२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्धबाबा सुरुङमार्गमा 'इन्भर्ट' निर्माणको काम सकियो

सिद्धबाबा सुरुङमार्गमा 'इन्भर्ट' निर्माणको काम सकियो

सिद्धबाबा सुरुङमार्गमा 'इन्भर्ट' निर्माणको काम सकियो

सिद्धबाबा सुरुङमार्गमा 'इन्भर्ट' निर्माणको काम सकियो

सिद्धबाबा सुरुङमार्गमा 'इन्भर्ट' निर्माणको काम सकियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • बुटवल । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा 'इन्भर्ट' (सुरुङकाे भुइँकाे भाग) निर्माणको काम  सकिएको छ । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

    उनले भनिन, ‘इन्भर्ट निर्माणको काम बुधवारदेखि सकिएको छ । 'लाइनिङ' (भित्री ढलान/फाइनल फिनिसिङ) को काम धमाधम अगाडि बढाइरहेका छौँ । अहिलेसम्म लाइनिङको काम ८३४ मिटर सकिएको छ ।’

    सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको अहिलेसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको छ । यसैगरी वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । सुरुङमार्ग छिचाेलिएपछि कामले गति लिएको छ ।

    सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण शुरू भएको हो । सुरुङमार्ग पाँच वर्ष अर्थात् २०८३ सालमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा ठेक्का पाएकाे थियो ।

    सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ  । सुक्खायाममा पनि धूले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । यस खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म गाडी सञ्चालन हुने गर्छन् ।

    पाल्पा–सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि सरकारले आउँदाे आर्थिक वर्षका लागि दुई अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij