२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूपन्देहीमा क्रियाशील बन्यो खेलकुद पत्रकार मञ्च, तदर्थ समिति गठनदेखि सम्मान सहयोगसम्म

रूपन्देहीमा क्रियाशील बन्यो खेलकुद पत्रकार मञ्च, तदर्थ समिति गठनदेखि सम्मान सहयोगसम्म

रूपन्देहीमा क्रियाशील बन्यो खेलकुद पत्रकार मञ्च, तदर्थ समिति गठनदेखि सम्मान सहयोगसम्म

रूपन्देहीमा क्रियाशील बन्यो खेलकुद पत्रकार मञ्च, तदर्थ समिति गठनदेखि सम्मान सहयोगसम्म

रूपन्देहीमा क्रियाशील बन्यो खेलकुद पत्रकार मञ्च, तदर्थ समिति गठनदेखि सम्मान सहयोगसम्म
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  •  

    बुटवल । नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधबार बुटवलमा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए । 


    समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल रहेकी छन् । सदस्यहरुमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी निर्वाचित भएको निर्वाचन समितिका सदस्य नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहाकार  खिमानन्द भट्टराईले बताए । 


    सोहि कार्यक्रममा मञ्चले खेलकुद क्षेत्रमा योगदान दिएका नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा अण्डर १९ टोलीका प्रशिक्षक शक्ति गौचन तथा महिला भलिबलका प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरेको छ । 


    यसैगरी खेल पत्रकार मनोरञ्जन शर्मालाई रु २५ हजार नगद सहयोग प्रदान गरेको छ । कार्यक्रमको एक समारोहका बीच नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पहिलो गोल किपर मोतीकला गुरुङले उद्घाटन गरेकी थिइन् । 

    कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार)ले मोफसलको खेलकुद गतिविधिलाई खेल पत्रकारिताका माध्यमबाट अगाडि बढाउन आग्रह गरे । उनले सो अवसरमा विधागत रुपमा खेल पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिए ।

    नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डे, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्व उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, सम्मानित नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले खेलकुद पत्रकारिता फस्ट्याउनका लागि खेल गतिविधिहरु नियमित हुनु पर्ने बताउँदै त्यसमा खेल पत्रकारले सकारात्मक भूमिका खेल्न आग्रह गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij