२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रतिकुल परिस्थितिसँग जुधेका केही प्रसंगहरू

प्रतिकुल परिस्थितिसँग जुधेका केही प्रसंगहरू

प्रतिकुल परिस्थितिसँग जुधेका केही प्रसंगहरू

प्रतिकुल परिस्थितिसँग जुधेका केही प्रसंगहरू

प्रतिकुल परिस्थितिसँग जुधेका केही प्रसंगहरू
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • मान्छे जिन्दगीको यात्रामा अनेकन् उकाली ओरालीहरूबाट गुज्रन्छ । कहिले अनुकुल परिस्थिति त कहिले प्रतिकुल क्षणहरू । अनुकुलतामा रमाउने मान्छे प्रतिकुलतामा उदास, बेचैन र निराश हुन्छ । प्रतिकुलता कहिले प्राकृतिक हुन्छ भने कहिले मानव निर्मित । प्रतिकुलताको ज्वर यति कडा हुन्छ मान्छेले जीवनप्रतिको मोहलाई नै त्याग्ने बाटो रोज्न बेर गर्दैन । कैयौं प्रसंगहरूले मान्छे प्रतिकुल समयलाई कसरी सामना गर्न सक्छ र जिजिविषा कायम गर्न सक्छ भन्ने प्रष्ट पार्छन् । यहाँ केही प्रसंगहरू उल्लेख छन् जसले प्रतिकुलतालाई मान्छेले कसरी सामना गर्छन् भन्ने उदाहरण पेश गर्छन् ।

    जो हिटलरबाट बाँच्यो

    त्यो भिक्टर फ्र्यांकलाई कस्तो भएको थियो होला हिटलरको कन्सन्ट्रेशन क्याम्पमा बन्दी बनाइँदा ? अनि मृत्यु पर्खेर बस्दा ? तर, त्यो बाँच्यो । हिटलरको चंगुलबाट त्यो उम्कियो । जब दोस्रो विश्वयुद्ध समाप्त भयो उसले किताब लेख्न थाल्यो । आफ्नो संस्मरण लेख्यो । म कसरी बाँचे भनेर लेख्यो । त्यसले लोगोथेरापीको कन्सेप्ट अगाडि सार्‍यो । त्यसले भन्यो— जुन मान्छेसँग लोगो (लक्ष्य) हुन्छ त्यो हिटलरको चंगुलबाट पनि बाँच्छ । त्यसले नित्सेको कुरा ल्यायो । नित्सेले भन्थ्यो— ऊ जसले म किन बाँच्नु छ भन्ने प्रश्नको उत्तर जानेको छ त्यसले कसरी बाँच्ने भन्ने पनि जान्दछ । 

    भिक्टरले लेखेको छ— कन्सन्ट्रेशन क्याम्पमा यातनाले भन्दा बढी मानिस त्रास र भयले मरे । तर म डराइँन । मैले कल्पना गरिरहें । मैले यो सबै पछि श्रीमतीलाई भेटेको, मनोविज्ञान र लोगो थेरापीबारे मान्छेलाई प्रशिक्षण गरिरहेको कल्पना गरेर आफुमा आशा जागृत गरें । भिक्टरले भनेजस्तै कठोर समयमा पनि आशाको खेती छोड्नु हुँदैन रहेछ । आशाले नै मानिसलाई जोगाउँछ ।

    गोर्की अर्थात् डोन्को

    कठिन क्षणहरूमा निराशाको हुस्सुले ढाकिरहन्छ । 
    सम्झौं त, गोर्कीलाई पनि यस्तै भएको थिएन र ?
    बुवा, आमा, मावली परिवारले त्यागेको त्यो म्याक्सिम गोर्कीलाई कस्तो भएको थियो होला ? संसार पराई भएको बेलामा गोर्कीलाई के निराशाले छोपेको थिएन र ? त्यसै १४ वर्षको उमेरमा आत्महत्याको प्रयास गरेको थियो होला र ?

    तर, गोर्कीले भयानक दुर्घटनापछि ठीक बाटो लियो । निराशा र शुन्यताको विशाद्लाई सिर्जनामार्फत् अभिव्यक्त गर्न थाल्यो । 
    १९०५मा क्रान्ति असफल भयो । क्रान्ति केवल राजनीतिक घटना थिएन । त्योसँग मान्छेका सपना जोडिएका थिए । परिवर्तनका इच्छाहरू अभिव्यक्त भएका थिए । असफलता र त्यसपछिको दमन यति चर्को थियो मै हुँ भन्ने मानिसहरू पनि गलिरहेका थिए । विचलित भइरहेका थिए । तर, गोर्कीले आमा लेख्यो । कसरी गोर्कीले आमा लेख्न सक्यो ? के कुराले उसलाई निराशाको हुस्सुमा आशाको किरण देखाइदियो ?

    त्यो भन्दा पहिला गोर्कीले एउटा कथा लेखेको थियो, जसमा पात्र थियो डोन्को । मान्छेको समूह घोर अन्धकारमा फस्यो । डोन्कोले त्यो समूहको नेतृत्व गरेर घनघोर जंगलको बाटो जीवनको खोजीमा हिंड्छ । कैयौं दिनको यात्रामा मानिस थकित हुन्छन् । ती हरेश खान्छन् । भोक, प्यास, अनिश्चितताले मान्छे आक्m्रोशित हुन्छन् । तिनले डोन्कोलाई मार्ने धम्की दिन्छन् । तर, गोर्की पवित्र थियो । उसको इच्छा पवित्र थियो । उसको कामना पवित्र थियो । उसको सपना पवित्र थियो । त्यो पवित्रताको तेज यस्तो थियो कि उसले छाती चिरेर आफ्नो मुटु निकाल्यो । मुटु धपक्क बलेको थियो । त्यसले मुटुलाई हातमा लिएर उठायो । मुटुको रोशनीले निर्मित ज्वाला बोकेर त्यो मान्छेको समूह जंगल पार गर्‍यो । नदी किनारमा, मलिलो जमिनमा आश्रय लियो । सबै हर्षित भए । डोन्को एक छेउमा ढल्यो र मर्‍यो । कस्तो दुःखद । मान्छेको सभ्यताको कस्तो नमिठो प्रसंग, डोन्कोलाई कसैले खोजेन । तर, उसको पवित्रता आज पनि जिवित छ । उसको मुक्तिको खोजीको यात्रा अझै जारी छ । गोर्की डोन्को हो खासमा । उसले निराशाको बाक्लो हुस्सुमा सपनाको उज्यालो धर्सो  देख्छ । 

    जसरी सुक्ष्म चीज हेर्न माइस्क्m्रोपको जरुरत पर्छ, निराशाको कुहिरोमा आशाको उज्यालो देख्न पनि पवित्र हृदय चाहिन्छ । जुन हरेक मान्छेमा छ । आफुलाई चिनौं । बुद्धले यहीं भनेका थिए—आफुलाई चिन । 

    सात्र र जुलियस

    परिस्थितिलाई भोग्ने तरिका हुन्छ । परिस्थितिलाई आत्मसात गर्ने पनि पद्धति हुन्छ । खासमा एउटै परिस्थिति सबै मानिसले एकैप्रकारले आत्मसात गर्दैनन् । 

    दुईवटा पुस्तकको तुलनाले हामीलाई यो बुझ्न झनै सजिलो गराउँछ । एउटा हो— जाँ पाल सात्रको ॅबिना चिहानको मृत्यु’ । अर्को हो, जुलियस फ्युचिकको झुण्ड्याउँदा झुण्ड्याउँदै’ । पहिलो नाटक हो, दोस्रो आत्मकथा । दुवै एउटै समयको कथा हो— हिटलरको आतंक फैलिरहेको युरोप । सात्रको नाटकमा हिटलरको कन्सन्ट्रेशन क्याम्पको चित्रण छ । यहुदीहरू बन्दी बनाइएका छन् । अत्याधिक श्रमका खटाइएका छन् र निश्चित मृत्यु तर अनिश्चित दिनको पर्खाइमा छन् । मृत्युको त्रासदी यस्तो बढ्दै जान्छ नाटको अन्त्यतिर मानवता हराउँदै जान्छ र मानिस स सानो कुरामा ठूला झगडा गर्न थाल्छन् । दिदिले भाईको हत्या गर्छे । आङ नै सिरिङ हुन्छ ।

    अर्को जुलियसको आत्मकथा । जुलियास चेकोस्लाभाकियाका कम्युनिष्ट थिए । उनी केन्द्रीय समिति सदस्य थिएनन् । तर केन्द्रीय समितिको मुखपत्रको प्रकाशनको टीममा सहभागी थिए । हिटलरले चेकोस्लाभाकिया कब्जा गरेपछि कम्युनिष्ट दमन शुरु गर्छ । कत्लेआम गर्छ । सबै केन्द्रीय सदस्य पक्राउ पर्छन् र मारिन्छन् । अरु कम्युनिष्ट कार्यकर्ता मौन बस्छन् । जुलियसलाई छट्पटी हुन्छ । सारा सम्पर्कहरू टुटेका हुन्छन् । कोही अर्को हुँदैन । उसले सोच्छ कि यो प्रतिकुल समयमा सपना बचाउनु जरुरी छ ।

    आशाको दियो धिपधिप भए पनि बल्नुपर्छ निभ्नु हुँदैन । कसले गर्छ यो काम ? कस्ले गर्छ यो कठिन काम ? जब यस्तो कठिन परिस्थिति आउँछ प्रायः मान्छे नायकको खोजी गर्न थाल्छन् । तर, नायक कहिं बाहिर हुँदैन । नायक आकाशबाट अवतार लिएर आउँदैन । जुलियसले कम्युनिष्ट पार्टीको मुखपत्र प्रकाशन गर्छन् भुमिगत रूपमा । केही प्रति । अनि लुकिछिपी ठाउँ ठाउँमा छर्न थाल्छन् । त्यसको परिणाम के हुन्छ ? अरु कम्युनिष्टहरूले भेट्टाउँछन् । मान्छेहरूले भेट्टाउँछन् पत्रिका । एउटा आशाको सञ्चार हुन्छ । कोही त बाँकी छ भन्ने । सबै मारिएका छैनन् भन्ने । बिस्तारै मान्छेहरू भेटिन थाल्छन् । निराश भएकाहरू पनि भूमिगत गतिविधी गर्न थाल्छन् ।

    तर, एकदिन जुलियस समातिन्छन् । उनलाई कठोर यातना दिइन्छ । तर, बन्दी भएको बेलामा गार्ड भएको सेनाले खुसुक्क भन्छ म कम्युनिष्ट हुँ । देश हारेपछि हामी केहीजना हिटलरको सेनामा भर्ती भयौ ताकि भित्रबाटै केही सहयोग गर्न सकियोस् । जुलियसलाई मृत्युदण्ड तोकिएको हुन्छ । त्यो सेनाले लुकिछिपी कागज र पेन्सिल दिन्छ । उनले यो संस्मरण लेख्छन् । उनी मारिन्छन् तर उनको यो पुस्तक त्यो सेनाले उनकी पत्नीलाई दिन्छ । जुन पछि प्रकाशित हुन्छ । 

    एउटै घटना होइन र दुवै पुस्तकको ? एउटै परिस्थिति होइन र ? तर सात्रले कसरी चित्रण गर्‍यो र जुलियसले कसरी आत्मसात गर्‍यो ? किन यो फरक ? सबै दर्शनको कारणले हो । सात्र अस्तित्ववादी हो । सात्रको अस्तित्ववाद खासमा निराशाको अभिव्यक्ति हो । सात्रभन्छन्, “मानिसलाई जन्म लिऊँ कि नलिऊँ भन्ने अधिकार छैन, मानिस त जीवनमा फ्याँकिएको हुन्छ ।” अस्तित्ववादको चर्चा व्यापक हुनसक्छ । तर, सारमा के हो भने, मानिस मर्न नसकेकै कारण बाँच्छ भन्ने यसको भाव हो । त्यसैले सात्रको नाटकमा मृत्युको त्रासदी र भयमात्र चित्रण भयो । फ्युचिक कम्युनिष्ट हुन् । उनी मार्क्सवादी दर्शनबाट अभिप्रेरित छन् । उनमा बलिदानी भावना छ । मान्छे इतिहास र भौतिक परिस्थितिको सीमाभित्र रहेर उच्चतम योगदान गर्न सक्छ भन्नेमा उनको विश्वास छ । जीवनको अन्तिम क्षणसम्म त्यो लड्छ किनभने हिटलरको एकदिन पतन हुन्छ भन्ने उसलाई विश्वास छ । 

    यसरी जीवनलाई हेर्ने दृष्टिकोणमा फरकपनाकै कारण एउटै परिस्थितिलाई आत्मसात गर्ने तरिका भिन्न भयो । त्यसैले परिस्थितिलाई आत्मसात गर्ने दर्शनको फरकपनाकै कारण उहीं परिस्थिति सबैलाई एकै लाग्दैनन् । 

    ४
    प्रसंग, टेकनाथ रिजालको । यी मान्छे भुटानी शरणार्थी नेता हुन् । यिनी भुटानी राजाको निकै नजीकका सल्लाहकार थिए । तर, भुटानी राजालाई केही स्वार्थी समूहले घेरे । राजाले एक्कासि निश्चित मिति भन्दा पछि आएका नेपालीलाई देश छोड्ने आदेश दिए । आदेश बाहिर आउनुपुर्व नै सेनाले गाउँ गाउँबाट नेपालीहरूलाई खेदिरहेको थियो । राज्य हिंसा व्यापक थियो । टेकनाथ रिजाललाई एक्कासी पक्m्राउ गरियो र जेलमा कैद गरियो । उनी बाहिरको संसारबाट पुरै बेखबर थिए । उनको परिवार कहाँ छ, साथी भाई र पार्टीका मान्छे कहाँ छन् केही थाहा छैन । केवल छ शुन्यता, शुन्यता र शुन्यता । जेलमा उनलाई एकदमै आत्महत्याको विचार आउँथ्यो । जेलको वातावरण पनि त्यस्तै । आत्महत्या गर्न उक्साउने । प्रहरीले चुरोट खान सलाई दिदाँ भित्र ब्लेड राखेर दिने, उनले देख्ने गरी डोरी छोड्ने । त्यो देख्दा उनलाई झनै मर्न मन लाग्थ्यो । तर, उनी आत्महत्या गरेनन् । त्यो विषम परिस्थितिमा के ले जोगायो ?

    टेकनाथ रिजालले आफ्नो आत्मसंस्मरणमा लेखेका छन्‌— मलाई सानो छँदा हजुरआमाले निकै कथाहरू सुनाउनुुहुन्थ्यो । उहाँले स्वर्ग, नर्क, मरेपछि हुने घटनाबारे सुनाउनुहुन्थ्यो । उहाँले भन्नुभएको थियो, आत्महत्या गरेर अकालमा मर्नेहरूको आत्माले बाटो पाउँदैन, मरेपछि पनि त्यो यहीं लोकमा भौतारिरहन्छ । भड्किरहन्छ । जब जब आत्महत्याको विचार आउँथ्यो तब तब मैले हजुरआमाको यी कुराहरू सम्झन्थे र त्यो गलत विचार आफै हट्थ्यो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij