२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

४ जीपीए ल्याउनेलाई दीपले दुई लाख नगद पुरकार दिने

४ जीपीए ल्याउनेलाई दीपले दुई लाख नगद पुरकार दिने

४ जीपीए ल्याउनेलाई दीपले दुई लाख नगद पुरकार दिने

४ जीपीए ल्याउनेलाई दीपले दुई लाख नगद पुरकार दिने

४ जीपीए ल्याउनेलाई दीपले दुई लाख नगद पुरकार दिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • ४ जीपीए ल्याउनेलाई दीपले दुई लाख नगद पुरकार दिने बुटवल । दीप बोर्डिङ् हाई स्कुल बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले ४५ वर्षको यात्रामा विभिन्न चुनौतीका बिच पनि विद्यार्थी, शिक्षकको अथक परिश्रम, आत्मविश्वास र लगनशिलताले विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।


     एसईईमा ४ जीपीए ल्याएका २ जना विद्यार्थीहरुलाई जनही २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए । साथै जीपीए ३.९५ भन्दा बढी ल्याउने विद्यार्थीलाई जनही ५० हजार र जीपीए ३.९० भन्दा बढी ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने प्राचार्य न्यौपानेले बताए । उक्त पुरस्कार विद्यालयको ४५औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उनले जानकारी दिए ।

     
    यस्तै, कक्षा ११ भर्ना हुने सबै विद्यार्थीलाई भर्ना निःशुल्क तथा ५० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिने प्राचार्य न्यौपानेले घोषणा गरे । साथै जीपिएका आधारमा १०० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्न सकिने उनले बताए । प्लस टुमा एचएम अध्ययन गर्ने विद्यार्थीहरूले होटल सोल्टी एन्ड रिसोर्टमा प्रयोगात्मक कक्षा (इन्टर्नसिप) लिन पाउने र लर्न टु अर्नलाई प्राथिमकता दिइने उनले जनाए । दीप बोर्डिङ्मा अध्ययन गरेका सयौँ विद्यार्थीहरु डाक्टर, इञ्जीनियर, होटल तथा म्यानेजमेन्ट क्षेत्रका विभिन्न उच्च पदमा रहेको बताउँदै उनले एसईई पछिको उच्च शिक्षा अध्ययनका लागि पनि अभिभावकीय भूमिकामा रहने प्रतिबद्धता जनाए ।

     
    कार्यक्रममा सोल्टी होटलका डाइरेक्टर डा.रुपेश श्रेष्ठले एसईईपछि करियरको सुरुवात हुने भएकोले बालबालिकाको रुची अनुसारकै विषय र कलेज छान्न सकेमात्र सफलता प्राप्त गर्न सकिने जनाए । एचएम विषय स्थानीयकरण मात्रै नभई विश्वव्यापीकरण भएकोले यसको औचित्य दिन प्रतिदिन बढिरहेको उनले बताए । आजको वर्तमानले भविश्य निर्माण गर्ने भएकाले अभिभावकको इच्छाले विषय छान्दा भोलिका दिनमा सोंचेअनुसारको नतिजा नआउने र बालबालिकाको भविश्य नै अन्धकार हुनसक्ने उनले उल्लेख गरे । 


    कार्यक्रममा विद्यालयका उपाध्यक्ष उमाकान्त चापागाईंले शिक्षालाई व्यावहारिक सिप र व्यावसायिकतासँग जोड्नु आजको आवश्यकता रहेको बताए । विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरणसँगै शिक्षक र विद्यार्थीको लगनशिलता र मिहेनतलेनै सफलता प्राप्त गर्न सकिने बताए । साथै उनले घरमा पनि अध्ययनका लागि उत्कृष्ट वातावरण बनाइदिन अभिभावकहरुलाई आग्रह गरे ।

     
    कार्यक्रममा बोल्दै ४ जीपीए ल्याएका विद्यार्थी सक्रिना कुँवरले अध्ययनका लागि दीप बोर्डिङ्मा उत्कृट शैक्षिक वातावरण रहेको बताइन् । साथै उनले आगामी शैक्षिक यात्रा पनि यसै विद्यालयबाटै अघि बढाउने योजना बनाएको बताइन् । यस्तै कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थी संयोग नेपाल, कक्षा १२ का केबल राना, पूर्व विद्यार्थी संयागराज भण्डारी, मञ्जिला ज्ञवाली, पुस्कर न्यौपानेलगायतले बोल्दै दीप बोर्डिङ्ले पारिवारिक वातावरणमा गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको बताएका थिए । 
    कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सोल्टी होटल तथा गेट कलेजका सिइओ इन्द्र खड्का, विद्यालयका शैक्षिक प्रमुख सन्दीप पटेल, कक्षा ११–१२ का संयोजक कमल नेपाल, अभिभावक कृष्ण पोखरेललगायतले बोल्दै जीपीएका आधारमा विषय छनोट गर्नेभन्दा पनि  विद्यार्थीले आफ्नो रुचीअनुसारको विषय छनोट गरी नयाँ शैक्षिक यात्रा सुरु गरे अवश्य सफलता प्राप्त गर्न सकिनेमा जोड दिए ।


    एसईईमा दीप बोर्डिङ्बाट २ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । यस्तै, ५५ जना विद्यार्थीले ३.६०–४ जीपीए, ५० जना विद्यार्थीले ३.२०–३.६० जीपीए, २३ जना विद्यार्थीले २.७७–३.२० जीपीए ल्याएको सह–प्राचार्य कलाधर अर्यालले जानकारी दिए । यस्तै, होटल म्यानेजमेन्ट पढ्न चाहाने विद्यार्थीहरुका लागि सोमबार नै विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको विद्यालयका उप–प्रचार्य सुरेन्द्रप्रसाद शाक्यले बताए । कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij