बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी सम्मान गर्दै नगर परिक्रमा गराएको छ । मंगलबार बिहान विद्यालयबाट निस्किएको बाजागाजा सहितको ¥याली देवीनगर चौपारी, माझगाउँ, हात्तीसुढ, बुद्धनगर, मजुवा, जीतगढी, बेलबास, नयाँगाउँ, मगरघाट, रानीगञ्ज, सिमानगर, देवसिद्धचोक हुँदै विद्यालयमा पुगेर समापन भएको थियो ।
एसईईको नतिजामा गार्गीबाट आर्यन पल्ली र कौशल गौतमले चार जीपीए र सम्पन्न श्रेष्ठले ३.९६ जिपीए सहित शतप्रतिशत ७६ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयका प्राचार्य भुवन अधिकारीले बताए । स्थापनाको छोटो समयमै विद्यालयले प्राप्त गरेको उपलब्धी विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय लगनशिलताले सम्भव भएको प्राचार्य अधिकारीले बताए ।
विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीले विगतका नतिजा र उत्कृष्ट शैक्षिक वातावरणका कारण गार्गी अभिभावक र विद्यार्थीको रोजाइमा पर्न सफल भएको बताउंदै आगामी वर्षहरुमा थप सफलता प्राप्त गर्न विद्यालय लागिरहने बताए । विद्यालयका २ हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका मावि संयोजक समिर अधिकारीले बताए । ¥यालीमा सहभागी विद्यार्थी, अभिभावक, विद्यालयका सञ्चालकहरु ¥यालीमा नाचनान गरेर रमाएका थिए ।




