२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वास्थ्य र शिक्षाको केन्द्र बन्न सक्छ बुटवल

स्वास्थ्य र शिक्षाको केन्द्र बन्न सक्छ बुटवल

स्वास्थ्य र शिक्षाको केन्द्र बन्न सक्छ बुटवल

स्वास्थ्य र शिक्षाको केन्द्र बन्न सक्छ बुटवल

स्वास्थ्य र शिक्षाको केन्द्र बन्न सक्छ बुटवल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • बुटवलको व्यापार पहिलेभन्दा खस्केपछि भविष्यबारे छलफल हुन थालेको छ । व्यवसायिक संघ–संस्थाहरुले खस्केको व्यापार उकास्न छलफल चलाए पनि त्यसको अपेक्षित नतिजा निस्कन सकेको छैन । व्यापार खस्कनुको कारण खोेजेर समस्या समाधानको ठोस पहल हुनुपर्नेमा छलफलका श्रृखंला चलाएर मात्रै हुँदैन ।


    प्रदेश राजधानी बुटवलबाट राप्ती उपत्यका जाँदा यहाँको व्यापार ओरालो लागेको भन्ने निष्कर्ष निकालेर समस्या समाधानको सही विन्दुमा पुग्न सकिंदैन । मुख्य कारण अरु नै छन्, धेरै कारणमध्येको सहायक कारण प्रदेश राजधानी यहाँबाट सर्नु हो । खासमा यहाँ व्यवसायीटिक्ने वातावरण भएन् । व्यवसायीले व्यवसाय गर्न सक्ने वातावरण भनेको घरभाडा, उपभोक्तालाई सहज आवागमनको लागि सडक र पार्किङ् हुुनुपर्छ । घरभाडा अचाक्ली महँगो भएपछि विस्तारै बुटवलबाट बाहिर निस्कन बाध्य भए व्यवसायी । राजमार्ग चौराहादेखि गोलपार्कसम्मको अस्तव्यस्त सडकले यहाँ बाहिरबाट उपभोक्ता आउन सकेनन् ।

    लामो समयसम्म सहरको सडक अस्तव्यस्त हुँदा व्यापार चौपट हुन्छ भन्ने हेक्का कसैलाई भएन् । कोभिड महामारीले थला परेको व्यापारका बारेमा जानकार हुँदाहुँदै यहाँका धरधनीले सटर भाडामा सहुलियत दिएर व्यवसायीलाई टिकाउन पटक्कै ध्यान दिएनन् । उद्योगी व्यापारीका नेताहरुको घरमा बसेका व्यवसायीले पनि राहत पाउन सकेनन् । सहरमा पार्किङको चर्को समस्या छ । पार्किङ व्यवस्थापनमा पटक्कै ध्यान पुगेन् । 


    अहिले सहरका सटर धमाधम खाली हुन थालेपछि बल्ल बुटवललाई कसरी गुल्जार बनाउने भन्ने चिन्ता हुन थालेको छ । सटरको चर्को भाडा घटाएर व्यवसायीलाई टिक्ने वातावरण बनाउन सक्दा सहर गुल्जारको सुरुवात हुनसक्छ । आर्थिक मन्दीको मारमा सिंगो देश परिरहेका बेला बुटवल पनि पर्ने नै भयो । देश आर्थिक मन्दीबाट मुक्त हुँदा बुटवलले मुक्ति पाउँछ कि पाउँदैन भन्ने प्रश्न महत्वपूर्ण छ । तसर्थ बुटवलमा व्यापार गरेर कमाउन सक्ने वातावरण छ भन्ने अनुभूति व्यापारीलाई हुनुपर्छ ।
    भरतपुर पछिल्ला केही वर्षयता स्वास्थ्यको हब भएको छ । केही मेडिकल कलेज र अस्पतालको स्थापनाले चितवन मेडिकल हबको पहिचान बनाउन सफल भयो । बुटवल पनि शिक्षा र स्वास्थ्यको हब बन्न सक्छ । अहिले देशका उत्कृष्ट दश विद्यालयमध्ये कालिका मानवज्ञानसहित केही विद्यालय बुटवलका हुनु यहाँको गौरव हो । वर्षेनी देशभरबाट ठूलो संख्यामा बुटवलका विद्यालय अवलोकन गर्न आउँछन् । 


    संस्थागत विद्यालयमा पनि बुटवल उत्कृष्ट भइरहेको छ । यहाँका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थी स्थानीय मात्रै नभई विभिन्न जिल्लाबाट आएका हुन् । बुटवललाई गुल्जार बनाउन यहाँका शैक्षिक संस्थाको महत्वपूर्ण योगदान रहेको छ । 


    त्यसैगरी, स्वास्थ्यमा पनि बुटवलले फड्को मार्दैछ । अत्याधुनिक सुविधासहित १२ सय शैयामा बन्न लागेको लुम्बिनी प्रादेशिक अस्पतालले आशा जगाएको छ । यो अस्पताललाई गुणस्तरीय सेवा सहित सञ्चालन गर्न सक्दा बुटवल स्वास्थ्यको हब बन्न सक्छ ।
    उकालो लागिरहेको शिक्षा र स्वास्थ्यलाई ब्राण्डिङ गरेर बुटवल उपमहानगरले बजारलाई गुल्जार बनाउन सक्छ । निराश होइन्, केही गर्न सकिन्छ र हुँदैछ भन्ने आशाको दियो बाल्न आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij