२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आफू को हो आफैँले चिनौं

आफू को हो आफैँले चिनौं

आफू को हो आफैँले चिनौं

आफू को हो आफैँले चिनौं

जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • माने पेमे हुँ (वोन धर्म संस्कृतिको मन्त्र अथवा हिमाली मन्त्र÷ बौद्ध वा लामा मन्त्र ।


    ओम् मणि पद्मे हुँ । खशान राज्य जुम्ला ।  सिंजामा उत्पत्ति भएको मन्त्र ।

    नमो शिवाय– शैव मन्त्र । वा शिव प्रकृति !


    निरञ्जन, निर्गुण, निराकार अर्थात् जातपातविहीन समाजको प्राचीन मन्त्र । शिवलाई मानव समुदायले मानसरोवर कैलाश भूमि हिमाल पर्वत श्रृंखलाका अधिपतिका रुपमा ग्रहण गर्दै आएका छन् ।


    त्यो युग त्यस्तो युग थियो, जुन युगमा बाटो र यातायातको बाहन थिएनन् । त्यो बेला, शिव र उनकी श्रीमती पार्वती (पर्वतकी पुत्री) लाई बसाहा साँढेमा चढाएर हिमालबाट, चुरे पर्वत मुनि तराई र काठमाडौं जस्ता उपत्यकामा आई बसेका आधारमा काठमाडु बागमती किनारा समीप श्लेष्मान्तक वनमा बसोबास गरेको हुँदा लिच्छवि राजा आनन्ददेवले पशुपतिनाथको मन्दिर र निराकार शिवको मूर्ति समेत निर्माण गरे गराएको इतिहासमा बताइएको छ । सोही विश्वासको आधारमा पशुपतिनाथको मन्दिर भनिएको छ ।  र  मन्दिर नजिकै आकर्षक र भव्य साँढेको आकृति पित्तलको धातुमा निर्माण गरेको पाइन्छ ।


    निरञ्जन, निराकार, शैव स्वरुपलाई मूर्तिकरण गरिनु कति जायज कति नाजायज हो । यो व्यापक छलफल र विवेचनाको विषय हुँदै हो । 


    यही पशुपति मन्दिरलाई नेपालको सबैभन्दा ठूलो मन्दिर र धेरैबाट पूजित आस्था केन्द्रको रुपमा ग्रहण गरिएको छ । नेपालका लुम्बिनी पुत्र सिद्धार्थ गौतमले प्रतिपादन गरेको मतलाई बुद्ध दर्शन भनिन्छ । संयक्, दृष्टि, संयक् वचन, संयक् व्यायाम, संयक् संकल्प, संयक् ध्यान, संयक् समाधि जस्ता अष्ट मार्गलाई  अष्टाङ्गिक मार्ग भनिएको छ । अष्टाङ्गिक मार्गबाट संसारको दुःख हटाउने धारणा प्रस्तुत गर्ने सिद्धार्थ गौतमको मतलाई बुद्ध दर्शन भनियो र भनिन्छ, तर पछिल्लो चरणमा बुद्ध धर्म पनि भनिदै आएको छ । बुद्धको शान्ति सन्देशले विश्वका अधिकांश मानवजाति सबैलाई घचघच्याएको छ । 
    तर हिन्दु वेदान्तवादी दार्शनिकहरुले बुद्धलाई षडदर्शनभित्र समाविष्ट गरेनन् ।


    वेद नै सर्वश्रेष्ठ ग्रन्थ हो, भन्ने वेदान्तवादीले वेद निन्दक बुद्धलाई र बुद्ध दर्शनलाई पाखा राखे । बुद्धलाई नास्तिक भनेका छन् । वेदान्तवादीको सर्वसत्ताले बुद्ध र बुद्ध दर्शनलाई बहिष्कार र तिरस्कार गरे पनि बुद्ध दर्शनको महत्व घटेको छैन बरु वृद्धिमान छ । 
    आफू के हो  र को हो ? हामी नेपाली हौैं । तर नेपाली मानव समाजभित्र बहुजाति छौं, बहुधर्मी छौं, बहुसंस्कृतिका परिशिलनकर्ता छौं, प्राचीन एवम् पूर्व मध्यकालमा पश्चिम  जुम्ला, सिंजा क्षेत्रको खश साम्राज्यको इतिहासलाई उद्धृत गर्दै प्राडा सूर्यमणि अधिकारीले एउटा नक्सा प्रस्तुत गरेका छन् । पश्चिममा केदारनाथ, गढवाल, देहरादुनदेखि पूर्व त्रिशुली काठमाडुसम्म खश राज्य थियो । उत्तरमा मानसरोवर कैलाश, तिब्बतको गुंगे, पर्वत श्रृंखला, ङयारी, हिमाली श्रृंखला पनि खशहरुकै राज्य थियो । काठमाडुसहित पूर्वतिर दार्जिलिङ्ग सिक्कमसहितको किराँत राज्य । दक्षिणमा गंगा नदीसम्म विस्तारित प्राचीन नेपाल विस्तारित हुने र खुम्चिने कार्य जारी नै रह्यो ।


    शाक्य कोलीय, शाह, शाही, सेन, राउटे, चेपाङ, वनकरिजा जस्ता विभिन्न  अनेक थरका मानिसहरु बसोबास गर्दथे । यी सबै जातिको घर आजको नेपाल हो । थियो ।


    ती सबै जातजाति नेपाली परिवारका सदस्य हुन् ।  मानव हित कल्याण र अन्तिम निर्वाणमा प्रेरित गर्ने दर्शन लुम्बिनी दर्शन नै हो । अर्थात् बौद्ध दर्शन नै हो । यो दर्शन शान्तिको दर्शन हो । यो दर्शनले मध्यकालमा खशान क्षेत्र, जुम्ला, हुुम्ला, सिंजा, जाजरकोट, कालिकोट, गण्डकी प्रवण क्षेत्रमा व्यापक थियो र अहिले पनि त्यहाँ रहेका पूर्व मध्यकालमा निर्मित गुम्बा चैत्य विहारले बताइरहेका छन् ।  गोरखाको ताघवाई गुम्बा, सुर्खेतको काँक्रे विहार यसका नमूना हुन् । 


    काँक्रे विहार सुर्खेतको प्रसङ्गमा मात्रै सीमित हुनु छैन, खश राजाहरुको आधिपत्य त कुमाउँ गढवालसम्म थियो । 
    कुमाउँका राजा पुरुषोत्तम सिंहले बोधगयामा गन्ध कुटी निर्माण गर्न सिंजाका राजा अशोक चल्ललाई ढोगेर अनुमति प्राप्त गरेको प्रसङ्गले जुम्लाका राजाहरु महाराजाधिरज र कुमाउँका राजा र राज्य अधीनत्थ रहेको देखाउँछ । यसको अर्थ पश्चिमतर्फ नेपाल कुमाउँसम्म रहेको देखाउँछ ।


    अशोक चल्लकै पालामा गण्डकी प्रदेश पनि खश साम्राज्यमा विलीन भइसके, उनका उत्तराधिकारी  जितयारी मल्लले काठमाडु उपत्यकामा आक्रमण  गरी विजय हासिल गरेका थिए र करद राज्य बनाएका थिए । 


    खश राजा सम्राट अशोकले वि.सं. १२८० मा कुमाऊँमा विजय हासिल गरेका थिए ।
    यसरी नै क्रमशः अशोक चल्लले गढवालमा विजय हासिल गरी गोपेश्वर मन्दिर नजिक विजय स्तम्भ निर्माण गरेका थिए ।
    खश साम्राज्यलाई त्यो बेला नेपाल नभनिए पनि महाकालीदेखि पूर्वका खशान क्षेत्र सवा लाख पर्वतको राज्य (सपादलक्षय) का आधिपत्य रहेको भूमि पनि अहिले पनि नेपालमै छ । त्यति मात्र कहाँ हो र ? जुम्लाको सिंजामा उत्पत्ति गरिएको खश भाषा अहिले नेपाली सर्वजातिको सम्पर्क भाषाको माध्यम बनेको छ ।  त्यति मात्र होइन, नेपाली बोल्ने जातजातिको आ–आफ्नै मातृ भाषा छन् ती भाषा हामी सबैका साझा सम्पत्ति हुन्, गौरव हुन् र पहिचान बनेका छन् । 


    तर लोक साहित्य, लोकगीत र लोकधुन गुन्गुनाउने माध्यम हिजोकै त्यही जुम्ली सिंजाली खश भाषा नै बनेको छ । 
    खश भाषा वा नेपाली भाषा गतिशील भाषा हो ।  यो भाषा सामन्ती भाषा होइन, यो भाषा यथास्थितिमा रहन पनि सक्दैन । यही खश भाषामा बोलेर पुराना खश भाषीलाई शरणार्थी भन्न पनि मिल्दैन । 


    आरम्भै उल्लेख गरियो नेपाली दर्शन धर्म संस्कृति के रहेछ । हाम्रो प्राचीन धर्म दर्शन शैव दर्शन रहेछ । दर्शन र धर्मले जातीय विभेद गरेको रहेनछ । नेपाल र नेपाली त समानतावादी रहेछन् र हो । प्रकृतिवादी थिए र हो । नेपाल र नेपालीको मौलिकता भनेकै बराबरी हो । खशान क्षेत्रका जनता र खश राजाहरु बौद्धमार्गी रहेछन्, समानतावादी रहेछन् । 


    अब नेपालीले आफैँ चिन्ने बेला भएको छ । हाम्रो सनातनी धर्म के हो ? सनातनी संस्कृति के हो ? कतै सात समुद्र पारिको धर्मलाई आधुनिक धर्म र नेपालको दक्षिण दिशातिरको धर्मलाई आफ्नो सनातनी धर्म भन्दै त छैनौं ? कम्तिमा विचार गरे कसो होला ? हामी नेपालीले बुद्धलाई आफ्नो भनेर चिनेनौं, मानेनौं । हिमाली शैव धर्म संस्कृतिलाई मूर्तिमा मात्र सजायौं । निरञ्जन निराकार र निरगुणलाई उच्च जातिको मात्र बनायौं ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij