२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरावलको वडा नं. २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

सरावलको वडा नं. २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

सरावलको वडा नं. २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

सरावलको वडा नं. २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

सरावलको वडा नं. २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • परासी   । सरावल गाउँपालिका वडान २ लाई बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गरिएको छ । सरावल गाउँपालिकाले शानिबार  वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा वडान २ लाई दोश्रो वडाको रूपमा बालमैत्री  स्थानिय शासनयुक्त वडा घोषणा गरिएको हो । यसअघि गाउँपालिका वडान १ लाई २०८२  असार  २१ मा बालमैत्री वडा घोषणा गरिएको थियो । 


    सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको सरावल गाउँपालिकामा बालमैत्री सहजकर्ता भोलानाथ कोईरी सजयले बताए । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अङ्क हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।


    १२ सय २ घरधुरी रहेको वडा २ मा ६ हजार दुई सय ८० जनसङ्ख्या छ । जिल्ला समन्वय समितीका प्रमुख भगौतीप्रसाद यादवले सरावल गाउँपालिका वडान २ लाई बालमैत्री स्थानिय शासनयुक्त वडा घोषण गरेका हुन ।


     घोषण गदै घोषण मात्र गरेर नपुग्ने यसको दिगोपानमा गर्न जरुरी रहेको बताए । उनले अब क्रमश पालिकाको सबै वर्ड बालमैत्री स्थानिय शासनयुक्त वडा घोषण गर्न तकरुताको साथ अगाडि बढ्ने अग्रह गरे ।

      
    सरावल गाउँपालिकाको अध्यक्ष सुखाडीप्रसाद चौधरीले   बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको बताउनुभयो । उहाँले बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै सहयोग गर्ने सबै सरोकारवालहरुलाई धन्यबाद दिएका थिए । उनले बालमैत्री वडा घोषणासँगै कार्यान्वयनको चरणलाई प्राथकिमतामा राखिने बताए । 


    सरावल गाउँपालिकाको वडान २ मा एक हजार  पाँच सय ९९ जना १८ बर्ष मुनिका बालबालिका रहेको बालमैत्री स्थानिय शासन परामर्शदाता शर्मिला पौडेले जनाकारी दिईन । 


    घोषण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, पालिकाकी पूर्व उपाध्यक्ष उत्तम राय वडान २ कार्यबहक तुफानीलाल गुप्ता,,शिक्षा समन्वय इकाईका शिक्षा अधिकृत सुबास चन्द्र गौतम,बाल सञ्जाल समूहकी अध्यक्ष अञ्जली गुप्ता, साजसेबी रुदल हरिजन पत्रकार उमेश बि।क लगायतले शुभकाना मन्तव्य राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij