२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जनसंख्या बढाउने चुनौती

जनसंख्या बढाउने चुनौती

जनसंख्या बढाउने चुनौती

जनसंख्या बढाउने चुनौती

जनसंख्या बढाउने चुनौती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • वि.सं. २०१८ सालमा भएको छैठौं राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या ९४ लाख १२ हजार ९ सय ९६ थियो । ६ दशकपछि २०७८ सालमा भएको बा¥हौं राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या तीनगुणा बढेर २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको  छ । छैठौं जनगणनामा प्राप्त तथ्याङ्कअनुसार, जनसंख्या वृद्धिदर वार्षिक १ दशमलव ६४ प्रतिशत थियो । अहिले जनसंख्या वृद्धिदर आधा घटेर ० दशमलव ९२ प्रतिशत कायम भएको छ । कुल प्रजनन् दर घटेर १ दशमलव ९ मा झरेको छ ।


    यो तथ्याङ्कले मुलुकले अब जनसंख्या घटाउने होइन्, बढाउने नीति र कार्यक्रम अघि बढाउनुपर्ने भएको छ । कुनै बेला जनसंख्याको वृद्धिलाई रोक्न धेरै सन्तान नजन्माउनका लागि राज्यले कार्यक्रम अघि सा¥यो । अब जनसंख्या बढाउन सन्तान जन्माउन प्रोत्साहित गर्नुपर्ने भएको छ । त्यसो त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको जनसंख्या नीति २०८१ को आधारपत्रमा तीनवटा बच्चा जन्माउन दम्पतीलाई प्रोत्साहन गरिएको छ । जनसंख्याको आकार विस्तारै बढ्दै गएको भए पनि बढ्ने दर घटिरहँदा आगामी दिनमा जनसंख्या कम हुँदा समस्या पर्ने देखिन्छ । जन्मदर घट्दा अबको दुई दशकमै नेपालमा सक्रिय जनसंख्या पर्याप्त नहुने देखिन्छ ।


    विभिन्न वहानामा युवाहरु विदेश गइरहेका छन् । विदेश गएका युवाहरु उतै घरजम गरेर बस्ने र उनीहरुका सन्तान समेत उतै रहँदा सम्भावित चुनौतीको आँकलन हुनुपर्छ । बसाइँसराइ अहिले पहाडबाट तराई, गाउँबाट शहर र शहरबाट अर्को देशमा भइरहेको छ । पहिले  दसैँमा टिका थाप्न छोराछोरी बाबुआमा खोज्दै देश आइपुग्थे । परिवार, आफन्त र गाउँमा खुशीयाली र रौनक आउँथ्यो । यो वर्षको दसैँमा कैयौं अभिभावक छोराछोरी खोज्दै अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत पुगे । यसले आगामी दिनमा अहिलेकै नीति र कार्यक्रम कायम हुँदा नेपालमा जनसंख्या अझैँ घट्ने निश्चित छ । 


    नेपालले सन् १९५९ मा परिवार नियोजन संघ स्थापना गरेर अनौपचारिक रूपमा जनसंख्या नियन्त्रणको नीति लिएको थियो । सन् १९६५ मा राजा महेन्द्रले तत्कालीन राष्ट्रिय पञ्चायतको बैठकमा देशको जनसंख्या वृद्धिदर उच्च भएको, यसले विविध समस्या निम्त्याउने र विकासमा बाधा पुग्ने तर्क गर्दै जनसंख्या नियन्त्रणसम्बन्धी नीति लिने घोषणा गरेका थिए । तेस्रो पञ्चवर्षीय योजनादेखि निरन्तर रूपमा जनसंख्या नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य राखेको राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षीय योजना उक्त प्रावधान हटाइदिएको छ ।


    नेपालमा प्रजनन्दर एक्कासी घट्नुको अर्थ बढ्दो महँगी, बच्चाको शिक्षा र स्वास्थ्य धान्न बाबु आमाको कमाइ नपुग्नुु हो । शिक्षा र रोजगारीमा वृद्धि भएसँगै महिलाले बच्चा जन्माउने सवाललाई कम प्राथमिकता दिन थालेका छन् । जन्मदरको विश्लेषण गरेर नीतिमा नै त्यसलाई प्रोत्साहन गर्ने, दुईभन्दा बढी बच्चा जन्माउने दम्पतीलाई स्थानीय तहबाट दिइने कर छुट, सुत्केरी स्याहार र शिक्षा र स्वास्थ्यमा सुविधाजस्ता कार्यक्रमले दम्पतीहरू बच्चा जन्माउन प्रोत्साहित हुन सक्छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij