२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै

सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै

सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै

सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै

सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • बुटवल । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको इन्भर्ट बनाउने काम सकिएको छ । मुख्य सुरुङमार्गमा इन्भर्ट गर्ने काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाको कार्यालयले जनाएको छ । गत माघ ११ गते मुख्य सुरुङमार्ग छिचोलिएपछि सुरुङभित्र इन्भर्ट र लाइनिङको काम सुरु भएको थियो ।

    आयोजनाका प्रमुख कृष्णराज अधिकारीले सुरुङमार्गको कुल लम्बाइ एक हजार ८९ मिटरमा इन्भर्टको काम सकिएको जानकारी दिए । यस्तै उनले लाइनिङ र विद्युतीकरणको काम पनि तीव्रगतिमा अगाडि बढेको बताए । अधिकारीका अनुसार हालसम्म मुख्य सुरुङमार्गको उत्तरतर्फ ३८८ मिटर र दक्षिणतर्फ ४४६ मिटर गरी ८३४ मिटर लाइनिङको काम सकिएको छ । अधिकारीले बाँकी २५५ मिटर लाइनिङको काम केही महिनाभित्रै सकिने जानकारी दिए ।

    सिद्धबाबा सुरुङमार्गको मुख्य काममध्ये मुख्य सुरुङसहित चार वटै बाइपास ढोका छिचोल्ने, लाइनिङ गर्ने र सुरुङबाहिरको पहाड सुरक्षित बनाउने काम हो । त्यसमध्ये मुख्य सुरुङ र तीन वटा बाइपास ढोका यसअघि नै छिचोल्ने काम सकिएको छ । लाइनिङको मुख्य काम अब केही महिनाभित्रै सकिने गरी काम भइरहेको आयोजनाले जनाएको छ । त्यसपछि सुरुङभित्रको महत्वपूर्ण काम सकिने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले बताइन । ज्ञवालीले तीन वटै बाइपास ढोकामा पनि इन्भर्ट र लाइनिङको काम भइरहेको बताइन ।

    सुरुङमार्गको हालसम्म ५६ प्रतिशत भौतिक प्रगति र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङमार्गको उत्तर र दक्षिणतर्फको असुरक्षित पहाडलाई सुरक्षित गर्ने कामले भने गति लिन सकेको छैन । यस्तै तिनाउ नदीबाट सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन पर्खाल उठाउने काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    पाँच वर्षभित्र काम सक्ने गरी सरकारले विसं. २०७८ फागुनमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसनलाई सुरुङमार्ग निर्माण गर्ने जिम्मा दिएको थियो । सुरुङमार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपियाँ खर्च हुने सरकारले जनाएको छ ।

    सुरुङमार्ग बनेपछि सिद्धबाबा क्षेत्रमा हिउँद र बर्सातको समयमा खस्ने पहिरोको जोखिम हटाउन सकिने विश्वास गरिएको छ । सुरुङमार्ग बनेपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कास्कीलगायतका नागरिकले सुरक्षित यात्रा गर्न पाउने छन् । यस क्षेत्रमा माथिबाट खस्ने पहिरो र चट्टानका कारण हरेक वर्ष मानिसले ज्यान गुमाउने गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij