२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

समूह चरणमा नेपाल अपराजित, सेमिफाइनलमा मलेसियासँग खेल्ने

समूह चरणमा नेपाल अपराजित, सेमिफाइनलमा मलेसियासँग खेल्ने

समूह चरणमा नेपाल अपराजित, सेमिफाइनलमा मलेसियासँग खेल्ने

समूह चरणमा नेपाल अपराजित, सेमिफाइनलमा मलेसियासँग खेल्ने

समूह चरणमा नेपाल अपराजित, सेमिफाइनलमा मलेसियासँग खेल्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि २९८ रनको फराकिलो जित निकालेको छ । सेमिफाइनलमा नेपालले मलेसियालाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । मंगलबार क्वालालम्पुरमा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले प्रस्तुत गरेको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटान ३२.४ ओभरमा ६० रनमै समेटियो ।

    भुटानका छेजाङ दावाले सर्वाधिक १४ रन प्रहार गरे । उगेन केल्जाङ चोपेलले १० रन बनाए । यसबाहेक भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका विपीनप्रसाद शर्माले चार विकेट लिए । उनले १० ओभरमा ६ मेडन फ्याँक्दै सात रनमात्र खर्चिए । सुयोग भट्टराई र सचिन भट्टले समान दुई–दुई विकेट लिए ।

    टस जितेर ब्याटिङ रोजेको नेपाल नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३५८ रनको योगफल खडा गरेको थियो । नेपालका रौनकले सर्वाधिक १६८ रनको शतकीय इनिङ खेले । उनले १३२ बलमा १६ चौका र पाँच छक्का प्रहार गरे । रौनकले १८०–४ को स्थितिबाट जोय थापासँग पाँचौँ विकेटका निम्ति १७० रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफलसम्म पुर्‍याएका थिए ।

    जोय थापा ६१ रनमा अविजित रहे । शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाए । भुटानका सञ्जय दोर्जीले तीन विकेट लिँदा तेन्जिन लोदेले एक–एक विकेट लिए ।

    समूह ‘ए’को विजेता बनेको नेपालले अंक तालिकामा आठ अंक बनाएको छ । प्रतियोगितामा नेपालको लगातार चौथो जित हो । नेपालले यसअघि समूह चरणमा इन्डोनेसियालाई ३७० रन, जापानलाई नौ विकेट, सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । नेपाल तेस्रो खेलबाटै सेमिफाइनलका लागि छनोट भएको थियो । अब नेपालले मलेसियासँग आगामी ३ जुलाईमा सेमिफाइनल खेल्नेछ । 

    नेपालसँगै समूह ‘ए’बाट सिंगापुर पनि सेमिफाइनलका लागि एक खेल अगावै छनोट भएको थियो । सिंगापुरले समूह चरणमा चार खेल खेल्दा तीन जित र एक हार बेहोर्दै ६ अंक बनाएको छ । सेमिफाइनलमा सिंगापुरले अब समूह ‘बी’को विजेता हङकङ चइनासँग खेल्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij