२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीको धुर्कोट गाउँपालिका बालश्रममुक्त घोषणा

गुल्मीको धुर्कोट गाउँपालिका बालश्रममुक्त घोषणा

गुल्मीको धुर्कोट गाउँपालिका बालश्रममुक्त घोषणा

गुल्मीको धुर्कोट गाउँपालिका बालश्रममुक्त घोषणा

गुल्मीको धुर्कोट गाउँपालिका बालश्रममुक्त घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका बालश्रममुक्त घोषणा भएको छ । धुर्कोट गाउँपालिकाको १७औं गाउँसभाले आज बालश्रम मुक्त पालिका घोषणा गरेको हो । धुर्कोट गाउँपालिका बालश्रममुक्त घोषणा हुने गुल्मीको पहिलो पालिका रहेको छ ।


    धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले अभियानका क्रममा दुई जना सडक बालबालिकालाई आवासीय सुविधासहित अध्ययनको व्यवस्थापन गरिएको तथा हाेटलमा काम गर्ने दुई जना र ट्र्याक्टरमा काम गर्ने दुई जना बालकलाई छुटाएर अभिभावको जिम्मा लगाइएको जानकारी दिए ।


    अध्यक्ष पाेख्रेलले ११ जना बालबालिकालाई सात दिने सीपमूलक हाउसवाइरिङ्ग तालिम प्रदान गरेर आयआर्जनमा जोडिन सक्ने अवस्था निर्माण गरिएको बताए। धुर्कोट गाउँपालिकाले अहिलेसम्म पोषणमैत्री, संस्थागत सुत्केरी, पूर्णखोप, खरका छानामुक्तलगायतका राष्ट्रिय अभियान पूरा गरिसकेको उनकाे भनाइ छ ।


    बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार घरधुरी सर्वेक्षण, पालिकाका सम्पूर्ण वडामा बालश्रम निवारणसम्बन्धी चेतनामूलक तथा मनोपरामर्श कार्यक्रम, तालिम, वडाहरूमा पालिकास्तरीय समितिबाट अनुगमन गरेर पालिका घोषणाको चरणमा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए ।


    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बालश्रम मुक्त पालिका घोषणाका लागि चालू आर्थिक वर्षमा तीन लाख रुपैयाँ बजेट विनियोजन भएको थियाे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij