२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवीन माविमा न्यायिक वाह्यसंवाद सम्पन्न, मेधावी विद्यार्थी सम्मानित

नवीन माविमा न्यायिक वाह्यसंवाद सम्पन्न, मेधावी विद्यार्थी सम्मानित

नवीन माविमा न्यायिक वाह्यसंवाद सम्पन्न, मेधावी विद्यार्थी सम्मानित

नवीन माविमा न्यायिक वाह्यसंवाद सम्पन्न, मेधावी विद्यार्थी सम्मानित

नवीन माविमा न्यायिक वाह्यसंवाद सम्पन्न, मेधावी विद्यार्थी सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • बुटवल। रुपन्देही जिल्ला अदालतको आयोजनामा सोमबार बुटवल-११ स्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा न्यायिक वाह्यसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतले कानुन र न्याय सम्बन्धी विविध विषयमा विद्यार्थीहरूसँग संवाद गरेका थिए ।

    कार्यक्रममा न्यायाधीश बस्नेतले राज्यका तीन अंग- व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको संरचना, कार्यक्षेत्र र आपसी सम्बन्धबारे विस्तृत जानकारी गराउनुका साथै कानुनको उत्पत्ति, आवश्यकता र मान्य सिद्धान्तहरू, अदालतका संरचना र अदालती प्रक्रिया, मेलमिलापको महत्व, वैतनिक कानुन व्यवसायीको भूमिका, बाल इजलासको अवधारणा, निरन्तर सुनुवाइ, फैसला कार्यान्वयन लगायतका विषयमा सहजीकरण गरेका थिए ।

    विद्यालयका कानुन समूहका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा कानून सम्बन्धी व्यवहारिक जानकारीसँगै विद्यार्थीहरूको जिज्ञासाको समाधान गर्ने वातावरण बनाइएको थियो।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का कार्यवाहक वडा अध्यक्ष नहकुल शाही ठकुरी, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्रधानाध्यापक अर्जुन खनाल, कानुन समूहका इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेललगायतले आ-आफ्नो धारणा राखेका थिए।

    कक्षा १२ की विद्यार्थी मनिषा खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रमको विशेष आकर्षणका रूपमा २०८१ सालको कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट जीपीए ल्याउने ३२ जना विद्यार्थीहरूलाई नगद पुरस्कार वितरण गरिएको थियो।

    विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूहका विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप कुल ७४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कार प्रमुख जिल्ला न्यायाधीश अशोक कुमार बस्नेत, न्यायाधीश धनिश्वर पौडेल र वडा अध्यक्ष नहकुल शाही ठकुरीले संयुक्त रूपमा प्रदान गरेका थिए ।

    कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेल, श्रेष्तेदार उपसचिव यज्ञमूर्ति ज्ञवाली, तहसिलदार कृष्ण प्रसाद पौडेल, प्रशासन शाखा प्रमुख पदम अर्याल, विषयगत प्रमुखहरू, समूहगत इन्चार्जहरू, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रमले विद्यालयस्तरमै कानूनप्रतिको चासो अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूमा न्यायप्रति आस्था र चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij