२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भोटेकोशी बाढीबाट सिक्नुपर्ने पाठ

भोटेकोशी बाढीबाट सिक्नुपर्ने पाठ

भोटेकोशी बाढीबाट सिक्नुपर्ने पाठ

भोटेकोशी बाढीबाट सिक्नुपर्ने पाठ

भोटेकोशी बाढीबाट सिक्नुपर्ने पाठ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • चीनको तिब्बत क्षेत्रबाट बग्ने भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीले अकल्पनीय क्षति गरेको छ । बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बाढीले पुल, सडक, जलविद्युत् आयोजना र सुख्खा बन्दरगाहमा क्षति पुगेको छ । मितेरी पुल बगाउँदा नेपाल—चीनबिच सडक सम्पर्क विच्छेद भएको छ ।


    जल तथा मौसम विज्ञान विभागका अनुसार, रसुवा क्षेत्रमा भारी वर्षा हुने मौसमी प्रणाली नभए पनि तिब्बतबाट आएको बाढीले क्षति पुगेको छ । रसुवामा भएको यो क्षति पूर्व तयारीमा अपनाइएको असावधानीले धेरै भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय, रसुवाले १० असारमा सूचना जारी गर्दै बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा पूर्वतयारी अपनाउन भनेको थियो ।

    सो सूचनामा चीनले बाढीको जोखिम रहेकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन भनेको उल्लेख थियो । मनसुन सक्रिय भएको र चीनले समेत सावधानी अपनाउन भनेकाले भोटेकोशी नदी, त्रिशूली नदी, लाङटाङ खोला, चिलिमे खोला र अन्य नदी र खोला आसपासका क्षेत्रमा बाढीपहिरोजन्य विपद्को जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गर्दै जारी गरिएको सूचनाअनुसार तहगत सरकारका संयन्त्र विपद् व्यवस्थापनको पूर्वतयारीमा पटक्कै लागेनन् । समुदायलाई सावधानीका लागि सूचना बाहेक अरु पहलकदमी लिइएन् । असार १९ गते सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिमा प्रकाशित एक समाचारमा बाढीको जोखिम भएकाले टिमुरे भन्सारमा रहेका गाडीहरू हटाउन भनिएको उल्लेख थियो । यो समाचारप्रति संवेदनशील भएको भए  सुख्खा बन्दरगाहमा भएका मालबहाक गाडी क्षति हुने थिएनन् ।


     कति मालबहाक गाडी क्षति भए, यकिन तथ्याङ्क तयार हुँदै भए पनि अर्बौंको क्षति भएको अनुमान गरिएको छ । अर्कोतिर मनसुनका बेला जिल्लाका सीडीओ र प्रहरी प्रमुख कार्यस्थलमै रहने अनिवार्य व्यवस्थालाई बेवास्ता गर्ने गरिएको छ । मनसुनभर जिल्लाको कमाण्ड सम्हालेका प्रहरी र प्रशासनका अधिकारीहरु जिल्ला बाहिर जाँदा उद्दार र अरु व्यवस्थापकीय काममा ढिलाइ हुन सक्ने भएकाले अनिवार्य कार्यस्थलमै रहने व्यवस्था मिलाइएको छ । 


    तर गृहमन्त्रालयको कुनै कार्यक्रममा धुलिखेलमा रहेको भनिएको छ । यो बेला जिल्लामै रहने भन्नुको अर्थ बिदा नजाने, तर गृह मन्त्रालयको कार्यक्रममा जान पाइने भन्ने हो ? सरकारी निकाय नै विधि र नियम बनाउने, तर कार्यान्वयन नगर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।


    रसुवा बाढीबाट सिक्नुपर्ने पाठ हो, विपद् व्यवस्थामा पूर्व तयारी महत्वपूर्ण हुन्छ । सरकारी निकायले जारी गर्ने सूचना पालना स्वंय सरकारी निकायले नै पालना गर्नु पहिलो प्राथमिकता हो ।


     त्यसैगरी, आम नागरिकले पालना गर्दा जोखिम र क्षति न्यूनीकरण गर्न सकिन्छ । तहगत सरकारबिचको समन्वय र सहकार्यले मात्रै विपद् व्यवस्थापनका काम प्रभावकारी बनाउन सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij