२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संसदीय छानबिन गर

संसदीय छानबिन गर

संसदीय छानबिन गर

संसदीय छानबिन गर

संसदीय छानबिन गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • संघीय निजामती विधेयक संघीय संसदको राज्य व्यवस्था समितिबाट पारित हुँदा एउटा र प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा अर्कै विषय आउनु सार्वभौम संसदको अपमान हो । सिंगो संसदलाई गुमराहमा राखेर विधिविपरीत जुन चलखेल भयो, यसले सार्वभौम संसदको बदनाम गराएको छ । स्वार्थ समूह सबैतिर कसरी प्रवेश गरिरहेका छन् भन्ने यो एउटा गतिलो उदाहरण हो ।


    संघीय निजामती विधेयकको दफा ८२ को उपदफा ४ मा ‘कुलिङ अफ पिरियड’ राखिएको छ भने उपदफामा यसलाई निष्प्रभावी बनाइयो । ‘कूलिङ अफ पिरियड’ आवश्यक हो भन्ने व्यापक बहस भई निष्कर्षमा पुगेको विषय हो । यो व्यवस्थाप्रति असहमति जनाउँदै मुख्यसचिवसहितका उच्च प्रशासक सभामुख, प्रधानमन्त्री, सत्तारूढ कांग्रेस सभापतिकहाँ लविङ गर्न पुगेकै थिए ।

    मूलतः कुलिङ पिरियड राख्दा जिम्मेवारी वहन गर्दा उच्च प्रशासक गैरजिम्मेवार बन्दैनन् । र, स्वार्थ प्रेरित काम गर्दैनन् भन्ने विश्लेषण गर्दै राखिएको हो । अहिले सदनबाट पारित भएको विधेयक अर्कै आएपछि विधेयक पारित प्रक्रिायामा प्रश्न उठेको छ । संसदमा गहन छलफल नहुने र कतिपय सांसदले के विधेयक पारित हुँदैछ भन्ने भेउ समेत पाएका हुँदैनन् । सचेतकहरूले ह्वीप जारी गरेपछि उनीहरू ‘हुन्छ’ या ‘हुन्न’ भनेर भन्ने भएकाले उनीहरुको विषयवस्तुप्रति गम्भीरता पनि देखिंदैन । संविधान संशोधनजस्ता केही विशेष प्रस्तावहरू निर्णयार्थ पेश गर्दा मात्र मतविभाजन गर्ने अर्थात् हस्ताक्षर गरेर विधेयक पारित गर्ने हाम्रो संसदीय अभ्यास छ । अरू विधेयक सभामा उपस्थितिको बहुमतले ‘ध्वनि मत’बाट पारित गर्ने गरिएको छ । संसदीय प्रक्रियामै प्रश्न उठेकोले प्रक्रियामै सुधार गर्न अघि बढ्नुपर्छ ।


    संसदको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले चलखेल  गरेको आरोप लागेको छ । राज्य व्यवस्था समितिमा रहेका सत्तारूढ एमालेसहित विपक्षी दलका सांसदले उनको राजिनामा माग गरेका छन् । यद्यपी उनले आरोप गलत भएको बताउँदै आफूलाई पनि छानबिनको दायरामा ल्याइनुपर्ने माग गरेका छन् । विधेयकमा भएको यो बदमासीको संसदीय छानबिन हुनुपर्छ । संसदीय छानबिन गरी दोषी देखिएकालाई कारबाही गरी संसदको गरिमा बचाउनुपर्छ । संसदको गरिमा बचाउनु भनेको लोकतन्त्र, विधि र थितिलाई जोगाउनु हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij