ए प्लस’, ९९ जना बिद्यार्थीले ‘ए’, ५९ जना बिद्याथीले ‘बि प्लस’ र  ६ जना बिद्यार्थीले ‘बि’ ग्रेड ल्याएका कक्षा १० संयोजक प्रकाश गौतमले बताए । कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी,उपप्राचार्य बासुदेव अर्याल लगायतले पनि आफ्ना धारणा राखेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij