परासी । पश्चिम नवलपरासीमा बजार अनुगमन गरिएको छ। संयुक्त जिल्ला बजार अनुगमन समिति नवलपरासीले जिल्लाको रामग्राम नगरपालिको हकुईमा रहेको पसलहरूमा बजार अनुगमन गरेको हो ।
जिल्ला बजार अनुगमन समितीका संयोेजक एव सहायक प्रमुख जिल्ला अधिकारी पोषण भण्डारी नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुरूषोत्तम पौडेल,उपभोक्ता हित संरक्षण मञ्चका सचिव मोहन पौडेल शर्मा,घरेलु तथा साना उद्योग कार्यालयका मनोज चौधरी पत्रकार लागयतको टोलीले अनुगमन गरेको थियो ।
अनुगमन टोलीले रामग्राम नगरपालिका वडा न १६ हकुईका बजार क्षेत्रमा रहेका बजारका किराना पसल ,रेष्टुरेन्ट ईलेक्टोनिक्स ,मिष्ठान भण्डार फेन्सी पसलमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा व्यवसायीहरू सचेत रहेको भएको पाईएको र बजारको अवस्था सुधारउन्मुख पाईएको साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरूषोत्तम पौडेलले जानकारी दिए ।
उनले भने बजार अनुगमनको निरन्तरता पछि जिल्लाका बजारमा धेरै सुधारउन्मुख पाईएको र दर्ता देखि लिएर नविकारण ,व्यवसाय गरेपछि गर्नुपर्ने नियम पालन ,सरसफाई, मुल्यसुर्ची,अखाद्य बस्तु लगायतको सुधार देखिएको बताए ।
हकुई क्षेत्रका बजारमा किराना पसल ,रेष्टुरेन्ट ईलेक्टोनिक्स ,मिष्ठान भण्डार फेन्सी गरि १० पसलमा अनुगन गरिएको घरेलु तथा साना उद्योगका उद्यम विकास सहजकर्ता मनोज चौधरीले जानकारी दिए ।




