२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू आन्दोलनमा

इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू आन्दोलनमा

इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू आन्दोलनमा

इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू आन्दोलनमा

इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू आन्दोलनमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२

  • काठमाडाैं । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् ।

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको इन्जिनियरिङ अध्ययन संस्थान (इअस) इकाइहरू, प्राध्यापकका वैचारिक सङ्घ/सङ्गठनहरू र इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका सम्पूर्ण एकाइहरूले बुधबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरी त्रिभुवन  विश्वविद्यालयको हस्तक्षेपका कारण प्रशासनिक, वित्तीय र अनुसन्धानात्मक स्वायत्तता गुमेको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन् । 

    प्रा डा सङ्गीता सिंहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हस्तक्षेपको विरोध गर्दै स्वायत्तता सुनिश्चित गरौँ भन्ने मागसहित यही असार १९ गतेदेखि आफूहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिइन् । 

    सिभिल इन्जिनियर विभागका प्राध्यापक रोशन कार्कीकाअनुसार नेपाल सरकारले प्राविधिक जनशक्ति उत्पादनका लागि स्थापना गरेको अध्ययन संस्थानमाथि विश्वविद्यालयबाट हस्तक्षप हुँदा ‘रिसर्च एन्ड डेभलपमेन्ट’ गतिविधि प्रभावित भएको छ । 

    प्रा डा सुदीप भट्टराईले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका पाँचवटै आङ्गिक क्याम्पसलाई स्वायत्तता दिइनुपर्ने मागसहित ५४ जना प्राध्यापकले विभागीय प्रमुख र उपप्रमुखको जिम्मेवारीबाट राजीनामा दिएको बताए ।


    प्राध्यापकहरूले उपकुलपतिसमक्ष कर्मचारी प्रमुखमार्फत ध्यानाकर्षणसहितको मागपत्र बुझाएर आन्दोलन सुरु गरेको बताएका छन् । मागहरू पूरा नभएसम्म सम्पूर्ण शैक्षिक गतिविधिहरू (पठनपाठन, परीक्षा आदि) बन्द गर्ने निर्णयसहित आन्दोलन भइरहेको प्राध्यापक कार्कीको भनाइ छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij