२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मनाइयो शोकको पर्व मोहर्रम

मनाइयो शोकको पर्व मोहर्रम

मनाइयो शोकको पर्व मोहर्रम

मनाइयो शोकको पर्व मोहर्रम

मनाइयो शोकको पर्व मोहर्रम
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • भैरहवा । भैरहवासहित विश्वका इस्लाम धर्मावलम्बीको शोकको पर्व मोहर्रम मनाइएका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाती हजरत हुसैनको शाहादत (शोक) मा यो पर्व मनाइने गरिन्छ । हुसैन इराकको राजधानी बगदाद भन्दाको करबला भन्ने ठाउँमा  यजीदी फौजसँगको धर्मयुद्धमा शहीद भएका थिए । आइतबार (मोहर्रम १०) तारिखमा ताजियाको बिजर्सन गरी मोहर्रम पर्वको विधिवत समापन हुने गर्दछ । यो पर्वले हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरुको एकताको पर्वको रुपमा पनि परिचय बनाउँदै गएको छ । सदभावको प्रतिकको रुपमा रहेको यो पर्वमा वर्षेनी श्रद्धालु बढ्दै गएका छन् । हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मावलम्बीहरु पनि मुस्लिम जस्तै तजिया बनाई विधिवत रुपमा पूजा अर्चना गर्ने गरेका छन् ।


    इस्लामिक धर्मको नयाँ वर्षका दिनदेखि सुरु हुने मोहर्रमका १० दिनसम्म नै फरक–फरक तरिकाले पर्व मनाउने गर्दछन् । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि भनिन्छ । मोहर्रम १० तारिखकै दिन धेरै नबीहरु माथि अल्लाहको इनायत भयो र पापीहरुलाई सजाय गरिएको थियो जसमा हजरत हुसैनले पनि सहादत पाएका थिए । । हुसैनले इस्लाम र मानवता को रक्षा गर्न आफ्नो परिवार र साथीहरुको लागि बलिदान दिएका थिए  ।


    त्यसैले यो शोक दिनको सम्झनामा मस्जिदमा कुरआन पाठ गरिनुका साथै बेलुकी खिचडा (खाने पक्वान्न) बनाएर बाँडिन्छ । घरमा बनाइएका ताजियाहरु नजिकको कर्बला(रणभूमि)मा पुगेर बिभिन्न परम्परागत खेल तमासा तथा ताजियालाई विभिन्न सामग्री अर्पण गरी यो पर्व मनाइन्छ । भाकल गर्नेहरुले आफ्नै लागतमा ठूलो ताजिया बनाउने पनि गर्दछन्, विशेषगरी मोहर्रम पर्व मुस्लिम समुदायले मनाउने भए पनि भाकल पूरा भएको भन्दै केही हिन्दु धर्मावलम्बीले पनि ताजिया राख्ने गर्छन् । 


    सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदादभन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजीदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा ताजिया बनाई मोहर्रम पर्व मनाउने परम्परा सुरु भएको हो । 
    हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा विभिन्न रङ्गीचङ्गी कागज बेरी ताजिया बनाइने गरिन्छ ।  तजिया भनेको युद्धको बेला प्रयोग गरिएको एक प्रकारको हतियार हो । ताजियाहरुलाई शनिबार साँझ अर्थात् ९ मोहर्रम नवमीका दिन पूजा गरी दशौँ दिन बिर्सजन गरी समापन हुन्छ  ।


    नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा विशेष महत्वका साथ यो पर्व मनाइन्छ । मुस्लिमहरु मात्रै मनाउँदै आएको यो पर्व पछिल्लो समय हिन्दु धर्मावलम्बीहरुले पनि मनाउने गरेका छन् । ताजियाप्रति आस्था बढ्दै गएपछि, मागेको भाकल पुरा हुने भएपछि हिन्दु समुदायले पनि ताजिया बनाउने गरेका छन् । 


    भैरहवाको भैरहवा गाउँ, कठौतिया, बसडिलवा, खजहना, भैयाटोल, गल्लाण्डी, उदयपूर, दोगहरालगायतका क्षेत्रमा ताजिया निर्माण गरी भैरहवास्थित करबलामा विसर्जन गरिएको छ । 


    यो महिना भनेको इस्लामिक नयाँ वषको पहिलो महिना पनि हो । इस्लाम धर्मका प्रवर्तक हजरत हजरत मोहम्मद सल्लाहु अलैही वसल्लम साउदी अरबको मक्कामा जन्मेर अल्लाहको दूत ‘नबी’ का रूपमा इस्लामका बारेमा प्रचारप्रसार गर्दै गर्दा त्यतिबेलाका शासकहरूले उनीमाथि अत्याचार गर्न थालेपछि अल्लाहको आदेशानुसार मक्का सहर छोडेर मदिना गएको दिनदेखि नै इस्लामिक संवत् मनाउने परम्परा सुरु भएको हो । 


    हिजरी संवत् मुस्लिम समुदायले हिजरी सम्वतको पहिलो दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन् । यसलाई इस्लामिक संवत् पनि भनिन्छ । मुस्लिम समुदायको बाक्लो बसोबास भएको क्षेत्रमा हिजरी संवतलाई नयाँ वर्षको रुपमा मनाइन्छ । 


    हिजिरी सम्वत इतिहासको पुरानो सम्वत हो । हिजरतको इतिहासमा लागु भएकालेनै यो सम्वतलाई हिजिरी भनिन्छ । इतिहासमा उल्लेख गरिएअनुसार हजरत मोहम्मद सल्लाहु अलैही वसल्लमको दोस्रो प्रतिनिधि राजा हजरत उमर फारुखले आफ्नो पालामा लागू गरेका थिए ।


    नयाँ वर्ष हिजरी सम्वतको पहिलो महिना मोहर्रम हो । इस्लाम धर्मका सबै चाड पर्व हिजरी सम्बत् अर्थात् हिजरी पात्रो अनुसार नै तय हुन्छन् । यो चन्द्रमासका आधारमा हुन्छ । १२ महिनासहित ३५४ दिन हुने यो सम्वत अरु सम्वत भन्दा ११ दिन पछाडि हँुदै जान्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij