२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन

आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन

आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन

आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन

आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • बुटवल । उपप्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम अन्तरगत विभिन्न तालिमहरुको समापन तथा प्रमाणपत्र बितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनमा भएका विभिन्न ५ प्रकारका तालिमको समापन गर्दै प्रमाणपत्र बितरण गरिएको हो । 

    तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगरले तालिमहरुमा लगानी गर्दा प्रभावकारीतामा ध्यान दिने भएकोले अहिले सीप सिकेका सबै कतै न कतै रोजगारीमा जोडिएमा आगामी वर्षहरुमा थप तालिमहरु उपमहानगरले गराउने बताए ।

    उनले नगरभित्रका स्थानीयलाई आत्मनिर्भर बनाउनको लागि उपमहानगरले ५० भन्दा धेरै प्रकारका तालिमहरु गर्दै आईरहेको जानकारी गराउँदै जनशक्ति उत्पादन र रोजगारीमा जोड्ने योजना अनुसार नै कामहरु भईरहेको बताए । 

    कार्यक्रममा उपप्रमुख सावित्रादेबी अर्यालले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि बिभिन्न किसिमका कार्यहरु गरिरहेको बताईन् । उनले सीप विकासका तालिम महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलालाई सीप र रोजगारमा जोड्नेगरी बुटवलले काम गरिरहेको बताईन ।

    आर्थिक एवं समाज कल्याण महासाखा प्रमुख तुल्सा अर्यालले सीप विकासका तालिम महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलालाई सीप र रोजगारमा जोड्नेगरी बुटवलले काम गरिरहेको बताईन ।

    ४५ दिने जेष्ठ नागरिक केयर गिभर तालिम र आधारभुत ब्युटिसियन तथा  १ महिने तालिमहरु  मन्टेस्वरी,  एडभान्स फेसन डिजाईन र  एडभान्स सिलाईकटाई तालिम सञ्चाल भएका थिए। यी ५ तालिममा १२५ जना सहभागी भएको उपमहानरले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij