२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाउन्नेमा सडक एकतर्फी सुचारु

दाउन्नेमा सडक एकतर्फी सुचारु

दाउन्नेमा सडक एकतर्फी सुचारु

दाउन्नेमा सडक एकतर्फी सुचारु

दाउन्नेमा सडक एकतर्फी सुचारु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • परासी । निरन्तर वर्षापछि सडक भासिदा अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सुचारु भएको छ । 

    बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका ४ खुर्सानीखोलामा आज बिहानपख तीन फिट जति सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

    अहिले भासिएको स्थानमा माटो भरेर एकतर्फी सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी (डिएसपी) विरदत्त पन्तले जानकारी दिए । सडक भासिने क्रममा फसेको लु १ ख ५८२७ नम्बरको एउटा मालबाहक ट्रक तानेर हटाइएको छ ।

    पूर्णरुपमा राजमार्ग सुचारु गराउन नारायणगढ बुटवल सडक विस्तार आयोजनाले मर्मतको काम गरिरहेको छ । गत वर्षपनि सोही स्थानमा सडक भासिदा दुई दिनसम्म राजमार्ग सुचारु हुन सकेको थिएन ।

    गत वर्ष पहिरोले भासिएको सडक मर्मत गरेर सुचारु गरिएको भएपनि यस वर्ष पानी पर्न थालेपछि सोही स्थानमा फेरि सडक भासिएको हो । 

    नारायणगढ बुटवल सडक खण्डमा पानी पर्ने बित्तिकै सडक भासिने, पहिरो खस्ने र सडक चिप्लो हुने समस्याले पटक पटक यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij