बुटवल उपमहानगरपालिका, संघीय नेपालका स्थानीय तहहरूमध्ये एक प्रमुख नगरपालिका हो, जसले पछिल्ला दुई वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै आएको छ । नगरवासीका लागि ‘शिक्षा र स्वास्थ्य सबैका लागि’ भन्ने सिद्धान्त कार्यान्वयन गर्दै जनविश्वास जित्न थालेको छ । बुटवल उपमहानगरपालिका जनस्वास्थ्य क्षेत्रमा विशेष सक्रियता देखाउँदै आएको छ । यहाँको जनस्वास्थ्य नीतिले विशेषगरी विपन्न, अशक्त र संवेदनशील समुदायहरूलाई केन्द्रमा राखेर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बुटवल उपमहानगरपालिकाले सूचना तथा प्रविधिमार्फत शिक्षाको प्रवद्र्धनमा विशेष ध्यान दिँदै आएको छ । नगरका विभिन्न विद्यालयहरूमा स्मार्ट बोर्ड, प्रोजेक्टर र इन्टरनेट सेवायुक्त स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको छ ।
गुणस्तरीय शिक्षातर्फको यात्रा
बुटवल शिक्षा क्षेत्रमा पहिल्यैदेखि अग्रणी रहँदै आएको छ । बुटवल उपमहानगरपालिकाले सूचना तथा प्रविधिमार्फत् शिक्षाको प्रवद्र्धनमा विशेष ध्यान दिँदै आएको छ । नगरका विभिन्न विद्यालयहरूमा स्मार्ट बोर्ड, प्रोजेक्टर र इन्टरनेट सेवायुक्त स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको छ। साथै, शिक्षकहरूको प्रविधिमैत्री शिक्षण क्षमता अभिवृद्धिका लागि क्ष्ऋत् तालिमहरू प्रदान गरिएको छ । स्थानीय डिजिटल प्लेटफर्म “मेरो शिक्षा“ मार्फत पाठ योजना, सिकाइ सामग्री र अभ्यासका साधनहरू उपलब्ध गराइएका छन् ।
शिक्षकहरूको पेशागत विकासमा जोड दिँदै निरन्तर तालिम कार्यक्रम, विद्यालय अनुगमन, परामर्श र कार्यसम्पादन मूल्याङ्कन प्रणालीको अभ्यास सुरु गरिएको छ । शिक्षा समावेशी र पहुँचयुक्त बनाउन अपाङ्गता मैत्री संरचना, छात्रवृत्ति कार्यक्रम, बाल संरक्षण र लैङ्गिक समानता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
विद्यालय र समुदायबिचको साझेदारी सुदृढ गर्दै क्ःऋ तथा एत्ब् लाई निर्णय प्रक्रियामा समावेश गरिएको छ। अभिभावक–शिक्षक संवाद कार्यक्रम र स्थानीय संघ–संस्थासँग सहकार्य गरेर स्रोत परिचालन गरिएको छ । बालमैत्री वातावरणका लागि सुरक्षित पूर्वाधार, बाल क्लब, बाल संसद र मानसिक स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ ।
प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीअन्तर्गत विद्यालय प्रगति मूल्याङ्कन तथा शिक्षा गुणस्तर सूचकांकको अभ्यास गरिँदैछ । नवप्रवर्तनलाई प्रोत्साहन गर्न शैक्षिक नवप्रवर्तन पुरस्कार तथा मेला सञ्चालन गरिएको छ । नगरले २०७६–८१ सम्मको पाँच वर्षे शिक्षा योजना निर्माण गरी कार्यान्वयन गरेको छ भने दोस्रो योजना मस्यौदा अन्तिम चरणमा पुगेको छ ।
कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम विकास गरी कार्यान्वयन गरिएको छ। बालविकास कक्षाको स्तरीकरण, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको स्थापना, शिक्षक तथा कर्मचारीका लागि नियमित तलब–भत्ताको व्यवस्था, अनुदान शिक्षक कोटा व्यवस्थापन तथा मासिक प्रोत्साहन प्रणाली सञ्चालनमा छन् ।
शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्नेहरूलाई नगर स्थापना दिवसको अवसरमा सम्मान गरिन्छ। नगरको वार्षिक प्रकाशन “शैक्षिक दर्पण“ मार्फत शैक्षिक कार्यक्रमहरूको पारदर्शिता र दस्तावेजीकरण गरिन्छ। “नगर प्रमुख विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम” अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत गरिएको छ । साथै, धार्मिक विद्यालयलाई वार्षिक अनुदान र छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गरिएको छ ।
संस्थागत विद्यालय वर्गीकरण, दरबन्दी मिलान र विद्यालयस्तरीय लोकनृत्य तथा खेलकुद प्रतियोगिता आयोजना गरिएको छ। निजी विद्यालयहरूको शुल्क संरचना व्यवस्थापन तथा वृद्धि प्रक्रियामा नियन्त्रण गर्दै अभिभावकको हित सुरक्षित गरिएको छ । ‘शिक्षामा अब्बल, हाम्रो बुटवल’ परिकल्पनाअन्तर्गत विद्यालयको समग्र विकासमा जोड दिइएको छ ।
विद्यालयहरूको न्यूनतम मापदण्ड अनुरूप पूर्वाधार विकास, ‘छोरी पढाऔँ, समाज बनाऔँ’ कार्यक्रम अन्तर्गत छात्रालाई निःशुल्क बिटिआईमा अध्ययन सुविधा, स्थानीय बालबालिकालाई प्राथमिकता र प्रधानाध्यापक सरुवा नीति लागु गरिएको छ । ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरी असहाय विद्यार्थीलाई छात्रवृत्ति, पोशाक, सामग्री उपलब्ध गराइएको छ ।
द्यत्क्ष् लाई उपमहानगरको मातहत ल्याउने पहल र प्राविधिक विषयहरूमा उच्च शिक्षाको विस्तारको तयारी भइरहेको छ । फरक क्षमताका बालबालिकाका लागि विशेष शिक्षा कार्यक्रम तथा व्यवसायिक शिक्षाको पहुँच विस्तार गरी स्वरोजगारमुखी शिक्षामा ध्यान दिइएको छ। बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री वातावरण निर्माण गर्दै बालविकास केन्द्रहरूको सुदृढीकरणमा पहल गरिएको छ ।
शैक्षिक सम्मेलन तथा करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरी विद्यार्थीको भविष्य निर्माणमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विकास, निजी विद्यालयमा १०% छात्रवृत्ति अनिवार्य लागू, विपन्न बालबालिकालाई निःशुल्क पोशाक वितरण, शिक्षक र कर्मचारीको क्षमता विकास तथा दरबन्दी समायोजन, छात्रवृत्ति वितरणमा एकद्वार प्रणाली लागू गरिँदैछ ।
स्थानीय पाठ्यक्रम परिमार्जन गर्दै बुटवलको जातीय, भाषिक र सांस्कृतिक पहिचान समेटिएको विषयवस्तु विकास गरिँदैछ । बालशिक्षा दरबन्दी सिर्जना तथा समावेशी नियुक्ति नीति, विद्यालय खाजा कार्यक्रम, छात्राहरूलाई सेनेटरी प्याड वितरण, संस्थागत विद्यालय वर्गीकरण र न्यूनतम मापदण्ड अनुसार सञ्चालनको नीति कार्यान्वयन हुँदैछ ।
विद्यालयस्तरमै सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य र पोषण सेवा प्रवद्र्धन गरिँदैछ। अन्ततः ‘एक विद्यार्थी एक बैंक खाता’ नीतिको कार्यान्वयनमार्फत बालबालिकामा बचत संस्कारको विकास र वित्तीय साक्षरता प्रवद्र्धन गरिने लक्ष्य रहेको छ ।
स्वास्थ्य सेवामा पहुँच र गुणस्तर दुवैमा सुधार
स्वास्थ्य कुनै पनि नगरको सामाजिक समावेशीता, आर्थिक समृद्धि र दीगो विकासको मेरुदण्ड हो । स्थानीय सरकारहरूको अधिकार विस्तारसँगै नेपालमा नगरपालिका तहमै आधारभूत स्वास्थ्य सेवाहरूको पहुँच, गुणस्तर र समावेशीतालाई केन्द्रमा राखेर काम गरिन थालिएको छ। यस सन्दर्भमा बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाले विगत केही वर्षमा देखाएको सक्रियता र नीतिगत हस्तक्षेपहरू गम्भीर मूल्याङ्कनका लागि उदाहरणीय छन् । विकेन्द्रीकृत शासन प्रणालीको मुख्य उद्देश्य जनताको नजिकबाट सेवा प्रवाह गर्नु हो । स्वास्थ्य क्षेत्रमा यो अझ संवेदनशील र आवश्यक पक्ष हो, जहाँ ढिलासुस्ती वा अनदेखीको प्रत्यक्ष प्रभाव नागरिकको जीवनसँग जोडिन्छ ।
नगरबासीहरूलाई स्वास्थ्य आपत्कालमा तत्काल रक्त आपूर्ति सुनिश्चित गर्न बुटवल उपमहानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक बुटवल शाखासँगको सहकार्यमार्फत निशुल्क सेवा प्रदान गर्दै आएको छ। यो नीति खासगरी आर्थिक रूपमा कमजोर वर्गका लागि जीवनरक्षक सावित भएको छ । नागरिकहरूको स्वास्थ्य सुरक्षामा स्थानीय सरकार स्वयं प्रत्यक्ष रूपमा अग्रसर भई रक्त आपूर्ति जस्तो संवेदनशील सेवा निःशुल्क रूपमा उपलब्ध गराउनु स्थानीय सरकारको संवेदनशीलता र प्रतिबद्धताको प्रतीक हो ।
१८ वर्ष मुनिका एचआईभी संक्रमित बालबालिकालाई मासिक रु. ३,००० पोषण खर्च प्रदान गर्ने कार्यक्रमले बुटवल उपमहानगरपालिकाको समावेशी स्वास्थ्य दृष्टिकोणलाई स्पष्ट पार्दछ । यो नीति न केवल पोषण अधिकारको संरक्षणमा केन्द्रित छ, तर बालमैत्री शासनको उदाहरण पनि हो ।
नगर प्रमुख स्वस्थ शिशु पोषण कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरूलाई वडा तहबाटै रु. २,००० दिने नीति सच्चा अर्थमा स्थानीय सरकारको मातृत्व अनुकुल नीति हो । यसले मातृ मृत्युदर घटाउनेतर्फ मात्र हैन, संस्थागत प्रसूति सेवाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउने परिपाटी निर्माण गर्नु मातृ–शिशु जीवनको गुणस्तर बढाउने सबल कदम हो ।
वडा नं. ११ र १२ का स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा शुरू गरिएको छ। यो कार्यक्रम महिलाको प्रजनन् अधिकारको सम्मान र स्वास्थ्य सुरक्षाको संवद्र्धनमा लक्षित छ । सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउनु केवल एक सेवा होइन, यो महिलाहरूको निर्णय स्वायत्तताको प्रत्याभूति हो। नेपाल सरकारको नीतिअनुसार स्थानीय सरकारमार्फत् यस्तो सेवा प्रवाह हुनु लैंगिक न्यायतर्फको सकारात्मक प्रगति हो ।
गर्भवती महिलाको स्वास्थ्य निगरानीमा अत्यावश्यक भिडियो एक्सरे सेवा बुटवल उपमहानगरपालिकाले पूर्ण रूपमा निःशुल्क प्रदान गर्दै आएको छ। यो प्रविधिको सहज पहुँचले गर्भावस्थाको जटिलतालाई पहिल्यै पत्ता लगाउन सघाएको छ । जनस्वास्थ्य नीतिमा प्रविधिको समावेशले सेवाको प्रभावकारिता बढाउनेछ भन्ने कुराको ठोस उदाहरण हो यो सेवा ।
‘टीबी अन्त्य २०३५’ राष्ट्रिय लक्ष्यलाई सघाउँदै बुटवल उपमहानगरपालिकाले क्षयरोगमुक्त पालिका अभियान आरम्भ गरेको छ। यस अभियानअन्तर्गत जनचेतना, निःशुल्क परीक्षण, पोषण सहयोग र अनुगमनलाई समाहित गरिएको छ । यी प्रयासहरूले क्षयरोग नियन्त्रण नीतिको स्थानीयकरण भएको देखाउँछ । सन् २०८० मा बनाइएको मापदण्डअनुसार बुटवल उपमहानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नविकरण र स्तरोन्नतिको कार्य विधिवत अगाडि बढाएको छ। करिब ६० वटा संस्थालाई अनुमति प्रमाणपत्र प्रदान गरिनुले यो क्षेत्रीय नियमनमा सुधार भएको देखिन्छ । स्वास्थ्य क्षेत्रमा गुणस्तर कायम राख्न यस्तो नियमन अपरिहार्य हो ।
बिपन्न, कुपोषित र अति आवश्यक वर्गका क्षयरोग संक्रमित बिरामीलाई पोषण सामग्री वितरण गर्नु उपचारको सफलताको अनिवार्य पाटो हो। यसको नीति–प्रेरणा मात्र ‘स्वास्थ्य सेवा’ होइन, यो ‘पोषण न्याय’ र सामाजिक सुरक्षाको संयोजन हो ।
गर्भवती महिलालाई लक्षित गरी सुरु गरिएको निःशुल्क प्रयोगशाला सेवा गुणस्तरीय पूर्व–रोग पहिचान नीति कार्यान्वयनतर्फको ठूलो सफलता हो। मातृ स्वास्थ्य सेवामा पूर्वजानकारीले ज्यान बचाउने सम्भावना बढाउँछ, जसको आर्थिक मूल्यभन्दा मानवीय मूल्य धेरै ठूलो छ ।
“बा आमा संग स्वास्थ्य“ कार्यक्रमअन्तर्गत करिब २,६०० जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण र उपचार प्रदान गरिएको छ । वृद्ध जनसंख्याको बढ्दो उपस्थितिमा यस्तो पहल वृद्धमैत्री शासनको संकेत हो । समाजका सबै तह र उमेरलाई ध्यानमा राख्ने जनस्वास्थ्य नीति भनेकै समावेशी नीति हो ।
बुटवल उपमहानगरपालिका देशकै केही सीमित पालिकाहरू मध्ये एक हो जसले ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’को मान्यता पाएको छ । यो केवल संस्थागत उपाधि होइन, नगरको स्वास्थ्य सूचकांकमा गौरवपूर्ण फड्को हो ।
शहरी स्वास्थ्य केन्द्र नं. ३ लाई किशोर किशोरीमैत्री केन्द्रका रूपमा प्रमाणीकरण गरिनु विकासोन्मुख नगरमा किशोर स्वास्थ्यप्रति ध्यान दिनु भन्ने सन्देश हो । यौनिकता, मानसिक स्वास्थ्य र पोषणको प्रश्नमा किशोर–किशोरी लक्षित कार्यक्रमले समग्र मानव विकासमा योगदान पु¥याउँछ ।
बिपन्न नागरिकहरूमा सिफारिसका आधारमा दीर्घ रोगीहरूलाई रु. १७,००० सम्मको नगद भुक्तानी प्रदान गर्ने व्यवस्था केवल आर्थिक सहयोग होइन, यो स्वस्थ जीवनप्रति राज्यको उत्तरदायित्वको व्यवहारिक प्रतिविम्ब हो ।
बुटवल उपमहानगरपालिका अन्तर्गत १८ वटै वडामा स्वास्थ्य केन्द्रहरू संचालनमा छन्। करिब ६५ जना स्वास्थ्यकर्मी - पारामेडिक, नर्सिङ, आयुर्वेदिक र ल्याब सेवासहित - दैनिक सेवा प्रवाहमा खटिएका छन्। जनसंख्याको अनुपातमा हेर्दा यो संख्या अझ विस्तारयोग्य देखिए तापनि स्थानीय स्रोतको सीमामा भरपुर उपयोग भएको देखिन्छ ।




