२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलको जनस्वास्थ्यमा नीतिगत प्रगतिः एक प्रतिविम्ब

बुटवलको जनस्वास्थ्यमा नीतिगत प्रगतिः एक प्रतिविम्ब

बुटवलको जनस्वास्थ्यमा नीतिगत प्रगतिः एक प्रतिविम्ब

बुटवलको जनस्वास्थ्यमा नीतिगत प्रगतिः एक प्रतिविम्ब

बुटवलको जनस्वास्थ्यमा नीतिगत प्रगतिः एक प्रतिविम्ब
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • युवराज पाण्डेय
    स्वास्थ्य कुनै पनि नगरको सामाजिक समावेशीता, आर्थिक समृद्धि र दीगो विकासको मेरुदण्ड हो । स्थानीय सरकारहरूको अधिकार विस्तारसँगै नेपालमा नगरपालिका तहमै आधारभूत स्वास्थ्य सेवाहरूको पहुँच, गुणस्तर र समावेशीतालाई केन्द्रमा राखेर काम गरिन थालिएको छ । यस सन्दर्भमा बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाले विगत केही वर्षमा देखाएको सक्रियता र नीतिगत हस्तक्षेपहरू गम्भीर मूल्याङ्कनका लागि उदाहरणीय छन् । विकेन्द्रीकृत शासन प्रणालीको मुख्य उद्देश्य जनताको नजिकबाट सेवा प्रवाह गर्नु हो । स्वास्थ्य क्षेत्रमा यो अझ संवेदनशील र आवश्यक पक्ष हो, जहाँ ढिलासुस्ती वा अनदेखीको प्रत्यक्ष प्रभाव नागरिकको जीवनसँग जोडिन्छ । 


    १. रगत आपूर्तिमा सहज पहुँचः जीवन रक्षाको आधारशिला
    नगरवासीहरूलाई स्वास्थ्य आपत्कालमा तत्काल रक्त आपूर्ति सुनिश्चित गर्न बुटवल उपमहानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक बुटवल शाखासँगको सहकार्यमार्फत् निःशुल्क सेवा प्रदान गर्दै आएको छ । यो नीति खासगरी आर्थिक रूपमा कमजोर वर्गका लागि जीवनरक्षक सावित भएको छ ।
    नागरिकहरूको स्वास्थ्य सुरक्षामा स्थानीय सरकार स्वयं प्रत्यक्ष रूपमा अग्रसर भई रक्त आपूर्ति जस्तो संवेदनशील सेवा निःशुल्क रूपमा उपलब्ध गराउनु स्थानीय सरकारको संवेदनशीलता र प्रतिबद्धताको प्रतीक हो ।


    २. एचआइभी संक्रमित बालबालिकालाई लक्षित सामाजिक संरक्षण कार्यक्रम
    १८ वर्ष मुनिका एचआइभी संक्रमित बालबालिकालाई मासिक रु. ३,००० पोषण खर्च प्रदान गर्ने कार्यक्रमले बुटवल उपमहानगरपालिकाको समावेशी स्वास्थ्य दृष्टिकोणलाई स्पष्ट पार्दछ । यो नीति न केवल पोषण अधिकारको संरक्षणमा केन्द्रित छ, तर बालमैत्री शासनको उदाहरण पनि हो ।
    यसले ‘लय यलभ भिात दभजष्लम’ भन्ने दीगो विकास लक्ष्य (क्म्न्) को मूलमन्त्रलाई व्यवहारमा उतार्ने प्रयासका रूपमा बुझ्न सकिन्छ ।


    ३. सुरक्षित मातृत्व र नवजात शिशु संरक्षण
    नगर प्रमुख स्वस्थ शिशु पोषण कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरूलाई वडा तहबाटै रु. २,००० दिने नीति सच्चा अर्थमा स्थानीय सरकारको मातृत्व अनुकुल नीति हो । यसले मातृ मृत्युदर घटाउनेतर्फ मात्र हैन, संस्थागत प्रसूति सेवाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
    स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउने परिपाटी निर्माण गर्नु मातृ–शिशु जीवनको गुणस्तर बढाउने सबल कदम हो ।

    3ffd7127-f579-4c5e-aafa-208f30be66ce.jpg
    ४. सुरक्षित गर्भपतन र प्रजनन् अधिकारको संरक्षण
    वडा नं. ११ र १२ का स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । यो कार्यक्रम महिलाको प्रजनन् अधिकारको सम्मान र स्वास्थ्य सुरक्षाको संवद्र्धनमा लक्षित छ । सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउनु केवल एक सेवा होइन, यो महिलाहरूको निर्णय स्वायत्तताको प्रत्याभूति हो ।
    नेपाल सरकारको नीतिअनुसार स्थानीय सरकारमार्फत् यस्तो सेवा प्रवाह हुनु लैंगिक न्यायतर्फको सकारात्मक प्रगति हो ।


    ५. स्वास्थ्य प्रविधिमा पहुँचः निःशुल्क भिडियो एक्सरे  सेवा
    गर्भवती महिलाको स्वास्थ्य निगरानीमा अत्यावश्यक भिडियो एक्सरे सेवा बुटवल उपमहानगरपालिकाले पूर्णरूपमा निःशुल्क प्रदान गर्दै आएको छ । यो प्रविधिको सहज पहुँचले गर्भावस्थाको जटिलतालाई पहिल्यै पत्ता लगाउन सघाएको छ । जनस्वास्थ्य नीतिमा प्रविधिको समावेशले सेवाको प्रभावकारिता बढाउनेछ भन्ने कुराको ठोस उदाहरण हो, यो सेवा ।

    गर्भवती महिलालाई निशुल्क एक्सरे सेवा.jpg
    ६. क्षयरोगमुक्त पालिका अभियान
    “टीबी अन्त्य २०३५“ राष्ट्रिय लक्ष्यलाई सघाउँदै बुटवल उपमहानगरपालिकाले क्षयरोगमुक्त पालिका अभियान आरम्भ गरेको छ । यस अभियानअन्तर्गत जनचेतना, निःशुल्क परीक्षण, पोषण सहयोग र अनुगमनलाई समाहित गरिएको छ।यी प्रयासहरूले क्षयरोग नियन्त्रण नीतिको स्थानीयकरण भएको देखाउँछ ।


    ७. स्वास्थ्य संस्था नियमन र स्तरोन्नति
    सन् २०८० मा बनाइएको मापदण्डअनुसार बुटवल उपमहानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नविकरण र स्तरोन्नतिको कार्य विधिवत अगाडि बढाएको छ । करिब ६० वटा संस्थालाई अनुमति प्रमाणपत्र प्रदान गरिनुले यो क्षेत्रीय नियमनमा सुधार भएको देखिन्छ । स्वास्थ्य क्षेत्रमा गुणस्तर कायम राख्न यस्तो नियमन अपरिहार्य हो ।


    ८. क्षयरोग बिरामीका लागि पोषण सामग्री वितरण
    विपन्न, कुपोषित र अति आवश्यक वर्गका क्षयरोग संक्रमित बिरामीलाई पोषण सामग्री वितरण गर्नु उपचारको सफलताको अनिवार्य पाटो हो । यसको नीति–प्रेरणा मात्र ‘स्वास्थ्य सेवा’ होइन, यो ‘पोषण न्याय’ र सामाजिक सुरक्षाको संयोजन हो ।


    ९. निःशुल्क प्रयोगशाला सेवा
    गर्भवती महिलालाई लक्षित गरी सुरु गरिएको निःशुल्क प्रयोगशाला सेवा गुणस्तरीय पूर्व–रोग पहिचान नीति कार्यान्वयनतर्फको ठूलो सफलता हो। मातृ स्वास्थ्य सेवामा पूर्वजानकारीले ज्यान बचाउने सम्भावना बढाउँछ, जसको आर्थिक मूल्यभन्दा मानवीय मूल्य धेरै ठूलो छ ।


    १०. जेष्ठ नागरिकको स्वास्थ्य पहुँच
    “बा आमासँग स्वास्थ्य“ कार्यक्रमअन्तर्गत करिब २,६०० जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण र उपचार प्रदान गरिएको छ । वृद्ध जनसंख्याको बढ्दो उपस्थितिमा यस्तो पहल वृद्धमैत्री शासनको संकेत हो । समाजका सबै तह र उमेरलाई ध्यानमा राख्ने जनस्वास्थ्य नीति भनेकै समावेशी नीति हो ।


    ११. पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिकाको घोषणा
    बुटवल उपमहानगरपालिका देशकै केही सीमित पालिकाहरूमध्ये एक हो, जसले ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’ को मान्यता पाएको छ । यो केवल संस्थागत उपाधि होइन, नगरको स्वास्थ्य सूचकांकमा गौरवपूर्ण फड्को हो ।


    १२. किशोर किशोरीमैत्री स्वास्थ्य केन्द्रको प्रमाणीकरण
    शहरी स्वास्थ्य केन्द्र नं. ३ लाई किशोर किशोरीमैत्री केन्द्रका रूपमा प्रमाणीकरण गरिनु विकासोन्मुख नगरमा किशोर स्वास्थ्यप्रति ध्यान दिनु भन्ने सन्देश हो । यौनिकता, मानसिक स्वास्थ्य र पोषणको प्रश्नमा किशोर–किशोरी लक्षित कार्यक्रमले समग्र मानव विकासमा योगदान पु¥याउँछ ।


    १३. दीर्घ रोगी बिपन्न नागरिकलाई आर्थिक सहयोग
    विपन्न नागरिकहरूमा सिफारिसका आधारमा दीर्घ रोगीहरूलाई रु. १७,००० सम्मको नगद भुक्तानी प्रदान गर्ने व्यवस्था केवल आर्थिक सहयोग होइन, यो स्वस्थ जीवनप्रति राज्यको उत्तरदायित्वको व्यवहारिक प्रतिविम्ब हो ।


    १४. स्वास्थ्य सेवा संरचना र स्रोत साधन व्यवस्थापन
    बुटवल उपमहानगरपालिका अन्तर्गत १८ वटै वडामा स्वास्थ्य केन्द्रहरू सञ्चालनमा छन् । करिब ६५ जना स्वास्थ्यकर्मी — पारामेडिक, नर्सिङ, आयुर्वेदिक र ल्याब सेवासहित — दैनिक सेवा प्रवाहमा खटिएका छन् । जनसंख्याको अनुपातमा हेर्दा यो संख्या अझ विस्तारयोग्य देखिए तापनि स्थानीय स्रोतको सीमामा भरपुर उपयोग भएको देखिन्छ ।


    बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाले स्थानीय सरकारको क्षमता, संवेदनशीलता र नीतिगत प्रतिबद्धताको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । स्वास्थ्य सेवा वितरणका संरचनागत पहल, लक्षित वर्गका लागि सामाजिक सुरक्षा कार्यक्रम, र प्रजनन् स्वास्थ्यमा नविन प्रयासहरूले पालिकाको स्वास्थ्य नीति केवल कागजमा हैन, व्यवहारमै क्रियाशील छ भन्ने प्रमाणित गर्छ । यी प्रयासहरूलाई निरन्तरता दिँदै भविष्यमा अझ व्यापक नागरिक सहभागिता, प्रविधिमैत्री सेवा, र पारदर्शिता अभिवृद्धि गर्न सके बुटवल उपमहानगरपालिका नेपालको नमूना ‘स्वस्थ पालिका’ बन्न सक्छ ।


    (लेखक पाण्डेय बुटवल उपमहानगरपालिकाका  जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखा  प्रमुख हुन् ।)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij