२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रकृतिमैत्री पूर्वाधार बनाऔँ

प्रकृतिमैत्री पूर्वाधार बनाऔँ

प्रकृतिमैत्री पूर्वाधार बनाऔँ

प्रकृतिमैत्री पूर्वाधार बनाऔँ

प्रकृतिमैत्री पूर्वाधार बनाऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • पर्यावरणीय सन्तुलनलाई ध्यान नदिँदा हामी बिथोलिएका छौं । हाम्रो जीवन बिथोलिएको  छ । जीवनशैलीमा आएको परिवर्तन पर्यावरण अनुकुल बनाउनुको साटो दोहनको श्रृंखलालाई निरन्तरता दिएका छौं, जसले सम्भावित जोखिमको चाङ बढाएको छ ।


    प्रकृतिले हामीलाई धेरै दियो, नदीनाला, वनजंगल, वन्यजन्तु, चराचुरुङ्गीलगायत प्रकृतिले दिएका अमूल्य वस्तु र जीवजन्तुकै कारण मानव जीवन चलेको हो । हामीले सकेसम्म प्रकृतिले दिएका वस्तुको अधिकतम उपयोग गर्दै हाम्रो जीवनलाई सरल र समुन्नत बनाउन कोशिश गर्दैछौं, तर प्रकृतिको दोहनले जीवन तत्काललाई सरल र सुविधासम्पन्न हुनसक्छ, त्यसले पार्ने प्रभाव बहुआयामिक र गम्भीर हुन्छन् भन्ने हेक्का पटक्कै छैन ।


    नदीखोलाबाटै मानव सभ्यताको विकास भयो । अहिले नदी खोलालाई हामीले मृत बनाउन थालेका छौं । नदी खोलामा पानी मात्रै बग्दैन । त्यो त असंख्य माछासहित धेरै जलचरको बासस्थान हो । चराचुरुङ्गीको आश्रयस्थल हो । नदी खोलामा पाइने जीवले नै हो, पानीलाई सफा पार्ने, तर अहिले अरु जीव बाँच्न नै नसक्ने गरी फोहर बनाउन थालेका छौं । जब नदी फोहर भयो, हामी नै संकटमा प¥यौं । बागमती फोहर हुँदा बागमती नदी मात्रै फोहर भएन्, काठमाडौंको जनजीवन नै अस्तव्यस्त भयो । तिनाउ नदी फोहर बन्दा बुटवलको सुन्दरता नै गुमेको छ । दोहनले तिनाउ वर्षेनी गहिँरिदा जोखिम बढेको छ ।


    वनमा बहुजाति बिरुवा लगाउनुपर्नेमा एकै प्रकारको बिरुवा रोप्दा वनजंगलमा कतिपय वन्यजन्तु बाँच्नै नसक्ने अवस्था आएको छ । उनीहरु आहारा खोज्दै मानवबस्तीतिर आउन थालेका छन् ।


    सडक निर्माण भइरहेको छ, तर सडक बनाउँदा आउने सम्भावित जोखिमलाई पटक्कै हेक्का राखेनौं । अहिले पहाडमा बनेका सडकले बस्तीको उठिबास लागेको छ । गएको असोज ११ र १२ गतेको वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिको प्रमुख कारण मानव श्रृजित क्रियाकलाप नै देखिए । रोशीको माथिल्लो क्षेत्रमा मनपरी क्रसर उद्योग चलाउन दिँदा नै बाढीले ठूलो क्षति ग¥यो । नख्खुखोलाले गरेको क्षति पनि क्रसर उद्योगले मनपरी उत्खनन् गरेको माटो व्यवस्थापन नहुँदा भएको हो ।


    पर्यावरणीय सन्तुलन कायम गर्ने हामीले नै हो । हामीले गर्ने विकास पूर्वाधारका काम कतै प्रकृतिमैत्री छन् कि छैनन् भन्ने छलफल हुनुपर्छ ।  विकास पूर्वाधार निर्माण गर्दा प्रकृतिको दोहन व्यवस्थित तरिकाले हुनुपर्छ भन्ने हेक्का हुनुपर्छ । राज्यसंयन्त्रलाई वातावरणमैत्री विकासका लागि दिशानिर्देश गर्ने अवसर हाम्रा सामु आएको छ । अहिलेसम्म भोगेका दुःख र कष्टबाट सिकेको ज्ञानलाई अवसरको रुपमा लिँदै सम्भावित जोखिमबाट बचौं ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij