२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पाका सडकमा रातीमा सवारी चलाउन रोक !

पाल्पाका सडकमा रातीमा सवारी चलाउन रोक !

पाल्पाका सडकमा रातीमा सवारी चलाउन रोक !

पाल्पाका सडकमा रातीमा सवारी चलाउन रोक !

पाल्पाका सडकमा रातीमा सवारी चलाउन रोक !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • बुटवल  । पाल्पा जिल्लामा आगामी दिनमा सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।

    गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो ।


    जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा जारी विज्ञप्तिमा जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको उल्लेख छ ।

    Screenshot_2025-07-04-12-06-26-297-edit_com.android.chrome.jpg

    विज्ञप्तिमा भनिएको छ, –‘रातको समयमा माथिबाट ढुंगा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रीकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिन्छ ।’

    रात्रीकालीन आवागमनमा रोक लगाइएका प्रमुख सडक खण्डहरू सिद्धबाबा – राम्दी सडकखण्ड, तानसेन – रिडी – तम्घास सडक, हार्थोक, छहरा, तिनगिरे, आर्यभञ्ज्याङ, ताहु – रामपुर सडकखण्ड रहेको छ । समितिले सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सूचनाको पूर्ण पालना गर्न र विपद् न्यूनीकरणमा सहकार्य गर्न आग्रह गरेको छ । स्थानीय प्रशासनले आवश्यक निगरानी र व्यवस्थापनका लागि तयारी अवस्थामा रहने जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij