२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सहकारी नियमन प्रभावकारी बनाऊ

सहकारी नियमन प्रभावकारी बनाऊ

सहकारी नियमन प्रभावकारी बनाऊ

सहकारी नियमन प्रभावकारी बनाऊ

सहकारी नियमन प्रभावकारी बनाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • शाासन प्रणालीअनुसार बेलैमा ऐन कानुन र ती कानुन कार्यान्वयनको बलियो संयन्त्र बनाउन नसक्दा लुम्बिनी प्रदेशमा दर्ता भएका सहकारी संस्थामा समस्या देखिएको छ । सदस्यको करोडौं रुपैयाँ अपचलन गरेर धमाधम अध्यक्षसहितका पदाधिकारी र व्यवस्थापक सम्पर्कविहीन हुँदा प्रदेश सहकारी रजिष्टारको कार्यालयले बचतकर्ताको रकम फिर्ता गर्न प्रभावकारी कदम चालेको छैन ।


    लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा प्रदेशका दुई दर्जन सहकारी संस्थाका बचतकर्ताले बचत फिर्ताको पहल गरिदिन मागसहित निवेदन दिएका छन् ।  उजुरी दर्ता गरेकामध्ये १६ बहुउद्देश्यीय, नौ बचत तथा ऋण र एक जडीबुटी सहकारी  गरी २६ सहकारी संस्था छन् । लुम्बिनी प्रदेशभित्र अहिले जति सहकारी संस्थामा समस्या भएको छ, ती अधिकांश प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने छन् । मुलकमा राज्य पुनःसंरचना पहिले दर्ता भई डिभिजन सहकारी कार्यालयबाट नियमन हुँदै आएका सहकारी पनि अहिले प्रदेशमा हस्तान्तरण भएका छन् । तर ती सहकारी संस्थामा समस्या देखिएको छैन । प्रदेश सरकार स्थापनापछि दर्ता भएका सहकारी संस्थामा समस्या देखिनु भनेको प्रभावकारी नियमनको अभाव हो ।


    मुलुक संघीय संरचनामा गइसकेपछि सहकारीलाई साझा अधिकारको सूचीमा राखिएको छ  । सहकारी सञ्चालनसम्बन्धी ऐन संघ र स्थानीय तहमा २०७४ सालमै बनेका थिए भने लुम्बिनी प्रदेशमा २०७६ मा ऐन बन्यो । त्यसको दुई वर्षपछि लुम्बिनीमा सहकारी संघरसंस्थाहरूको दर्ता तथा नियमन गर्न २०७८ साल चैत २० गते सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना भयो ।

    कार्यालय स्थापना भयो, तर कार्यालयलाई जनशक्ति व्यवस्थापन र स्रोत साधनयुक्त बनाउन सरकारको ध्यान पुगेन् । प्रदेश सरकारको प्राथमिकतामा नपरेकै कारण नियमन हुन नसक्दा मनपरी गर्नेहरुलाई छुट भयो । प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा न्यून कर्मचारीकै कारण प्रदेशमा सहकारीको नियमनमा समस्या भएको छ । लुम्बिनी प्रदेशमा डिभिजन कार्यालयबाट हस्तान्तरण भएका र प्रदेशमै दर्ता भएका गरी ८४८ सहकारी संस्थाको नियमन गर्नुपर्ने प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा अहिले १३ जनाको दरबन्दी छ । तर दरबन्दीअनुसार कर्मचारीको अभाव छ, चार जनाले मात्र सहकारी संस्थाको नियमन गर्दै आएका छन् ।


    सहकारी ऐनको दफा ७९, उपदफा ८ मा बचत अपचलन गर्नेको सम्पत्ति लिलामसम्बन्धी व्यवस्था छ । दफा ८० मा कालोसूचीसम्बन्धी र दफा ८२ मा कर्जा असुली न्यायाधीकरण गठन गर्नुपर्ने व्यवस्था छ । दफा ८४ मा खाता रोक्का, जग्गा किनबेचमा रोक्कासम्मको व्यवस्था छ । तर स्थानीय र प्रदेश सरकारले ऐनका यी व्यवस्था कार्यान्वयन नगर्दा सहकारी ठगी गर्नेहरूलाई उन्मुक्ति मिलेको  छ । संघीय शासन प्रणालीलाई नागरिकले अपनत्व  गराउने हो भने ऐन नियमको कार्यान्वयन गर्ने प्रणालीको व्यवस्थापन गर्न ढिलाइ गर्न हुन्न । प्रदेश सरकारले दर्ता गर्ने, तर अपचलन गरी बचतकर्तालाई डुबाउने सहकारी संस्थाको जिम्मा नलिने प्रवृत्ति अन्त्य गर्नुपर्छ । दोषी सहकारीका अध्यक्षलगायतका पदाधिकारी र व्यवस्थापकलाई कानुनी कारबाहीमा ल्याउने र बचतकर्ताको बचत फिर्ता अविलम्ब गर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij