२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नाइके बन्न सधैँ लहडिएको अमेरिका अब ओरालोतिर

नाइके बन्न सधैँ लहडिएको अमेरिका अब ओरालोतिर

नाइके बन्न सधैँ लहडिएको अमेरिका अब ओरालोतिर

नाइके बन्न सधैँ लहडिएको अमेरिका अब ओरालोतिर

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • सन् १४९२ सम्म गुमनाम रहेको अमेरिका सन् १४९२ मा फ्रिस्टोफर कोलवसले विश्व मञ्चमा सार्वजनिक गरेका हुन् । यसपछि युएसए (अमेरिका) सन् १७७९ सम्म त जीवी (ग्रेटब्रिटेन) को गुलाम अर्थात् उपनिवेश रहयो । त्यही गुलाम देशभित्र रहेको अथाह प्राकृतिक साधन स्रोतलाई समुचित परिचालन गरेर मात्र होइन त्यहाँ रहेका काला जाति (निग्रोहरु)को श्रमशोषण गरेर ऊ धनी बन्दै गयो । देश मात्र धनी बनेन केही मुठ्ठीभरका पुराना सामन्तहरु पुँजीपति बने र उनीहरुले मजदूरहरुको गर्नुसम्म शोषण गरे ।


    हिजो बेलायतको गुलाम त्यही देशले आफ्ना देशका श्रमिक जनतालाई मात्र होइन, उत्पादित माल सामानको (तयारी) माल सामान लिएर आफ्नो पुरानो शोषक मालिक बेलायतको सिको गरेर विश्व बजारमा निस्क्यो । 


    पुँजीवादी प्रतिस्पर्धामा पुँजीवादी देशहरु बेलायत, फ्रान्स, जर्मनी, जापान सबैलाई उछिनेर उसले विश्व बजारमा एकाधिकार÷ साम्राज्य कायम ग¥यो ।


    एसियाको सबैभन्दा धनी देश औद्योगिक देश वा एसियाको बेलायत भनेर चिनिने देश जापानमा लिटिल व्वाइ र फयाट मेन नामका हाइड्रोजन बम प्रहार गरेर ती भूभागलाई मरुभूमिकरण ग¥यो । यसरी अघि बढिरहेको अमेरिकासँग प्रतिस्पर्धा गर्न रुस र पूर्वी युरोपका देशहरु अस्तित्वमा आए ।


    रुसले १९१७-२२ अप्रिलमा समाजवादी क्रान्ति गरेर १५ देशहरुको समाजवादी क्याम्प सोभियत संघ निर्माण ग¥यो । यसरी युद्धहरु अघि बढ्ने क्रममा विश्वमा आतंकको सन्त्रास फैलियो । 


    यसै क्रममा रुसले आफ्नै बल र बुतामा अन्तरिक्षा लाइका नामक कुुकुर पठाएर कमाल ग¥यो । पछि त वैज्ञानिक युरि गागरिन अन्तरिक्षमा पठाएर सुरक्षित तरिकाले अवतरण गराउन सफल भयो । 


    पुँजीवादी क्याम्पको नेतृत्व अमेरिकाले र समाजवादी क्याम्पको नेतृत्व रुसले गर्दै अघि बढ्ने क्रम जारी रह्यो ।
    स्मरण रहोस् सन् १९४९ मा माओको नेतत्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न भयो । यसरी नै पुँजीवादी  क्याम्पतिर रहे पनि विश्वमा फ्रान्सले प्रजातान्त्रिक क्रान्ति सम्पन्न गरेर विश्वलाई देखाइसकेको थियो  । 


    सन् १८४८ मा कालमाक्र्स र एंगेल्सको सहप्रयासबाट माक्र्सवादी दर्शन सार्वजनिक भएपछि पुँजीवादीहरु एकातर्फ संगठित हुन थालेका हुन् भने अर्काेतर्फ समाजवादीहरु पनि संगठिन हुन थालेका हुन् । 


    समाजवादीहरु वैचारिक रुपमा मात्र संगठित हुन सके भने पुँजीवादीहरु त संरचनात्मक रुपमै संगठित भए ।
    पूँजीवादीहरु संगठनमा दिगो छन् । तर समाजवादीहरु छैनन् ।


    जे होस् यसै क्रममा कोरिया, भियतनाम र पूर्वी युरोपमा समाजवादी क्रान्ति सम्पन्न भए । तर शान्ति प्रजातन्त्र र मानव अधिकारको वहालीको नाममा कोरियालाई र भियतनामलाई पुँजीवादीहरुले विभाजन गरे । काका हुको नेतृत्वमा भियतनामी वीरहरुले धेरै वर्ष लडेर आफ्नो देशलाई एकीकरण गरिछाडे भने उत्तर कोरिया र दक्षिण कोरिया एकीकरण हुन बाँकी नै छ । 
    चीनको जनवादी क्रान्तिको अवधिमा साम्राज्यवादीहरुको मतियार बनेको च्याङकाइशेक मूलभूमि चीनबाट भागेर चीनकै सार्वभौम भूमि ताइवन टापुमा गई बसोबास ग¥यो । 


    जनवादी चीनको अभिन्न अंग ताइवान हो भनेर अमेरिका लगायत पुँजीवादी दुष्टहरुले स्वीकारे पनि चीनबाट ताइवानलाई अलग गराउने दाउ हेरिरहेका छन् । यस्तै अफ्रिकी मुलुक निकारगुवालाई अस्तव्यस्त गराए । कर्णेल गफीलाई सत्ताच्यूत गरिछाडे ।
    इराकले परमाणु बम बनाएको छ भन्ने आरोप लगाएर इराकको अनुगमन गरे, परमाणु शस्त्र छैन भनी संयुक्त राष्ट्र संघलाई प्रतिवेदन पेश गरे पनि इराकका आक्रमण गरी निर्दाेष राष्ट्रपति सद्दाम हुसेनको ज्यान लिए ।


    आफ्नो हित भलो र सुरक्षाका लागि ओसामा विनलादेनलाई अमेरिकाले हुर्कायो बढायो । पछि आतंककारी करार गरी ओसामा विनलादेनको ज्यान लियो ।


    विश्वभर छरिएर रहेका यहुदीहरुलाई पश्चिम युरोप समेत पुँजीवादी राष्ट्र र अमेरिकाले स्वतन्त्र सार्वभौम प्यालेस्टाइन भूमि–राष्ट्रमा लगी बसोबास गराए । सन् १९४६–४८ मा प्यालेस्टाइन भूमिमा इजरायल राष्ट्र र राज्यको जन्म दिए । तदुपरान्त प्यालेस्टाइनी मुस्लिमहरुलाई भुट्न अमेरिका र पश्चिम युरोपेली राष्ट्रले इजरायललाई अस्त्रशस्त्र साधन स्रोत उपलब्ध गराएर एक लाख होइन दुई लाख होइन लाखौं प्यालेस्टाइनहरुको हत्या गरिरहेका छन् र अमेरिका र पश्चिममा पुँजीवादीहरु सिधै हत्यारा अपराधी हुन् तर उल्टै प्रचार गरिरहेका छन् । उग्रवादी प्यालेस्टाइनी भनेर प्रचार गरिरहेका छन् । देशविहीन भएपछि स्वराज्यको लागि लड्नु कहाँको उग्रवाद हो ? हमाज सरकारका नेताहरु कसरी उग्रवादी हुन् ? अहिले उग्रवादी हमाजका फलानाको हत्या भयो ।  पनि यति जना प्यालेस्टाइनी मारिए भनेर दुःखद खबर सुन्न परिरहेको छ ।

    डेढ दुई हप्ता भयो । इजरायलले दुई हजार किलोमिटर टाढा रहेको इरानमाथि मिसाइल प्रहार ग¥यो । यो युद्धमा निरापराधी एवम् निर्दाेष इरानको पक्षपोषण गर्नुको सट्टा विश्वमै आफूलाई ठूल्दाइ ठान्ने अमेरिकाले इरानले युद्ध नरोके आक्रमण गर्ने चेतावनी मात्र दिएन अमेरिका स्वयं आक्रमणमा उत्रियो ।  निर्दाेष इरान पनि कति सहेर बस्ने भनेर युद्धलाई जारी राख्यो । इरानले पनि इजरायलतिर बम प्रहार गरिरह्यो । इजरायलको निश्चित हार हुने भएपछि  अमेरिका फेरि नाटे फुर्के बनेर दुवै देशले युद्ध रोक, युद्ध गर्नु हुँदैन भनेर आफ्नो बागो मुखले भन्यो । दुवै देशको युद्ध रोकेको नाटक ग¥यो ।


    संसारभरि अमेरिकी नेतृत्वको पुँजीवादी क्याम्पले मानव अधिकार, प्रजातन्त्र र शान्ति र विकासको नारा लगाएर हत्या गरिरहेको छ । 


    यसबाट प्रष्ट हुन्छ–अमेरिका यससित सम्बद्ध राष्ट्रहरु सारतःआतंककारी हुन्, हत्यारा हुन्, प्रजातन्त्र विरोधी हुन्, शान्ति विरोधी हुन् । मानवधिकार विरोधी हुन् । विश्व जनमतले यो कुरा बुझिरहेको छ । तर बम र मिसाइलले बोल्ने पुँजीवादी क्याम्पलाई सटीक जवाफ कसरी दिने ? कसले दिने ? बम र मिसाइल प्रयोग गर्न थाले शान्तिवादीलाई पुनः आतंककारीकै दर्जा नि दिइने छ । यो ठूलो मनोवैज्ञानिक समस्या र चुनौती हो । 


    अन्ततः यस्ता आतंककारी राष्ट्रहरुले विकास, शान्ति, प्रजातन्त्र र मानवअधिकार सुदृढीकरणको नाममा उपलब्धि गराउने कुनै पनि अनुदान वा ऋण बहिष्कार गर्न जरुरी छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij