२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसइईमा रुकुमपूर्वका तीन विद्यालयको नतिजा शून्य

एसइईमा रुकुमपूर्वका तीन विद्यालयको नतिजा शून्य

एसइईमा रुकुमपूर्वका तीन विद्यालयको नतिजा शून्य

एसइईमा रुकुमपूर्वका तीन विद्यालयको नतिजा शून्य

एसइईमा रुकुमपूर्वका तीन विद्यालयको नतिजा शून्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • जयमान बुढामगर- रुकुमपूर्व। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रुकुमपूर्वका तीन विद्यालयको नतिजा शून्य आएको छ । गएको शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा–१०, एसइईको नतिजा सार्वजनिक गरेको थियो ।  

    जिल्लामा २५ वटा सरकारी र एक निजी गरी जम्मा २६ वटा माध्यमिक विद्यालय छन् । २५ वटा सरकारी विद्यालयमध्ये तीन वटा विद्यालयका विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

    भूमे गाउँपालिका–२ मा रहेको त्रिवेणी मावि काँक्री, भूमे–४ मा रहेको जनशक्ति मावि काँडा र सिस्ने गाउँपालिका–४ मा रहेको जनप्रिय मावि दादिङको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतमले जानकारी दिए । मावि काँक्रीबाट १५ जना, मावि काँडाबाट २१ जना र मावि दादिङबाट १७ जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए ।

    यसैगरी, जिल्लामा एक मात्र निजी मावि रहेको सिस्ने गाउँपालिका–६ रुकुमकोटस्थित हिमशिखा माविबाट पाँच जना विद्यार्थीले एसइई दिएका थिए । जसमा शतप्रतिशत विद्यार्थी नै उत्तीर्ण भएको इकाइ प्रमुख गौतमले बताए ।

    जिल्लाको २६ वटा माविबाट नियमिततर्फ नौ सय २२ जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए । जसमा तीन सय २५ जना विद्यार्थी अर्थात ३५.२५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यसैगरी ग्रेडवृद्धि तर्फका दुई सय ६७ जनामध्ये एक सय २१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित र ग्रेडवृद्धि दुबै तर्फका गरी चार सय ४६ जना अर्थात ४०.०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने नियमित तर्फका पाँच सय ९७ जना र ग्रेड वृद्धि तर्फका एक सय ४६ गरी जम्मा सात सय ४३ जना विद्यार्थी अनुत्तीर्ण अर्थात नग्रेडेड भएका छन् ।

    दस वटा मावि रहेको सिस्ने गाउँपालिकाबाट तीन सय ६६ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । जसमा एक सय ७७ जना अर्थात ४८.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ८ वटा मावि रहेको भूमे गाउँपालिकाबाट दुई सय ८७ जना विद्यार्थीले परीक्षा दिएकामा ७७ जना अर्थात २६.८३ प्रतिशत उत्तीर्ण भएका छन् । साथै ८ वटै मावि रहेको पुथाउत्तरगङ्गा गाउँपालिकाबाट दुई सय ६९ जना विद्यार्थीले एसईई परीक्षा दिएकामा ७१ जना अर्थात २६.३९ प्रतिशत उत्तीर्ण भएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij