२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्वार्थनगरको नीति तथा बजेट पारित, महात्मा गौतमबुद्व कप सन्चालनमा ल्याईने

सिद्वार्थनगरको नीति तथा बजेट पारित, महात्मा गौतमबुद्व कप सन्चालनमा ल्याईने

सिद्वार्थनगरको नीति तथा बजेट पारित, महात्मा गौतमबुद्व कप सन्चालनमा ल्याईने

सिद्वार्थनगरको नीति तथा बजेट पारित, महात्मा गौतमबुद्व कप सन्चालनमा ल्याईने

सिद्वार्थनगरको नीति तथा बजेट पारित, महात्मा गौतमबुद्व कप सन्चालनमा ल्याईने
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • भैरहवा ।  सिद्वार्थनगर नगरपालिका रुपन्देहिको निति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको छ ।

    नगर प्रमुख एबम संविधान सभा सदस्य इश्तियाक अहमद खानले नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उप प्रमुख उमा अधिकारिले प्रस्तुत गरेको नगरपालिको आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट नगर सभाबाट पारित भएको हो ।

    नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्व ३६ करोड ६५ लाखको अनुमानित बजेट ल्याएको हो । यस मध्ये ४४ दसमलव ४ प्रतिसत चालू तर्फ र ५५ दशमलव ६ प्रतिशत पुजिगत तर्फ बिनियोजन गरिएको छ ।

    यस बर्षको बजेटमा महात्मा गौतमबुद्व कप सन्चालनमा ल्याउनको लागि समेत बजेट छुट्ट्याइएको छ । नगर प्रमुख खानले बिगत देखि हुँदै आएको मेयर कपको नाम परिवर्तन गरि सिद्वार्थनगर कप बनाएका छन्  ।

    आगामी आर्थिक बर्षको लागि क्षेत्र गतरुपमा पुर्वाधार तर्फ ६९ करोड ७ लाख, आर्थिक विकास तर्फ १ करोड १६ लाख , सामाजिक विकास तर्फ ३२ करोड ७२ लाख, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ २ करोड, प्रशासनिक सुशासन सेवा प्रवाह तर्फ ३० करोड ८७ लाख बजेट बिनियोजन गरिएको छ । 

    सिद्वार्थनगरको बजेटमा नगरबासीको समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित हुने, नगरपालिका भित्रको उद्योग, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने, डिजिटल र ग्रिन क्लिन इको फ्रेन्ड्ली नगरपालिकाको रुपमा विकास गर्ने, युवालाई नगरभित्रै आर्थिक गतिविधिमा आबद्ध हुन अभिप्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने, सार्वजनिक सम्पत्तिको जगेर्ना गर्ने तथा स्रोत र साधनको मितव्ययी, प्रभावकारी एवम् परिणाममुखी परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको छ।

    बजेटले गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने, निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, प्रशासकीय सुशासन कायम गर्ने, सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त तथा सेवाग्राही मैत्री बनाउने, नगरबासीलाई घरदैलोमै स्थानीय सरकारको अनुभुति दिलाउने उदेश्य लिएको छ । 

    त्यस्तै बजेटमा शुसासन र संस्थागत सुदृढीकरण, सामाजिक समावेशिता र मानव विकास, पूर्वाधार र वातावरणीय सुधार, आर्थिक समृद्धि र रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा जस्ता विसयलाइ प्राथमिकतामा राखिएको छ ।

    नगर सभाले कर तथा गैरकर राजश्व लगाउने र उठाउने विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ निर्माण व्यवसाय ऐन, २०७४ मा संशोधन गर्न बनेको विधेयक २०८२ र प्राविधिक कर्मचारी करारमा व्यवस्था गर्ने ऐन, २०८१ मा संशोधन गर्न बनेको विधेयक २०८२ पनि पारित गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij