२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

२२ जेहेन्दार विद्यार्थीलाई ट्रक समितिको छात्रवृत्ति

२२ जेहेन्दार विद्यार्थीलाई ट्रक समितिको छात्रवृत्ति

२२ जेहेन्दार विद्यार्थीलाई ट्रक समितिको छात्रवृत्ति

२२ जेहेन्दार विद्यार्थीलाई ट्रक समितिको छात्रवृत्ति

२२ जेहेन्दार विद्यार्थीलाई ट्रक समितिको छात्रवृत्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले जेहेन्दार विद्यार्थीलाई छावृत्ति वितरण गरेको  छ । 
    यातायात व्यवसायी र चालक तथा मजदुरका छोराछोरीलाई छात्रवृत्ति दिनका लागि २०६३ सालमा  छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको थियो । सोही अक्षय कोषको रकमबाट जम्मा भएको व्याजबाट समितिले २२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।  समितिले कार्यालयमा विशेष कार्यक्रम गरी रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची स्याङ्जा, कपिलवस्तु, नवलपरासीका विभिन्न स्कुलमा अध्ययनरत २२ जना विद्यार्थीलाई नगद १० हजारका दरले छात्रावृद्वि प्रदान गरेको हो ।


     आर्थिक रुपले कमजोर अवस्था भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका अध्यक्ष टिकाराम गौतमले बताए । छात्रवृत्तिको सहयोग रकम थोरै भए पनि विद्यार्थीलाई पढ्नका लागि केही सहयोग मिल्ने र अभिभावक, विद्यार्थीमा हौसला बढाउने भएकाले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि छात्रावृत्ति प्रदान गरिएको अध्यक्ष गौतमले बताए ।   


    उक्त कार्यक्रममा  नेपाली कांगे्रस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले शिक्षा, स्वास्थ्य राज्यले निःशुल्क दिनुपर्ने बताइन् । उनले संविधानले शिक्षा, स्वास्थ्यलाई मौलिक हकमा राखेकाले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने र यो विषयमा लुम्बिनी प्रदेश सरकारसँग कुरा उठाउने बताइन् । रुपन्देहीका केही विद्यालयले विद्यार्थीले पाउने सुविधा कटौती गरेको अनुगमनको क्रममा भेटाइएको उल्लेख गर्दै त्यस्ता विद्यालयलाई कारबाही गरिने चेतावनी दिइन् । 


    नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख महेन्द्र खड्काले हरेक सामाजिक संघसंस्थाहरु समाजप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले यातायात क्षेत्रमा आफ्ना समस्याहरु थुप्रै हुँदाहँुदै पनि विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेर छात्रावृत्ति प्रदान गर्ने कार्यको प्रसंशा गर्दै यसबाट थुप्रै विद्यार्थीले लाभ लिएको बताए । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भने पनि व्यवहारमा त्यस्तो हुन नसकेको बताउँदै सबै विद्यार्थी शिक्षाको पहुँचमा पुग्नु पर्नेमा जोड दिए । 


    रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले विद्यार्थीलाई शिक्षाको पहुँचमा पुराउन यो छात्रावृत्तिले सहयोग पुराउने बताएका थिए ।


    समितिका पूर्व अध्यक्ष तथा छात्रवृत्ति अक्षयकोष संरक्षक अर्जुन रानाभाटले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि यातायात व्यवसायी र मजदुरका छोराछोरी पढ्नबाट वञ्चित हुन नपरोस् भनेर २०६३ सालमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको बताए । समितिका  पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठले १० टन क्षमता थाम्ने सडकहरुमा ४० टन क्षमता भएका गाडीहरु गुडाउँदा सडक र पुलहरु भत्किएकाले अबको केही वर्षमा नेपालका सडकहरुको अवस्था झनै कमजोर हुने भएकाले यस विषयमा राज्यलाई गम्भीर हुन आग्रह गरे ।  


    कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, कालिका माध्यमिक विद्यालय पाल्पाका अध्यक्ष जुद्वबहादुर कार्की, समितिका महासचिव खिमबहादुर थापालगायतले आ–आफ्ना भनाइ राखेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij