टिकाराम पन्थी
बुटवल उपमहानगरपालिकाले सूचना तथा प्रविधिमार्फत् शिक्षाको प्रवद्र्धनमा विशेष ध्यान दिँदै आएको छ । नगरका विभिन्न विद्यालयहरूमा स्मार्ट बोर्ड, प्रोजेक्टर र इन्टरनेट सेवायुक्त स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको छ। साथै, शिक्षकहरूको प्रविधिमैत्री शिक्षण क्षमता अभिवृद्धिका लागि क्ष्ऋत् तालिमहरू प्रदान गरिएको छ । स्थानीय डिजिटल प्लेटफर्म ‘मेरो शिक्षा’ मार्फत् पाठ योजना, सिकाइ सामग्री र अभ्यासका साधनहरू उपलब्ध गराइएका छन् ।
शिक्षकहरूको पेशागत विकासमा जोड दिँदै निरन्तर तालिम कार्यक्रम, विद्यालय अनुगमन, परामर्श र कार्यसम्पादन मूल्याङ्कन प्रणालीको अभ्यास सुरु गरिएको छ । शिक्षा समावेशी र पहुँचयुक्त बनाउन अपाङ्गता मैत्री संरचना, छात्रवृत्ति कार्यक्रम, बाल संरक्षण र लैङ्गिक समानतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
विद्यालय र समुदायबिचको साझेदारी सुदृढ गर्दै क्ःऋ तथा एत्ब् लाई निर्णय प्रक्रियामा समावेश गरिएको छ । अभिभावक–शिक्षक संवाद कार्यक्रम र स्थानीय संघ–संस्थासँग सहकार्य गरेर स्रोत परिचालन गरिएको छ। बालमैत्री वातावरणका लागि सुरक्षित पूर्वाधार, बाल क्लब, बाल संसद र मानसिक स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ ।
प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीअन्तर्गत विद्यालय प्रगति मूल्याङ्कन तथा शिक्षा गुणस्तर सूचकांकको अभ्यास गरिँदैछ । नवप्रवर्तनलाई प्रोत्साहन गर्न शैक्षिक नवप्रवर्तन पुरस्कार तथा मेला सञ्चालन गरिएको छ । नगरले २०७६–८१ सम्मको पाँच वर्षे शिक्षा योजना निर्माण गरी कार्यान्वयन गरेको छ भने दोस्रो योजना मस्यौदा अन्तिम चरणमा पुगेको छ ।

कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम विकास गरी कार्यान्वयन गरिएको छ । बालविकास कक्षाको स्तरीकरण, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको स्थापना, शिक्षक तथा कर्मचारीका लागि नियमित तलब–भत्ताको व्यवस्था, अनुदान शिक्षक कोटा व्यवस्थापन तथा मासिक प्रोत्साहन प्रणाली सञ्चालनमा छन् ।
शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्नेहरूलाई नगर स्थापना दिवसको अवसरमा सम्मान गरिन्छ। नगरको वार्षिक प्रकाशन ‘शैक्षिक दर्पण’ मार्फत् शैक्षिक कार्यक्रमहरूको पारदर्शिता र दस्तावेजीकरण गरिन्छ । ‘नगर प्रमुख विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत गरिएको छ । साथै, धार्मिक विद्यालयलाई वार्षिक अनुदान र छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गरिएको छ ।
संस्थागत विद्यालय वर्गीकरण, दरबन्दी मिलान र विद्यालयस्तरीय लोकनृत्य तथा खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । निजी विद्यालयहरूको शुल्क संरचना व्यवस्थापन तथा वृद्धि प्रक्रियामा नियन्त्रण गर्दै अभिभावकको हित सुरक्षित गरिएको छ । ‘शिक्षामा अब्बल, हाम्रो बुटवल’ परिकल्पनाअन्तर्गत विद्यालयको समग्र विकासमा जोड दिइएको छ ।
विद्यालयहरूको न्यूनतम मापदण्ड अनुरूप पूर्वाधार विकास, ‘छोरी पढाऔँ, समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत छात्रालाई निःशुल्क बिटिआईमा अध्ययन सुविधा, स्थानीय बालबालिकालाई प्राथमिकता र प्रधानाध्यापक सरुवा नीति लागु गरिएको छ । ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरी असहाय विद्यार्थीलाई छात्रवृत्ति, पोशाक, सामग्री उपलब्ध गराइएको छ ।
विटिआई लाई उपमहानगरको मातहत ल्याउने पहल र प्राविधिक विषयहरूमा उच्च शिक्षाको विस्तारको तयारी भइरहेको छ । फरक क्षमताका बालबालिकाका लागि विशेष शिक्षा कार्यक्रम तथा व्यवसायिक शिक्षाको पहुँच विस्तार गरी स्वरोजगारमुखी शिक्षामा ध्यान दिइएको छ । बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री वातावरण निर्माण गर्दै बालविकास केन्द्रहरूको सुदृढीकरणमा पहल गरिएको छ ।
शैक्षिक सम्मेलन तथा करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरी विद्यार्थीको भविष्य निर्माणमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विकास, निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य लागू, विपन्न बालबालिकालाई निःशुल्क पोशाक वितरण, शिक्षक र कर्मचारीको क्षमता विकास तथा दरबन्दी समायोजन, छात्रवृत्ति वितरणमा एकद्वार प्रणाली लागू गरिँदैछ ।
स्थानीय पाठ्यक्रम परिमार्जन गर्दै बुटवलको जातीय, भाषिक र सांस्कृतिक पहिचान समेटिएको विषयवस्तु विकास गरिँदैछ । बालशिक्षा दरबन्दी सिर्जना तथा समावेशी नियुक्ति नीति, विद्यालय खाजा कार्यक्रम, छात्राहरूलाई सेनेटरी प्याड वितरण, संस्थागत विद्यालय वर्गीकरण र न्यूनतम मापदण्ड अनुसार सञ्चालनको नीति कार्यान्वयन हुँदैछ ।
विद्यालयस्तरमै सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य र पोषण सेवा प्रवद्र्धन गरिँदैछ । अन्ततः ‘एक विद्यार्थी एक बैंक खाता’ नीतिको कार्यान्वयनमार्फत् बालबालिकामा बचत संस्कारको विकास र वित्तीय साक्षरता प्रवद्र्धन गरिने लक्ष्य रहेको छ ।
सूचना तथा प्रविधिमार्फत् शिक्षाको प्रवद्र्धन
सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत् नगरका सामुदायिक विद्यालयहरूमा शिक्षा गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ। बुटवलका थुप्रै विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गरिएको छ, जसमा स्मार्ट बोर्ड, इन्टरनेट सेवा र मल्टिमिडिया प्रोजेक्टर जस्ता प्रविधि उपलब्ध छन् ।

शिक्षक पेशागत विकासमा निरन्तरता
गुणस्तरीय शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धिमा निरन्तर जोड दिइएको छ । विषयगत, पेडागोजिकल र प्रविधिमैत्री तालिमहरू नियमित रूपमा सञ्चालन गरिन्छ । विद्यालय निरीक्षण, सहजीकरण तथा सहपाठी मूल्याङ्कन प्रणालीमार्फत् शिक्षकहरूको कार्यसम्पादनलाई परिणाममुखी बनाइएको छ ।
समावेशी र पहुँचयुक्त शिक्षा
बुटवलले सबैका लागि शिक्षा भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै अपाङ्गता मैत्री संरचना, छात्रवृत्ति कार्यक्रम र लैङ्गिक समानतामूलक पहलहरू सञ्चालन गरेको छ । विशेषगरी दलित, मुस्लिम, विपन्न तथा फरक क्षमता भएका बालबालिकालाई लक्षित गर्दै छात्रवृत्ति र विशेष शिक्षण कार्यक्रमहरू लागू गरिएका छन् । बाल संरक्षण र लैङ्गिक समानतासम्बन्धी सचेतना कार्यक्रमहरू विद्यालयमै सञ्चालन गरेर विद्यार्थीहरूको सामाजिक चेतना अभिवृद्धि गरिएको छ ।
विद्यालय–समुदाय साझेदारी सुदृढीकरण
विद्यालय सुधारमा समुदायको सहभागिता सुनिश्चित गर्दै एसएमसी, पिटिएलाई निर्णय प्रक्रियामा उत्तरदायी बनाइएको छ । अभिभावक–शिक्षक संवाद कार्यक्रमहरू नियमित रुपमा सञ्चालित छन्, जसले विद्यालयप्रति समुदायको स्वामित्व र उत्तरदायित्व बढाएको छ । साथै, स्थानीय संघ–संस्था र दातृ निकायसँग सहकार्य गर्दै स्रोत परिचालनमा समन्वयात्मक अभ्यास गरिएको छ ।
सुरक्षित र स्वच्छ विद्यालय संरचना निर्माणमार्फत् शिक्षण–सिकाइ वातावरणलाई बालमैत्री बनाइएको छ । बाल क्लब, बाल संसद तथा मानसिक स्वास्थ्य परामर्श कार्यक्रमहरू विद्यालयमा सञ्चालित छन् ।
शिक्षा शाखाले हरेक विद्यालयबाट त्रैमासिक शैक्षिक प्रगति प्रतिवेदन संकलन गर्छ। शिक्षा गुणस्तर सूचकांक तयार पारेर विद्यालय मूल्याङ्कनको वैज्ञानिक विधि अपनाइएको छ, जसले कमजोर पक्ष पत्ता लगाएर सुधार योजना तयार गर्न सहयोग पु¥याएको छ ।
शैक्षिक नवप्रवर्तन र प्रेरणा कार्यक्रमहरू
शैक्षिक नवप्रवर्तन पुरस्कार तथा मेला जस्ता कार्यक्रमहरू सञ्चालन गरेर सिर्जनशील शिक्षक र विद्यालयलाई प्रेरणा प्रदान गरिएको छ । शिक्षकको सम्मान, नविन विचारको प्रदर्शन तथा शिक्षण विधिमा नवप्रयोगलाई प्राथमिकता दिइएको छ ।
सन् २०७६–२०८१ सम्मको पाँच वर्षे शिक्षा योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ भने दोस्रो चरणको योजना निर्माण अन्तिम मस्यौदामा पुगेको छ । यस्तै, स्थानीय संस्कृति, भूगोल र सामाजिक सन्दर्भमा आधारित पाठ्यक्रम निर्माण गरिएको छ, जुन परिमार्जनको चरणमा छ ।
भौतिक पूर्वाधार र शैक्षिक साधनको विकास
सभी माध्यमिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, शौचालय, खानेपानी, कम्पाउन्ड, खेलमैदान निर्माण तथा मर्मत गरिँदै शिक्षण वातावरण सुदृढ पारिएको छ । नगरप्रमुख विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम यसतर्फको उत्कृष्ट अभ्यास हो ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मासिक तलब–भत्ता उपमहानगरपालिकाबाट नियमित निकासा गरिँदै आएको छ। साथै, ३६ जना अनुदान शिक्षकको व्यवस्था, बालविकास सहयोगीहरूलाई मासिक प्रोत्साहन, र दरबन्दी मिलान कार्यक्रमहरू शिक्षा शाखाको व्यवस्थापन कौशलको उदाहरण हुन्।
शुल्क संरचना, छात्रवृत्ति वितरण, र विद्यालय वर्गीकरणजस्ता क्षेत्रमा नगरपालिका सक्रिय भएर अभिभावकमैत्री व्यवस्था लागू गरेको छ । निजी विद्यालयहरूमा न्यूनतम १० प्रतिशत छात्रवृत्ति अनिवार्य बनाइएको छ ।
‘छोरी पढाऔं, समाज बनाऔं’ कार्यक्रमअन्तर्गत छात्राहरूलाई प्राविधिक शिक्षामा निःशुल्क अवसर दिइएको छ । बुटवल टेक्निकल इन्स्टिच्युटको सुदृढीकरण र प्राविधिक शिक्षा विस्तारले महिलालाई आत्मनिर्भर बनाउने मार्ग खोलिएको छ ।
फरक क्षमताका बालबालिकालाई लक्षित गर्दै विशेष शिक्षा कार्यक्रम, बालमैत्री संरचना, छात्रामैत्री तथा अपाङ्गमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइएको छ। शिक्षा क्षेत्रमा एकद्वार प्रणालीमार्फत छात्रवृत्ति वितरण गरी पारदर्शिता कायम गरिएको छ ।
स्थानीय पाठ्यक्रममा भाषा, जातीयता, संस्कृति, नैतिकता, लैङ्गिक हिंसा विरुद्ध शिक्षा, ट्राफिक सचेतना, सरसफाइ, योग, र लागूपदार्थविरुद्ध शिक्षा समावेश गरिँदैछ ।
विद्यालयस्तरीय लोकनृत्य, फुटबल प्रतियोगिता, शैक्षिक सम्मेलन, करियर काउन्सिलिङ कार्यक्रमहरू तथा एक विद्यार्थी एक बैंक खाता नीति मार्फत शैक्षिक वातावरणलाई विविधतापूर्ण बनाइएको छ ।
बुटवल उपमहानगरपालिकाले आफ्ना क्षेत्रभित्रका सबै निजी तथा संस्थागत विद्यालयमा शुल्क व्यवस्थापनलाई प्राथमिकता दिएको छ। विद्यालयहरूले लिने शुल्कको दर तथा वृद्धिलाई नियमन गरी अभिभावकहरूको हित सुरक्षित गरिएको छ । यसबाट शिक्षा क्षेत्रमा पारदर्शिता र निष्पक्षता कायम भएको छ ।
निजी विद्यालयहरूले लिने शुल्क संरचना र वृद्धि प्रक्रियालाई अभिभावकको हितलाई ध्यानमा राखी व्यवस्थित गरिएको छ । यसले विद्यालयहरूले अनियन्त्रित रूपमा शुल्क वृद्धि गर्न नपाउने सुनिश्चित गरेको छ, जसले शिक्षा सबैको पहुँचमा ल्याउन सहयोग गरेको छ ।
नगरप्रमुख शैक्षिक विकास कार्यक्रमअन्तर्गत विद्यालयहरूको शैक्षिक र भौतिकस्तर सुधार गरिँदैछ । यस कार्यक्रमले विद्यालयहरूको मात्र नभई विद्यार्थीहरूको पनि समग्र विकासमा जोड दिएको छ, जस्तै पाठ्यक्रम बाहेकका सीप, संस्कार, संस्कृति, खेलकुद, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिनेछन् । साथै, उत्पादन हुने जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धी बनाउन पहल गरिनेछ ।
आधारभूत तथा माध्यमिक विद्यालयहरूलाई न्यूनतम शैक्षिक तथा भौतिक पूर्वाधारले सम्पन्न बनाउने कार्यक्रम सञ्चालन भइरहेको छ । यसले सबै विद्यालयहरूमा समान शैक्षिक वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ ।
बालबालिकालाई आफ्नै नगरपालिका भित्रै शिक्षाको अवसर प्रदान गर्न पहिलो प्राथमिकता दिने नीति लागू गरिएको छ ।
साथै, विद्यालयका प्रधानाध्यापकहरूलाई तीन–तीन वर्षमा अन्तरविद्यालय सरुवा गर्ने नीति अपनाइँदैछ, जसले नेतृत्वमा नवीनता र उत्तरदायित्वको भावना विकास गराउनेछ ।
असहाय तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री प्रदान गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको छ। यसले शिक्षामा समावेशिता र समान अवसर सुनिश्चित गरेको छ ।
बीटीआइसँगका कार्यक्रम
बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था गरिएको छ, जसले महिला शिक्षा प्रवद्र्धन र लैङ्गिक समानतामा टेवा पु¥याएको छ ।
बीटीआइको स्थायित्व र सुदृढीकरणका लागि नीति तथा ऐन निर्माण गरी प्राविधिक शिक्षा थप व्यवस्थित बनाइँदैछ । डिप्लोमा तहका इञ्जिनियरिङ विषयहरू र अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङ अध्ययन प्रारम्भ गरिने योजना छ ।
फरक क्षमता भएका बालबालिकाहरूलाई आवश्यक शिक्षा प्रदान गर्न विभिन्न संघसंस्थासँग सहकार्य गरी विशेष कार्यक्रम सञ्चालन गरिनेछ, जसले समावेशी शिक्षालाई प्रवद्र्धन गर्नेछ ।
माध्यमिक तहका विद्यालयहरूमा प्राविधिक र व्यवसायिक शिक्षाको पहुँच विस्तार गरी स्वरोजगार सिर्जना गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिइँदैछ ।
अन्य योजना तथा उपलब्धि
बाल, छात्रा तथा अपाङ्गमैत्री वातावरण नबनेका विद्यालयहरूलाई पर्याप्त स्रोत साधन उपलब्ध गराई यो वर्षभित्रै सुधार गर्ने लक्ष्य राखिएको छ । बालविकास केन्द्रहरूलाई बाल मनोविज्ञान अनुरूप सुरक्षित, सुविधा सम्पन्न बनाइँदैछ । तीन जना नर्स, पाँच जना बालविकास शिक्षक तथा पाँच जना अन्य शिक्षकको दरबन्दी थप गरिनेछ ।
शैक्षिक क्षेत्रका आवश्यकता पहिचान गर्न शैक्षिक सम्मेलन आयोजना गरिनेछ । माध्यमिक तह पूरा गरेका विद्यार्थीहरूलाई जीवनवृत्ति परामर्श गरिनेछ, जसले विद्यार्थीहरूको भविष्य निर्माणमा ठोस सहयोग गर्नेछ ।
सवै सामुदायिक विद्यालयहरूलाई प्रविधियुक्त बनाउँदै सूचना तथा सञ्चार प्रविधिमार्फत् डिजिटल लर्निङ पोर्टलको स्थापना र कम्प्युटर शिक्षा अनिवार्य गरिनेछ ।
छात्रवृत्ति तथा सहुलियतलाई व्यवस्थित गर्न एकद्वार प्रणालीमार्फत वितरण प्रणाली सञ्चालन गरिनेछ, जसले प्रभावकारी र पारदर्शी वितरण सुनिश्चित गर्नेछ । स्थानीय पाठ्यक्रम परिमार्जन गर्दै जातीय पहिचान, भाषा, संस्कृति र सामाजिक चेतना समेटिएको विषयवस्तु विकास गरिनेछ। साथै, नैतिक शिक्षा, लैङ्गिक हिंसाविरुद्ध शिक्षा, ट्राफिक शिक्षा, योग शिक्षा, सरसफाई र लागूपदार्थ विरुद्धको शिक्षा समावेश गरिनेछ ।
सामुदायिक विद्यालयहरूमा आवश्यकता अनुसार बालशिक्षा दरबन्दी सिर्जना गरिनेछ । साथै, शिक्षक नियुक्तिमा समावेशी सिद्धान्तलाई कडाइका साथ लागू गरिनेछ ।
विद्यालयमा खाजा वितरण कार्यक्रम थप व्यवस्थित गर्दै विद्यार्थीका लागि खाजा रकम प्रतिदिन २५ रुपैयाँ पु¥याइनेछ । साथै, छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। संस्थागत विद्यालयहरूको वर्गीकरण गरी न्यूनतम मापदण्डअनुसार मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ, जसले विद्यालयहरूको गुणस्तरमा सुधार ल्याउनेछ ।
विद्यालयस्तरमै सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य र पोषण सेवा प्रवद्र्धन गरिँदैछ, जसले विद्यार्थी र सुत्केरी आमाहरूलाई प्रत्यक्ष फाइदा पुर्याउनेछ। हरेक विद्यार्थीको नाममा बैंक खाता खोल्ने नीति कार्यान्वयन गरिनेछ, जसबाट बाल्यकालदेखि नै विद्यार्थीहरूमा बचत संस्कारको विकास हुने अपेक्षा गरिएको छ ।
निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य लागू
निजी विद्यालयहरूलाई हरेक कक्षामा कम्तीमा १०% छात्रवृत्ति अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिँदैछ । साथै, प्रत्येक वर्षको अन्त्यमा यसको विवरण नगरमा बुझाउनु पर्नेछ । सामुदायिक विद्यालयमा अध्ययनरत भौगोलिक रूपमा पिछडिएका तथा विपन्न बालबालिकाका लागि विद्यालयसम्म पहुँच बढाउन निःशुल्क पोशाक वितरण गरिनेछ ।'
शिक्षक तथा विद्यालय कर्मचारीहरूको क्षमता विकास गरिनेछ। दरबन्दीको अध्ययन गरी आवश्यक समायोजन गरिने तथा पारिश्रमिक वृद्धि गरिँदै समयानुकूल समायोजन गरिनेछ ।
पन्थी, बुटवल उपमहानगरपालिका, शिक्षा शाखा प्रमुख हुन् ।




