२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा लन टेनिसको पहुँच विस्तार : आर्मी स्कूलमा अत्याधुनिक कोर्ट निर्माण

बुटवलमा लन टेनिसको पहुँच विस्तार : आर्मी स्कूलमा अत्याधुनिक कोर्ट निर्माण

बुटवलमा लन टेनिसको पहुँच विस्तार : आर्मी स्कूलमा अत्याधुनिक कोर्ट निर्माण

बुटवलमा लन टेनिसको पहुँच विस्तार : आर्मी स्कूलमा अत्याधुनिक कोर्ट निर्माण

बुटवलमा लन टेनिसको पहुँच विस्तार : आर्मी स्कूलमा अत्याधुनिक कोर्ट निर्माण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • बुटवल । सामान्यतया ‘लन टेनिस’ भन्नेबित्तिकै धेरैले यो धनी वर्गका लागि मात्रै हो भन्ने धारणा बनाउँछन् । विशेष प्रकारको मैदान र महँगो खेल सामग्री आवश्यक पर्ने भएकाले टेनिस लामो समयसम्म सीमित व्यक्तिहरूमाझ मात्र सिमित रह्यो, विशेषगरी काठमाडौं बाहिर यसको अवस्था झनै कमजोर थियो । तर, पछिल्लो समय स्थानीय तहमा यस खेलको विकास र विस्तारका लागि उल्लेखनीय प्रयासहरू सुरू भएका छन् ।

    यसै सन्दर्भमा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवलस्थित आर्मी स्कूलमा आधुनिक लन टेनिस कोर्ट निर्माण सम्पन्न गरिएको छ । खेल संरचना निर्माणमा विवेक थापा, इस्वर बुढाथोकी र लन टेनिस प्रशिक्षक विकास खड्काले प्राविधिक सहयोग गरेका छन् । निर्माण कार्य स्थानीय निर्माण व्यवसायीमार्फत सम्पन्न गरिएको हो ।

    नव निर्माण टेनिस कोर्टको हालै निरीक्षणका लागि पुगेको उपमहानगरको प्राविधिक अनुगमन टोलीमा इन्जिनियर लक्ष्मण खरेल, कार्यपालिका सदस्य बसन्ती धमला, केशव ज्ञवालीलगायतको सहभागिता रहेको थियो । निरीक्षणपछि टोलीले बुटवलमा यस्तो प्रविधिमार्फत टेनिस कोर्ट निर्माण भएको देख्दा आफूहरू छक्क परेको प्रतिक्रिया दिएका थिए ।

    इन्जिनियर खरेलले अबको दिनमा पनि सहकार्यमार्फत विभिन्न स्थानमा लन टेनिस कोर्ट निर्माणलाई निरन्तरता दिने बताए । नव निर्मित टेनिस कोर्टमा दुईवटा कोर्ट रहेका छन्, जसले एकैपटक दुई समूहलाई खेल अभ्यासको अवसर दिनेछ ।

    यस प्रकारको पहलले बुटवलमा लन टेनिसजस्ता विलासी भनिएका खेलहरूलाई सर्वसाधारणको पहुँचमा ल्याउने अपेक्षा गरिएको छ । स्थानीय तहको लगानी र प्रविधिसहितको सहभागिताले अब गाउँघरसम्म पनि यस्ता खेलको विकास हुने विश्वास लिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij