२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मौन विद्रोहको अभिव्यक्ति‘ताल्चा’

मौन विद्रोहको अभिव्यक्ति‘ताल्चा’

मौन विद्रोहको अभिव्यक्ति‘ताल्चा’

मौन विद्रोहको अभिव्यक्ति‘ताल्चा’

मौन विद्रोहको अभिव्यक्ति‘ताल्चा’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • श्रेया लिम्बु

    ‘ताल्चा’ कथा सङ्ग्रह दिलिप वान्तवा लिखित एघार कथाहरूको संकलन हो । दिलिप वान्तवा दुरदराजका निर्दोष मानिसहरूको दुःख, व्यथा र पीडाहरूलाई कथामा अभिव्यक्त गर्ने सशक्त कथाकार हुन् । ‘ताल्चा’ यस्तै एउटा कथा सङ्ग्रह हो जहाँ लेखकले सतहमा प्रकट नभएका नेपालकै विभिन्न ठाउँको सत्य भोगाईहरू कथाको स्वरूप दिएका छन् । 

    म यहाँ कथाहरूको समीक्षा गर्दैछैन । एक साधारण पाठकको आँखाबाट केवल आफ्ना भोगाईहरू मात्र अभिव्यक्त व्यक्त गर्दैछौ । 

    जब म ‘ताल्चा’ पढिरहेको थिए त्यो केवल अक्षरहरूमा आँखा डुलाइरहेको मात्र थिइनँ, पाना पल्टाइरहेको मात्र थिइन । खासमा त त्यो अँध्यारो मस्तिष्कमा लागेको ताल्चा खोल्ने प्रयत्न थियो । किनभने यो मेरै वरीपरी घटिरहेका घटना र अन्यायको उद्घाटन थियो । मेरै वरीपरी घटिरहेका घटनाहरू तर मेरो दृष्टि भन्दा पर भएको थियो । प्रायः यस्तो हुन्छ, हाम्रा आँखाहरूले देखिरहेको हुन्छ तर पनि हामीले देखिरहेका हुँदैनौं । देख्नु केवल दृश्यपान गर्नुमात्र होइन, बोध गर्नु पनि हो । बोध मस्तिष्कले गर्छ, चेतनाले गर्छ । जब हामी बोध गर्न सक्षम हुँदैनौ हामीलाई सहारा चाहिन्छ । हाम्रो चेतना विस्तार गरिदिने माध्यम चाहिन्छ । ‘ताल्चा’ यस्तै माध्यम हो । 

    यो कथा सङ्ग्रह पढिरहँदा मेरो मनमा बारम्बार प्रश्नहरू आइरहे । किन यस्तो विभेद ? किन अझै पनि माथिल्लो वर्गले निर्दोष मान्छेलाई दबाइरहेको ? किन एकल नारीलाई समाजमा सजिलै बाँच्न नदिएको ? युद्धका नाममा किन गाउँका निर्दोष महिलाको चिरहरण भइरहेको ? यस्ता अनगिन्ति प्रश्नहरूले डसिरहे । 

    मैले महसुस गर्दै गरे, हामी स्वयं आफूले आफैलाई बन्द कोठामा राखेका हुँदा रहेछौ । अनौठो त के भने, बन्द कोठाको साँचो पनि हामीसँग नै हुन्छ । तर, हाम्रो मानसिकता नै यति पराधिन भइसकेको हुन्छ कि हामीले कहिल्यै साँचो चलाउने प्रयत्न नै गर्दैनौ । ‘ताल्चा’ त्यहीं साँचो हो । यहाँ म केही कथाहरूको चर्चा गर्छु । 

    ‘कैदी नं. ३५४’
    कथा सङ्ग्रहको यो दोस्रो कथा हो । यस कथाको प्रमुख पात्र तया हो । पहिलो पटक प्रेममा परेकी तया बाहिरी दुनियाँसँग अपरिचित छिन् । विक्m्रम तयाको प्रेमी हो जसले तयाको निर्दोषपनको फाइदा लिन्छ र फरार हुन्छ । तयाले समाजलाई यो यथार्थ बताउँदा कसैले उसको विश्वास गर्दैन । समाले तयालाई नै दोषी ठहराउँछ । पितृसत्तात्मक समाजमा दोषी त नारी नै हुन्छे आखिर । तर, तयाले हिम्मत हार्दिन र बच्चा जन्माउँछे तर मृत…। सम्पूर्ण गाउँलेले बच्चा जन्माएर मारेको झुटो आरोप लगाउँछन् । तया जेल जान्छे । जेलमा आत्म हत्या गर्द लाग्दा छेउको दिदिले भन्छिन्‌— झ्यालखाना जिन्दगीलाई बुझ्ने स्कुल हो । तिमी नमरेर खास अपराधीलाई सजाय देउ । तया संविधान दिवसको दिन आम माफी पाई जेलबाट छुट्छिन् । रिहा हुनु एक दिन अघि उनले पत्रिकामा ‘श्रीमान्‌को मानिसक यातनाले श्रीमतीद्वारा आत्महत्या’ शीर्षकको समाचार देख्छिन् । त्यो श्रीमान् आखिर विक्m्रम नै हुन्छ । मेरो मनमा एउटा प्रश्न कथाले छोडिरहेको छ । के तयाले न्याय पाइन् ?

    ‘हल्लावा’ 
    अर्को कथा छ— हल्लावा । यसको प्रमुख पात्र हो— बुङ्छ्याङमा । हल्लावा भनेको राई जातिको संस्कारमा कुनै पनि व्यक्तिको अकालमा मृत्यु भए पश्चात् पितृले अर्थात् कुलदेवताले आफ्नो शरणमा नलिनु र पुजारीले अन्तै बाटो लगाइदिने विधि चलन हो । 

    बुङ्छ्याङमा २२ वर्षकी हुँदा नै दोब्बर उमेरको पुरुषले जोडबलमा विवाह (चोरी विवाह) गर्छ जबकि उसको पहिले नै दुईवटा श्रीमतीहरू हुन्छन् । उक्त पुरुषको पनि अकालमा मृत्यु हुन्छ । कथामा बुङ्छ्याङमाको श्रीमान् हल्लावा भएको र त्यसपश्चात् गाउँमा एकल नारी कान्छी श्रीमतीले गरेको सङ्घर्षलाई चित्रण गरिएको छ । 
    बुङ्छ्याङमाको पीडा र दुःखको कारण एउटै हो, ऊ नारी हो । उसको विवाह हुन्छ त्यो पनि जबरजस्ती । अनि त्यहीं विवाहको परिणाम उसले भोगीरहन्छे । 

    ‘स्कुल’

    यो कथाको प्रमुख पात्र मोटे हो । ऊ एकल महिलाको छोरा हो । उनले जेनेतन गरेर छोरालाई स्कुल भर्ना गराउँछिन् । माटेलाई शुद्ध लेख्न आए पनि बोल्न आउँदैन थियो । शिक्षकलाई तिमी सम्बोधन गरेकै कारण शिक्षकले गाली गर्दै सबै विद्यार्थीको अगाडि पिटेको थियो । गाली गर्दा ‘जाड खाने किरुवा’ भन्यो । मोटेले यो गाली आफ्नी आमालाई भनेको सरह महसुस गर्‍यो । त्यसकै कारण उसको मस्तिष्कमा नराम्रो असर पर्‍यो र ऊ विद्यालय जान छोड्यो । यस कथामा शिक्षकले फरक समुदायको लवज र भाषा नबुझ्दा हुने उत्पन्न हुने जटिलता र समस्या उजागर गरिएको छ । विडम्बना, शिक्षकलाई यसको कुनै पश्चाताप नै छैन । एउटा विद्यार्थी किन विद्यालय आउन मन गर्दैन भन्ने नसोच्नु नै हाम्रो शैक्षिक प्रणालीमाथि गम्भीर प्रश्न हो । यो कथाको भाषा शैली रमाइलो भए पनि अन्त्यमा पुग्दा यसले निराश र बेचैन बनाउँछ । 

    ‘ताल्चा’
    यस कथा सङ्ग्रहको शीर्षक कथा हो यो । यसको प्रमुख पात्र रीमा र पर्वत हुन् । यो दुई प्रेमीहरूको कथा हो । जहाँ रिमाले पर्वतलाई निश्वार्थ प्रेम गर्छिन् । 

    रीमा र पर्वतको कथा एकदमै संवेदनशील छ । पर्वतको आफन्त पनि हुँदैन र पैसा पनि हुँदैन । मुटु रोगी पर्वतलाई बचाउन रीमा संसारसँगले लडेको तर प्रतिफलमा उसले धोका र तिरस्कार पाएको छ । 

    पर्वतलाई बचाउन रीमाले गर्नुपर्ने सबै गर्छ । पर्वतको लागि नै रीमा विदेश जान्छे । विदेशबाट पैसा पठाइरहन्छे । पछि पैसाको कुरा गर्दा झगडा पर्छ । पैसा पठाएको प्रमाण के छ भनेर सोध्छ । उनीहरूको बोलचाल नै बन्द हुन्छ । तर, पछिमात्र रीमाले थाहा पाउँछे कि पर्वतको त मृत्यु भईसकेको हुन्छ । रीमालाई पछुतो लागिरहन्छ ।  

    यो पुस्तक पढिरहँदा हजारौं प्रश्न मनमा आउँछ तर उत्तर हुँदैन किनभने हामीले पनि हाम्रो मस्तिष्कमा ताल्चा लगाएका छौं ।  हाम्रो मस्तिष्कमा दोस्रो व्यक्ति तथा समाजको धारणा नै सर्वोपरि भएको हुन्छ  तर यो बुझ्न हामीले मस्तिष्कको ताल्चा खोल्नुपर्छ । 

    ताल्चा केवल एघार कथाहरूको सङ्ग्रह होइन । यो एघार जीवनको भित्री कोठाहरूको प्रदर्शन हो । यस्ता भित्री कोठाहरू जहाँ पात्रहरू कैद छन् । बन्दी छन् । कहिले प्रेममा, कहिले भाग्यमा, कहिले परिनिर्भरतामा, कहिले लैङ्गितामा । 

    फिनिक्स बुक्सले २०७८ मा प्रकाशन गरेको ‘ताल्चा’ केवल किताब होइन यो नेपाली समाजको पर्दाफास हो । यी कथाहरूको माध्यमबाट लेखले जीवनहरूको भोगाईमार्फत् विद्रोह बोलिरहेका छन् । जीवनको दैनिकीमा सतहमा नदेखिने सत्यहरूमार्फत् मौन विद्रोह अभिव्यक्त गरिरहेछन् । 

    (लिम्बु लुम्बिनी इन्टिग्रेटेड एकेडेमी, बी.ए.एलएल.बी. दोस्रो वर्षकी छात्रा हुन् ।)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij