२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लगातारको वर्षा र पहिरोको जोखिमका कारण सिद्धार्थ राजमार्गको बुटवल–दोभान सडकखण्ड रातभरका लागि बन्द

विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • बुटवल ।  लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान सडकखण्डमा आज रातभर सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ।

    इलाका प्रहरी कार्यालय दोभानले यात्रुलाई सतर्क रहन आग्रह गर्दै अत्यावश्यक बाहेकका सवारी नचलाउन अनुरोध गरेको छ। सडकमा पहिरो खस्ने सम्भावना अत्यधिक रहेकाले दुर्घटना न्यूनीकरणका लागि यो कदम चालिएको जनाइएको छ।

    पाल्पा जिल्लामा आगामी दिनमा सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा जारी विज्ञप्तिमा जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको उल्लेख छ ।

    यसैबीच,पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते भएका छन् ।

    मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो ।

    मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    प्रहरीले जोखिमको समयमा अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था अनुसार सावधानी अपनाउन र सुरक्षाका लागि सम्बन्धित निकायको निर्देशन पालना गर्न सबैमा अपिल गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij