२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

होम स्टे तालिम लिनेलाई बिउपुँजी वितरण

होम स्टे तालिम लिनेलाई बिउपुँजी वितरण

होम स्टे तालिम लिनेलाई बिउपुँजी वितरण

होम स्टे तालिम लिनेलाई बिउपुँजी वितरण

होम स्टे तालिम लिनेलाई बिउपुँजी वितरण
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • पाल्पा 
    पालिकाभित्रका अग्लाअग्ला पहाड तथा टाकुराहरुमा ग्रामीण पर्यटन व्यवसाय फैलाइ स्थानीयहरुको आयआर्जन बढाइ, युवाहरुलाई गाउँमै स्वरोजगार बनाउन तिनाउ गाउँपालिका सामुदायिक कृषिपर्यटन(होम स्टे प्रवर्धन) कार्यक्रम सञ्चालन गरेको छ । 


    लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तरगत तिनाउ गाउँपालिकाले वडा नं. ५ मरामकोट र वडा नं. ६ जन्तीलुङ्गमा सामुदायिक होम स्टे सञ्चालनमा ल्याएको छ । मरामकोट र जन्तीलुङ्गमा दैनिक १ सयभन्दा बढी पर्यटकहरु घुम्न जाने गरेका छन् । 


    गाउँपालिकाले होम स्टे सञ्चालन गर्दा चाहिने कृषि उत्पादन गाउँमै उत्पादन गर्ने अभियानका साथ बाख्रा, बंगुर, कुखुरा, तरकारी, मौरीसम्बन्धित तालिम लिएका मरामकोट र जन्तीलुङ्गवासीहरुलाई बिऊपँुजी वितरण गरेको छ । 


    विभिन्न लोकल कुखुरा पालन तालिममा सहभागी भएका ३० जनाले ९ वटाका दरले लोकल कुखुरा, बंगुरपालनमा सहभागी २८ जनालाई एक वटा बंगुरको बच्चा, बाख्रापालनमा सहभागीहरुलाई एक–एक वटा बाख्रा, तरकारी खेतीमा सहभागीहरुलाई दुई–दुई वटा टनेल, सिँचाइको लागि दुई–दुई वटा प्लाष्टिक ड्रम, पाइप स्प्रिङकल, मौरी पालनमा सहभागीहरुलाई एक–एक वटा आधुनिक मौरी घारलगायतका सरसामानहरु गाउँपालिकाले बिउपुँजीको रुपमा वितरण गरेको छ । पाहुना राख्नको लागि जन्तीलुङ्गमा ७ वटा, मरामकोटमा २ वटा पाहुना घर निर्माण भएका छन् । 


    गाउँपालिकाले होम स्टेमा चाहिने महको लागि मौरी, मासुको लागि कुखुरा, बाख्रा, बंगुर, तरकारीको लागि मौसमी बेमौसमी तरकारीसहित दुबै गाउँका स्थानीयहरुलाई  तालिम प्रदान गरेको छ । हाल मरामकोटमा ५ घर र जन्तीलुङ्गमा १२ घरमा होम स्टे सञ्चालनमा रहेको छ । 


    बिउपँुजी वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले मरामकोट र जन्तीलुङ्गमा व्यवस्थित रुपमा होम स्टे सञ्चालन गर्न पालिकाले ठूलो लगानी गरेको बताए । गाउँमै बसीबसी पर्यटन व्यवसायमको माध्यमबाट आयश्रोत बढाउन होम स्टे व्यवसायलाई प्रवर्धन गर्न बिउपुँजीसहितको तालिमहरु सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले बताए । 


    पालिका उपाध्यक्ष लालबहादुर थापाले मरामकोट र  जन्तीलुङ्ग पैसा फल्ने स्थान भएकोले  महिनामा एक परिवारबाटै लाखौ रुपैयाँ कमाउन सकिने स्थिति देखेर पालिकाको साझेदारीमा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन भएको बताए ।  

    प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जन्तीलुङ्ग र मरामकोट निकै सुन्दर ठाउँ रहेछ, हिमालदेखि तराईसम्मका दृश्यहरु एकै स्थानबाट  एकै नजरमा हेर्न सकिने रहेछ, प्राकृतिक सुन्दरतामा रमाउन आएका पर्यटकहरुको माध्यमबाट स्थानीयस्तरमा आम्दानी बढाउन पालिकाले सहयोग निरन्तर रहने जनाए । पालिकाले बिउपँुजीको माध्यमबाट मौरी, कुखुरा, बाख्रा र बंगुर, मौसमी तथा बेमौसमी तरकारीको उत्पादनमा वृद्धि गर्ने अपेक्षासहित तालिममा सहभागीहरुलाई निश्चित समयसम्म बिउपुँजीमा पाउने गरी स्थानीयहरुमा वितरण गरेको तिनाउ गाउँपालिका मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमका फोकल पर्सन कृष्ण ज्ञवालीले बताए । 


    पालिकाले होम स्टे प्रचारप्रसारको लागि सिद्धार्थ राजमार्गको दोभान, झुम्सा, चर्चरे, डुम्रे तथा दुबै क्षेत्रको विभिन्न चोक चोकमा होडिङ्गबोर्डहरु समेत राखेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij