२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ  सञ्चालन हुने पक्का

तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ  सञ्चालन हुने पक्का

तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ  सञ्चालन हुने पक्का

तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ  सञ्चालन हुने पक्का

तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ  सञ्चालन हुने पक्का
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • बुटवल । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ । 


    नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रमका लागि ४०÷४० जनाको कोटा समेत निर्धारण गरेको छ ।

    सिटिइभिटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।


    तिलोत्तमाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल वा भैरहवाको भीम अस्पतालसँग सम्झौता गरिने जनाएको छ । तिलोत्तमा नगर पालिकाका नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाले आर्थिक वर्ष २०८२ ।८३ को नीति तथा कार्यक्रम र वजेटमै प्राविधिक शिक्षालय संचालनका लागि नीति गत रुपमा निर्णय गदै रकम विनियोजन गरेको बताए  ।

    नगर प्रमुख खांणले सबैको प्रयत्नले प्राविधिक शिक्षालय सञ्चालनको विषयले सार्थकता पाउनु सबैको लागि खुशी र यस क्षेत्रका लागि गौरवको विषय भएको बताए । 


    तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले सिटिइभिटीको निर्णयसँगै तिलोत्तमा नगर क्षेत्रमा प्राविधिक शिक्षाको पहुँच विस्तार हुने विश्वास गरे । उनले पूर्व देखि बर्तमान नगर प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको पहलकदमीमा यो उपलब्धी भएको सुनाए। 


    सिटिइभिटीको असार १७ गते बसेको २०९ औं बैठकले तिलोत्तमा नगरपालिकालाई पूर्वाधार निर्माणको लागि मनसाय पत्र दिइ आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

    सोहीअनुसार सिटिइभिटीले नगरपालिकालाई पत्र पठाउँदै पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन अनुमति दिएको हो । प्राविधिक शिक्षालय सञ्चालन गर्न तिलोत्तमा नगरपालिकाले २०७७ सालमैं वडा नं. १४ को खैरियामा भवन निर्माण गरिसकेकोमा त्यसमा फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालनका लागि थप पूर्वाधार बनाउनु पर्नेछ ।

      नगरपालिकाको ३ करोड ७७ लाख लगानीमा निर्माण गरेको भवन लामो समय प्रयोगविहीन हुँदा चर्को आलोचना हुँदै आएको थियो । साविकको नर्मदेश्वर प्रावि रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधासम्पन्न ३ तले भवन निर्माण गरेको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij